Home Login

हेलसिन्की, फिनल्याण्ड — फिनल्याण्डको राजधानी हेलसिन्कीमा नेपाली चलचित्र ‘परान’ प्रति दर्शकहरूको आकर्षण ह्वात्तै बढेको छ । नोभेम्बर २३ र २४ तारिखमा प्रदर्शन गरिएको शोमा दर्शकहरूको व्यापक उपस्थिति र उत्साहजनक प्रतिक्रियापछि आयोजकले दर्शकहरूको मागलाई मध्यनजर गर्दै थप दुई शोको घोषणा गरेको छ । अत्यधिक मागका कारण ‘किनो मायरी – मायर्मेकी’ (Kino Myyri – Myyrmäki) मा चलचित्रको […]

स्पेन — स्पेनको बेनिड्रोममा मंगलबार (१८ नोभेम्बर) जेरी अन टप नेपाली चलचित्र प्रदर्शन हुदैछ । पीकेआर ३३ ले प्रदर्शन गर्न लागेको सो चलचित्रको हालसम्म करिब १ सय  टिकट बिक्री भैसकेको छ । बेनिड्रोमको सिने कोल्सी रिनकोनमा दिउँसो १२ बजे फिल्म प्रदर्शन हुदैछ । प्रतिव्यक्ति २० युरो टिकट तोकिएको छ । चलचित्र प्रदर्शनबाट हुने आम्दानी आल्वासेतेमा […]

पोर्चुगल (लिस्बन) — गत वर्ष बक्स अफिसमा कीर्तिमानी सफलता हासिल गरेको नेपाली चलचित्र ‘जारी’को दोस्रो श्रृंखला ‘जारी २’ युरोपेली राष्ट्र पोर्चुगलमा प्रदर्शन हुने भएको छ । पोर्चुगलमा बसोबास गर्ने नेपाली दर्शकहरूका लागि यो चलचित्र आगामी नोभेम्बर ९ देखि प्रदर्शनमा आउन लागेको हो । पोर्चुगलस्थित नेल्स इन्टरटेन्मेन्ट, गुरुङ केएनएस ईन्टरटेन्मेन्ट र केन्द्र मोशन पिक्चर्सले संयुक्त रूपमा […]

काठमाडौं — यही कार्तिक १४ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्र ‘परान’को ट्रेलर सार्वजनिक गरिएको छ । आज काठमाडौंको रञ्जना हलमा एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलर पारिवारिक कथावस्तुमा आधारित छ । विशेषतः जीवनको उत्तरार्धमा आफ्ना सन्तानको सामीप्यता खोजी रहेका एक बाबुको पीडालाई चलचित्रको ट्रेलरमा देखाइएको छ । बाबुआमाले बुढेसकालमा सन्तानको […]

पोर्चुगल — गत वर्ष बक्स अफिसमा कीर्तिमानी सफलता हासिल गरेको नेपाली चलचित्र ‘जारी’ को दोस्रो श्रृंखला ‘जारी २’ को प्रदर्शन मिति स्थगित भएको छ । नेपालको वर्तमान विषम परिस्थितिका कारण चलचित्रको प्रदर्शन रोकिएसँगै यसको प्रभाव अन्तर्राष्ट्रिय प्रदर्शनमा पनि परेको छ । नेपालमा आगामी असोज ३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रको प्रदर्शन अनिश्चित कालका […]

पोर्चुगल — नेपालमा वैशाख २६ देखि प्रदर्शन भएको नेपाली चलचित्र ‘ऊनको स्वीटर’ युरोपको विभिन्न देशहरूमा सफलतापूर्वक प्रदर्शन भई सम्पन्न भएको छ । मामा ईभेन्ट्स र गुरुङ केएनएस ईन्टरटेन्मेन्टले संयुक्त रूपमा यूरोपमा प्रदर्शन गरेको चलचित्र ‘ऊनको स्वीटर’ युरोपको पोर्चुगल, बेल्जियम, माल्टा, क्रोएसिया, फ्रान्स, फिनल्याण्ड, आयरल्याण्ड, स्पेन, साइप्रस र डेनमार्क लगायतका देशहरुमा प्रदर्शन भएको हो । चलचित्र […]

पोर्चुगल — युरोपका देशहरूमा त्यहाँको नागरिकता (रातो पासपोर्ट) प्राप्त गर्ने उद्देश्यका साथ पुगेका नेपालीहरूले गर्ने सङ्घर्षको कथालाई पर्दामा उतार्दै चलचित्र ‘रातो पासपोर्ट’ निर्माण हुने भएको छ । सिबर्ड्स पिक्चर्स र होप्स बजको प्रस्तुति तथा ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा बन्न लागेको यस चलचित्रको निर्देशन सिमसोन तामाङले गर्दैछन् । चलचित्रको कथा माइकल तामाङले लेखेका हुन् भने पटकथा तथा […]

वैशाख २६ मा रिलिज विपिन कार्की र मिरूना मगर अभिनीत चलचित्र ‘ऊनको स्वीटर’ ले राम्रो व्यापार गरिरहेको छ । शुक्रबारदेखि प्रदर्शनको चौथो सातामा प्रवेश गरेको चलचित्रको कमाइ १० करोड नाघेको छ । निर्माता कम्पनी आर्टमाण्डुले चलचित्रको अहिलेसम्मको कमाइ सार्वजनिक गर्दै तीन सातामा नेपालमा १० करोड ५ लाख रूपैयाँ ग्रस कमाइ गरेको जनाएको हो । नवीन चौहान निर्देशित […]

पोर्चुगल — नेपालमा वैशाख २६ देखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘ऊनको स्वीटर’ युरोपको पोर्चुगलमा मे २५ तारिख आइतबार पुनः एकपटक प्रदर्शन हुने भएको छ । राजधानी लिस्बनस्थित ‘सिनेमा आइडलमा’ मा प्रदर्शनमा आउने लागेको चलचित्र पोर्चुगलस्थित नेल्स इन्टरटेन्मेन्ट, गुरुङ केएनएस ईन्टरटेन्मेन्ट र केन्द्र मोशन पिक्चर्सले संयुक्त रूपमा प्रदर्शनमा ल्याउन लागेको हो । उक्त चलचित्र पोर्चुगलको राजधानी […]

युरोपाटी सम्वाददाता ।  क्यानडा — नेपालमा वैशाख २६ देखि प्रदर्शन भएको नेपाली चलचित्र ‘ऊनको स्वीटर’ क्यानडामा प्रदर्शन हुने भएको छ । चलचित्र क्यानडाको मिसिसाउगा मे १७ तारिख र स्कारब्रोको स्विटरमा मे १८ तारिख प्रदर्शन हुने आँगन इभेन्टका सञ्चालक जिआर भण्डारीले बताए । एमजिपी इन्टरटेनमेन्ट, आँगन इभेन्ट र आई र यू इन्टरटेनमेन्टले क्यानडामा चलचित्र प्रदर्शन गर्न […]