Home Login

म्यानचेस्टर , युके — बेलायतमा नेपालीहरु माझ करिब ३५ बर्ष देखि सक्रिय सस्था नेपलिज एशोसियन यू -के (यति हिमालयन) ले नेपालि नयाँ बर्ष २०८२ सालको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको  छ।  म्यारीयट होटेल, म्यानचेस्टरमा हिजो (आइतबार अप्रिल २० ) सम्पन्न कार्यक्रममा  बेलायतका लागि नेपाली महामहिम  राजदुत चन्द्र कुमार घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो। […]

पोर्चुगल — पोर्चुगलमा रहेका नेवार समुदायले ऐतिहासिक तथा सांस्कृतिक महत्वको पर्व बिस्का (बिस्केट) जात्रा मंगलबार मनाएका छन् । नेवाः खल पोर्चुगलको आयोजनामा लिस्बनको आरोइसस्थित ग्रिल एण्ड चिल रेस्टुरेन्टमा नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदानसहित नेवार समुदायहरुको ऐतिहासिक तथा सांस्कृतिक महत्वको पर्व बिस्का (बिस्केट) जात्रा मनाएको हो । नेवारी रीतिरिवाज, भाषा, धर्म संस्कृति, परम्परा र […]

पोर्चुगल (लिस्बन) — अध्ययन तथा रोजगारीको सिलसिलामा युरोपेली मुलुक पोर्चुगल पुगेका शेर्पा समुदायहरूको छाता संस्था शेर्पा किदुग पोर्चुगलले नेपालको राष्ट्रिय पर्व ग्याल्पो ल्होसार (नयाँ वर्ष २१५२, सिङ्गमो डुलल्हो–सर्प वर्ग) को अवसरमा विशेष साँस्कृतिक कार्यक्रमको आयोजना गर्नुभएको छ। आगामी मार्च ३० तारिख लिस्बनस्थित न्यू सिटि ओक मुन्डोमा उक्त कार्यक्रम हुने भएको हो। पोर्चुगलमा रहेका शेर्पा समुदाय […]

बेलायत (रासस) — नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरिएकोप्रति नेकपा माओवादी केन्द्र निकट प्रवास समिति नेपाली जनप्रगतिशील मञ्च, बेलायतले आपत्ति जनाएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै मञ्चले सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आपत्ति जनाएको हो । ‘नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक श्री कुलमान घिसिङको बर्खास्तप्रति नेपाली जनप्रगतिशील मञ्च बेलायत गम्भीर चिन्ता […]

जापान। धादिङ जिल्ला जन्मथलो भई रोजगार तथा अध्ययनको सिलसिलामा जापान पुगेका नेपालीहरूको छाता संस्था, धादिङ समाज जापानको छैटौँ अधिवेशन आइतवार मार्च २३ तारिख टोकियो सिनओकुबोस्थित सोलमारी रेस्टुरेन्टको मुरा हलमा सम्पन्न भएको छ। साथै छैटौँ अधिवेशनले बिमल श्रेष्ठको अध्यक्षतामा सर्वसम्मतिमा नयाँ कार्यसमिति समेत चयन गरेको छ। श्रेष्ठको अध्यक्षतामा गठित नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा बिजय सडौला, उपाध्यक्षहरुमा […]

विप्लव काफ्ले / स्पेन — नेपाल समाज एशोसियसन कोष्टाव्लाङ्काले दुई वर्षे कार्ययोजना तयार गरेको छ । अध्यक्ष केशरबहादुर थापाले पछिल्लो समय स्पेनमा नेपालीहरुको चाप बढ्न थालेकाले तथ्यांक संकलन तथा राहदानी घुम्ती सेवा सञ्चालनका लागि पहल भैरहेको बताए। नेपालीहरुको अवस्था पहिचान गर्दै आवश्यक सहजीकरण गर्न कोष्टाव्लाङ्का भित्र क्षेत्रगत रुपमा समन्वय समिति बनाएरै तथ्यांक लिइने बताए । […]

एलिया लिम्बु । साइप्रस —  नेपाल तामाङ घेदुङ साइप्रसको चौंथो अधिवेशन तथा आठौं बार्षिकोत्सव गत आइतबार लिमासोल स्थित इन्डियन रेस्टुरेन्टमा संस्थाको सल्लाहकार माया लोप्चन तामाङको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त सम्पन्न अधिवेशनमा ब्रिटिश आर्मीमा कार्यरत अमृत मोक्तान तामाङको प्रमुख आतिथ्यता रहेको थियो । सन् २०१६ मा स्थापना भएको नेपाल तामाङ घेदुङ साइप्रस, संस्थामा रहेका […]

इटाली — नेपालमा पछिल्ला वर्षहरूमा डिभोर्स दरमा व्यापक वृद्धि भएको छ । पछिल्लो १० बर्षमा तुलना गर्दा डिभोर्स ४४ प्रतिशतले बढेर गएको छ । नेपालमा दैनिक १०२ जना डिभोर्सका लागि अदालत जाने गरेकोमा ७४ जनाको डिभोर्स हुने गरेको छ । सन् २०१५ मा १३५५ जनाले डिभोर्स फाईल गर्ने गरेका थिए त्यो सख्या २०२० मा पुग्दा […]

पोर्चुगल — लिस्बनस्थित नेपाली राजदूतावासले कन्सुलर सेवा छिट्टै सुरु गर्ने तयारी गरिरहेको छ। विभिन्न सामाजिक सञ्जालमा दूतावास सम्बन्धी नकारात्मक टिप्पणीहरू आइरहँदा आइतबार दूतावासले एक सूचना सार्वजनिक गर्दै ध्यानाकर्षण समेत गराएको हो। दूतावासको अनुसार, सेवा सञ्चालन नभएसम्म पेरिसस्थित नेपाली राजदूतावासबाट सेवा लिन समेत अनुरोध गरिएको छ। यसैबीच, घुम्ती कन्सुलर सेवामा तयार भई बितरण गर्न बाँकी भएका […]

लन्डन — धरान समाज यूकेको अध्यक्षमा निकेश लिम्बु चयन हुनुभएको छ । शनिबार १५ मार्चमा अल्डरसटमा सम्पन्न अधिवेशनले लिम्बुको नेतृत्वमा आठौं कार्यसमिति निर्वाचित गरेको हो । उहाँ रोयल एयर फोर्स र डिफेन्स एकेडेमी यूकेको मिडिया टिममा सदस्य हुनुहुन्छ । उहाँ अन्तर्राष्ट्रिय पुरस्कार विजेता चलचित्र निर्देशक एवं निर्माता पनि हुनुहुन्छ । लिम्बुले आफूलाई विश्वास गरेर अध्यक्षको […]