Home Login
चलचित्र

चलचित्र ‘ऊनको स्वीटर’ पोर्चुगलमा मे २५ तारिख पुनः एकपटक प्रदर्शन हुने

पोर्चुगल — नेपालमा वैशाख २६ देखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘ऊनको स्वीटर’ युरोपको पोर्चुगलमा मे २५ तारिख आइतबार पुनः एकपटक प्रदर्शन हुने भएको छ ।

राजधानी लिस्बनस्थित ‘सिनेमा आइडलमा’ मा प्रदर्शनमा आउने लागेको चलचित्र पोर्चुगलस्थित नेल्स इन्टरटेन्मेन्ट, गुरुङ केएनएस ईन्टरटेन्मेन्ट र केन्द्र मोशन पिक्चर्सले संयुक्त रूपमा प्रदर्शनमा ल्याउन लागेको हो ।

उक्त चलचित्र पोर्चुगलको राजधानी लिस्बनमा मे १८ तारिख आइतबार देखि बुधबार २१ तारिखसम्म प्रदर्शनमा आइसकेको थियो । जसमा पोर्चुगलमा रहेका नेपाली दर्शकहरूको माग अनुसार पुन : एकपटक चलचित्र प्रदर्शन गर्न लागेको गुरुङ केएनएस ईन्टरटेन्मेन्टका सञ्चालक किरण गुरुङले जानकारी दिए ।

मे २५ तारिख आइतबार पुनः एकपटक प्रदर्शनमा आउन लागेको चलचित्र ‘ऊनको स्वीटर’ बिहानको ११ : ३० बजेबाट प्रदर्शन हुने भएको हो, भने चलचित्रको टिकेट १२.५० युरो रहेको छ । जसमा १२ वर्षभन्दा कम उमेरकालाई ८ युरो राखिएको छ ।

‘नेपालीभाषा, नेपाली सँस्कृती र नेपाली चलचित्रलाई माया रप्रबर्द्धन गरौ’ भन्ने उदेश्यका साथ स्थापना भएको मामा ईभेन्ट्स, गुरुङ केएनएस ईन्टरटेन्मेन्ट र नेप्स इन्टरटेन्मेन्टले पोर्चुगलमा विभिन्न नेपाली चलचित्र प्रदर्शन र सांगीतिक कार्यक्रम गर्दै आएको छ ।

टिकटको लागिको लिङ्कमा क्लिक गरेर लिन सकिने वा दिएको सम्पर्क नम्बरमा +३५१- ९२०२८३३१९, +३५१- ९३२६७१७११, +३५१- ९२४४०८५३६ सम्पर्क गरी टिकट टिकट लिने व्यवस्था रहेको नेप्स इन्टरटेन्मेन्टका सञ्चालक समिर गुरुङले बताए ।

मामा ईभेन्ट्स र गुरुङ केएनएस ईन्टरटेन्मेन्टले संयुक्त रूपमा यूरोपमा प्रदर्शन गर्न लागेको चलचित्र ‘ऊनको स्वीटर’ युरोपको पोर्चुगल, बेल्जियम, माल्टा, साइप्रस, लक्जमबर्ग, नेदरल्याण्ड, जर्मनी, फ्रान्स, पोल्याण्ड, क्रोएसिया, नर्वे, फिनल्याण्ड र डेनमार्क लगायतका देशहरुमा प्रदर्शन भइरहेको छ । जसमा केही देशहरूमा भने, केही दिनपछि प्रदर्शनमा आउने भएको हो ।

मामा ईभेन्ट्स र गुरुङ केएनएस ईन्टरटेन्मेन्टले चलचित्र ‘ऊनको स्वीटर’ को आधिकारिक यूरोप वितरक रहेका हुन् भने, केन्द्र मोशन पिक्चर्स प्रमुख प्रायोजक रहेका छन् ।

पोर्चुगलको राजधानी लगायत बाहिरी जिल्लाहरूमा पनि प्रदर्शन हुने हामी आयोजकहरू तयारीमा रहेका छौं, गुरुङ केएनएस ईन्टरटेन्मेन्टका सञ्चालक किरण गुरुङले भने । हामीलाई नेपाली दर्शकहरूले माया र साथ दिनुभएको छ, उनले जोड दिँदै भने । त्यसो त पहिला ४ शोमा प्रदर्शन भएको चलचित्र, सबै शोहरू हाउसफुल भएको थियो ।

विपिन कार्की र मिरुना मगरको मुख्य भूमिकामा रहेको चलचित्र ‘उनको स्वीटरमा नविन चौहानको निर्देशन रहेको छ । चलचित्रमा निर्देशक चौहानको लेखन, सुरज कटुवालको सह-लेखन, मुख्य सहायक निर्देशक फिरोज खड्का, गायक सुजन चापागाईं र कोविद बज्रको संगीत, हर्क साउदको शब्द रचना रहनेछ ।

चलचित्रमा विपीन र मिरुनासँगै माओत्से गुरुङ, सुरज तमू, एलेक्स पारस, परीक्षा लिम्बू, मिलन खत्री, अरुण पुन मगर, भावना खपाङ्गी मगर, कवि राई, रुपेश लामा, प्रकाश बस्नेत, लक्ष्मी योङहाङ, प्रेम सुब्बा, इन्द्रनारायण आङदेम्बे र नरेश लावती लगायतका कलाकारको अभिनय रहनेछ ।

 

Leave a Reply