पोर्चुगल — पोर्चुगलमा मे १८ २०२५ आइतबार संसदीय चुनाव भइरहेको छ । यो देशको पछिल्लो साढे तीन वर्षमा तेस्रो संसदीय चुनाव हो ।
राष्ट्रपति मार्सेलो रेबेलो डि साउसाले गत मार्च १३ मा संसद विघटन गरेर यो निर्वाचन घोषणा गरेका थिए। मार्च ११ मा प्रधानमन्त्री लुइस मोंटेनेग्रो नेतृत्वको सरकारले संसदमा विश्वासको मत गुमाएपछि यो अवस्था आएको हो ।
यो चुनावमा पोर्चुगलको २३० सिटको संसद (एसेम्ब्ली अफ द रिपब्लिक) का लागि १९ वटा राजनीतिक पार्टी र गठबन्धनले प्रतिस्पर्धा गरिरहेका छन् ।
पोर्चुगलमा करिब १ करोड ८ लाख दर्ता मतदाता छन् । मतदान बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म चल्नेछ र प्रारम्भिक नतिजा राति १२ बजेपछि सार्वजनिक हुने अपेक्षा गरिएको छ ।