Home Login

लिस्बन (पोर्चुगल) —  तामाङ समाज पोर्चुगलले नेपाली तामाङ समुदायको महान् पर्व तथा नयाँ वर्ष सोनाम ल्होछार भव्यताका साथ मनाउने तयारी गरेको छ । मन्जुश्री संवत २८६२ ‘ताल्हो’ अर्थात् घोडा वर्गको पावन अवसर पारेर समाजले शुभकामना आदानप्रदान तथा विशेष सांस्कृतिक साँझको आयोजना गर्न लागेको हो । प्रवासमा रहेर पनि आफ्नो मौलिक हक, हित र संस्कृतिको जगेर्ना […]

लिस्बन (पोर्चुगल) — तामाङ समुदायको महान् तथा ऐतिहासिक सांस्कृतिक पर्व सोनाम ल्होछारको पावन अवसरमा नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलले लिस्बनमा ऐतिहासिक एवं बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । प्रवासमा रहेर पनि आफ्नो मौलिक कला, संस्कृति र परम्परालाई जगेर्ना गर्ने उद्देश्यले घेदुङले शुभकामना आदानप्रदान सहितको विशेष सांगीतिक साँझको तयारी गरेको हो । यस वर्षको […]

लिस्बन (पोर्चुगल) — पोर्चुगलका लागि नेपाली राजदूत महामहिम प्रकाशमणि पौडेलले पोर्चुगलको परराष्ट्र मन्त्रालयका उच्च अधिकारीसँग महत्त्वपूर्ण शिष्टाचार भेटवार्ता गर्नुभएको छ । दुई देशबीचको कूटनीतिक सम्बन्ध सुदृढ बनाउने उद्देश्यले आयोजित यो भेटघाट डिसेम्बर ०७, २०२६ का दिन लिस्बनस्थित परराष्ट्र मन्त्रालयमा सम्पन्न भएको हो । राजदूत पौडेलले पोर्चुगलको परराष्ट्र मन्त्रालयअन्तर्गत एसिया तथा ओसियाना विभाग (Asia and Oceania […]

लिस्बन (पोर्चुगल) —  पोर्चुगलमा रहेका नेपाली समुदायलाई प्रदान गरिने कन्सुलर सेवालाई थप सरल, सहज र प्रभावकारी बनाउने उद्देश्यले नेपाली राजदूतावासले सक्रिय पहल कद्मी अघि बढाएको छ । यसै सन्दर्भमा, राजदूतावासका नियोग उपप्रमुख तथा मिनिष्टर काउन्सेलर श्री शत्रुध्वन पोखरेलले पोर्चुगलको परराष्ट्र मन्त्रालयका उच्च अधिकारीसँग महत्त्वपूर्ण शिष्टाचार भेटवार्ता गर्नुभएको छ । गत जनवरी ०७, २०२६ का दिन […]

लिस्बन (पोर्चुगल) — पोर्चुगलस्थित नेपाली राजदूतावासले राहदानीका लागि आवेदन दिएका सेवाग्राहीहरूका लागि एक महत्त्वपूर्ण सूचना जारी गरेको छ । दूतावासले हालसालै तयार भएर आएका राहदानीहरूको नयाँ सूची (Lot 7) सार्वजनिक गर्दै सम्बन्धित आवेदकहरूलाई आफ्नो राहदानी बुझिलिन अनुरोध गरेको हो । मिति ०८ जनवरी २०२६ मा जारी गरिएको यो सूचनाअनुसार, आवेदन दिएका धेरै नेपालीहरूको राहदानी वितरणका […]

लिस्बन (पोर्चुगल)  — गुरुङ समुदायको महान् चाड तथा नयाँ वर्षको अवसर पारेर युरोपेली मुलुक पोर्चुगलको राजधानी लिस्बनमा ‘तमु ल्होछार–२०८२’ भव्यताका साथ सम्पन्न भएको छ । तमु समाज पोर्चुगलको मुख्य आयोजनामा जनवरी ४ तारिख आइतबारका दिन एक विशेष सांस्कृतिक समारोहबीच यो पर्व हर्षोल्लासका साथ मनाइएको हो । प्रवासमा रहेर पनि आफ्नो मौलिक कला, संस्कृति र परम्परालाई […]

लिस्बन (पोर्चुगल) —  युरोपभरि फैलिएको खराब मौसम, विशेषगरी भारी हिमपात र चिसो हावाहुरीका कारण पोर्चुगलका राष्ट्रिय विमानस्थलहरूमा हवाई सेवा नराम्ररी प्रभावित भएको छ । प्रतिकूल मौसमका कारण लिस्बन र पोर्टोस्थित विमानस्थलहरूमा गरी हालसम्म ३० भन्दा बढी उडानहरू रद्द गरिएका छन्, जसका कारण सयौं यात्रुहरू मर्कामा परेका छन् । पोर्चुगलको मुख्य विमानस्थल लिस्बन र अर्को प्रमुख […]

लिस्बन (पोर्चुगल) —  पोर्चुगलका प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले आज (६ जनवरी) आर्कटिक क्षेत्रको बदलिँदो भू-राजनीतिक महत्त्वलाई सम्बोधन गर्दै एक ऐतिहासिक कदम चालेका छन् । प्रधानमन्त्री मोन्टेनेग्रोले आफ्ना अन्य युरोपेली साझेदारहरूसँग मिलेर ग्रीनल्याण्डमा एक विशेष संयुक्त घोषणापत्रमा हस्ताक्षर गरेका छन्, जसले आर्कटिकको सुरक्षालाई युरोप तथा ट्रान्सएट्लान्टिक क्षेत्रको सुरक्षाको आधारभूत प्राथमिकताका रूपमा स्थापित गरेको छ । पछिल्लो समय […]

लिस्बन (पोर्चुगल)  — पोर्चुगलमा आगामी जनवरी १८, २०२६ (आइतबार) का दिन हुने राष्ट्रपतिको निर्वाचनले आधुनिक पोर्चुगिज लोकतान्त्रिक इतिहासमै नयाँ कीर्तिमान रच्ने भएको छ । वर्तमान राष्ट्रपति मार्सेलो रेबेलो डि सुसाको १० वर्षे कार्यकाल समाप्त हुन लाग्दा, उनको उत्तराधिकारी बन्नका लागि यसपटक उम्मेदवारहरूको अभूतपूर्व लर्को लागेको छ । यस निर्वाचनलाई पोर्चुगलको इतिहासमै सबैभन्दा प्रतिस्पर्धी र अप्रत्याशित […]

पोर्चुगल — पोर्चुगलमा यस वर्षको क्रिसमस र नयाँ वर्ष (२०२५/२०२६) को अवसरमा सञ्चालन गरिएको विशेष सुरक्षा अभियानका क्रममा सडक दुर्घटनाको तथ्याङ्क अत्यन्तै निराशाजनक र पीडादायी देखिएको छ । राष्ट्रिय रिपब्लिकन गार्ड (GNR) र सार्वजनिक सुरक्षा प्रहरी (PSP) ले संयुक्त रूपमा सार्वजनिक गरेको अन्तिम तथ्याङ्क अनुसार, डिसेम्बर १८ देखि जनवरी ४ सम्मको १८ दिने छोटो अवधिमा […]