Home Login
राजनीति

रास्वपा नेत्री सोबिता गौतमको युरोप भ्रमण तय, नर्वेमा ‘राष्ट्र निर्माण’बारे सम्बोधन गर्ने

युरोप — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य तथा पूर्व सांसद सोबिता गौतम युरोप भ्रमणमा जाने भएकी छिन् । उनी आगामी नोभेम्बर २ देखि १२ तारिखसम्म युरोपका विभिन्न देशहरूको भ्रमणमा निस्कन लागेकी हुन् ।

यो भ्रमण उनको “युरोप भ्रमण २०२५” अभियानको हिस्सा रहेको बताइएको छ । भ्रमणका क्रममा उनले युरोपका विभिन्न देशमा बसोबास गर्ने नेपाली समुदाय, पार्टीका सदस्य तथा शुभेच्छुकहरूसँग प्रत्यक्ष भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको छ ।

भ्रमणको मुख्य उद्देश्य प्रवासी नेपालीहरूसँगको सम्बन्धलाई थप मजबुत बनाउनु, राष्ट्रनिर्माणमा उनीहरूको भूमिकालाई प्रोत्साहित गर्नु र पार्टीको अन्तर्राष्ट्रिय सञ्जाल तथा साझेदारी विस्तार गर्नु रहेको छ ।

भ्रमण तालिका अनुसार, गौतम नोभेम्बर ९ तारिख आइतबारका दिन नर्वे पुग्ने भएकी छन् । नर्वेको ओस्लोमा आयोजना हुने विशेष कार्यक्रममा उनले नेपाली समुदायसँग प्रत्यक्ष संवाद गर्नेछिन् । सो अवसरमा उनले “प्रवासी नेपाली र राष्ट्र निर्माणमा उनीहरूको योगदान” विषयमा आफ्नो धारणा राख्ने कार्यक्रम तय भएको जनाइएको छ ।

नर्वेमा हुने उक्त कार्यक्रमको व्यवस्थापन राष्ट्रिय स्वतन्त्र पार्टीसँग आबद्ध प्रवासी नेपाली सम्पर्क विभाग – नर्वेले गरिरहेको छ । विभागले गौतमको भ्रमण र कार्यक्रमलाई सफल बनाउन तयारी तीव्र पारेको जनाएको छ ।

Leave a Reply