
बेल्जियम — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राज्यले प्रतिशोध साधेको भन्दै बेल्जियमका प्रवासी नेपालीले हस्ताक्षर अभियान चलाएका छन् । रास्वपाको तेस्रो स्थापना दिवसको अवसरमा प्रवास सम्पर्क विभाग बेल्जियमले सोमबार बेल्जियमको ल्युभेनमा बृहत सभा गरी अभियान शुभारम्भ गरेको हो । प्रतिशोधविरुद्धको अभियानमा सहभागी हुन बेल्जियमका ८ प्रदेश तथा युरोपका विभिन्न देशहरुबाट नेपालीहरु भेला भएको प्रवास […]