अशिम लोप्चन तामाङ ।
माल्टा— मगर समाज माल्टाको दोस्रो अधिवेशन सांग्रिला रेष्टुरेन्ट एण्ड बारमा आइतवार सम्पन्न भएको छ।
आइतवार सम्पन्न दोस्रो अधिवेशनबाट सन्तु थापा मगरको अध्यक्षतामा १५ सदस्यिय नयॅा कार्यसमिति चयन भएको छ।
स्थापना कालदेखि नै माल्टामा सक्रिय संस्था मगर समाज माल्टाले माल्टामा रहेका विभिन्न कामहरूमा हातेमालो गर्दै आइरहेको छ।
आइतबार सम्पन्न दोस्रो अधिवेशनबाट अध्यक्षमा सन्तु थापा मगर, वरिष्ठ उपाध्यक्षमा लाल ब. थापा मगर, उपाध्यक्षमा तारा थापा मगर, महिला उपाध्यक्षमा रन्जु पुन मगर र महासचिवमा भरत पाईजा मगर रहेका छन्।
सचिवमा जीवन कुमार रेग्मी मगर, कोषाध्यक्षमा प्रोजन आले मगर, सह-कोषाध्यक्षमा गोमा दर्लामी मगर रहेका हुन्।
त्यस्तै सदस्यहरुमा भुमिका बुढा मगर, राम ब. मगर (रोहित ), शिव थापा मगर, रन ब. आले मगर, प्रेम सिंजाली मगर, पुन ब राना मगर, कृष्ण ब. राना मगर रहेका छन्।
सल्लाहकार समितीहरु पनि चयन गरेको छ जसको संयोजकमा रमन थापा मगर र सदस्यहरुमा झलक मगर खरमटारे, चन्दना राना मगर, संगीता मगरर मिलन मगर रहेका छन्।
उक्त कार्यक्रममा बोल्दै मगर समाज माल्टाको निवर्तमान अध्यक्ष रमन थापा मगरले मगर समाजले माल्टामा रहेका विभिन्न संघ संस्थासंगको समन्वय, सहकार्य र माल्टामा हुने विविध कार्यक्रमहरुमा खेलेको भुमिका बारे प्रकाश पारेका थिए।
कार्यक्रमका केही तस्वीरहरु —