पोर्चुगल

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास संगठन ‘प्रवास नेपाली सम्पर्क विभाग,पोर्चुगल’ गठन

(राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास संगठन अन्तर्गत ‘प्रवास नेपाली सम्पर्क विभाग पोर्चुगल’ गठन, आइतवार पोर्चुगलको राजधानी लिस्बनमा नर फगामी मगरको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन)

पोर्चुगल (लिस्बन) — पछिल्लो समय नेपालको राजनीतिक अवस्था हेर्दा जनताले पनि नयाँ दलहरुलाई स्थान दिनुपर्छ भन्दै आवाज उठाइरहेको पाइन्छ । नेपालमा ठूला दलहरु नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी पछि चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टीले प्रवास कमिटीहरू विस्तार गर्दै आइरहेको छ।

युरोपियन मुलुक पोर्चुगलमा नेपालीहरूको बसोबास बाक्लो रहेकाले पोर्चुगलमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास संगठन अन्तर्गत प्रवास नेपाली सम्पर्क विभाग, पोर्चुगल गठन भएको छ। आइतवार पोर्चुगलको राजधानी लिस्बनमा नर फगामी मगरको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

आइतबार राजधानी लिस्बनमा सम्पन्न भेलाले अध्यक्षमा नर फगामी मगर, उपाध्यक्षमा रामप्रसाद भुर्तेल, कोषाध्यक्ष उर्मिला कार्की, सचिव शिवराज कंडेल र सह-सचिवमा दिलबहादुर तामाङ लाई चयन गरेका छन् ।

त्यस्तै सदस्यहरूमा रुपेशकुमार श्रेष्ठ, कृष्णबहादुर नेपाली, रामप्रसाद गैरे, ऋषिराम भण्डारी, राजन खनाल , बमबहादुर सुनार, प्रमोद अधिकारी, डि.बि. विश्वकर्मा, बासुदेव मिश्र, प्रदीप कंडेल, जीवन गुरुङ र झपेन्द्र पौडेल रहेका छन् ।

केन्द्रबाट पार्टीका कार्यवाहक सभापति डिपी अर्यालको  सम्बोधन समेत रहेको भेलाले सल्लाहकारहरु समेत चयन गरेका छन्। केशरसिह लिम्बूको संयोजकमा बनेको सल्लाहकार समितिहरूमा सदस्य प्रेमबहादुर भण्डारी, दिनेश रिजाल, राम सेढाई, नारायणप्रसाद भट्टराई, प्रकाश सुवेदी, राकेश निरौला रहेका छन् ।

One response to “राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास संगठन ‘प्रवास नेपाली सम्पर्क विभाग,पोर्चुगल’ गठन”

  1. हार्दिक बधाई तथा शुभकामना सबै साथीहरूलाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *