Home Login

पोर्चुगल — पोर्चुगलको संसदले आज सन् २०२६ का लागि सरकारले प्रस्तुत गरेको राज्य बजेट (State Budget – OE2026) पारित गरेको छ । लामो बहस र रस्साकस्सीपछि प्रधानमन्त्री लुइस मोन्टेनेग्रोको नेतृत्वमा रहेको मध्य-दक्षिणपन्थी सरकारले आफ्नो दोस्रो बजेट पास गराउन सफल भएको हो । बजेट पारित हुने/नहुने विषयमा अन्तिम समयसम्म पनि राजनीतिक वृत्तमा चासोको विषय बनेको थियो […]

पोर्चुगल — राहदानी विभागले विभिन्न जिल्ला र विदेशस्थित नेपाली नियोगहरूका लागि तयार भएका राहदानीहरूको विवरण सार्वजनिक गरेको छ । विभागले २०८२ मंसिर १० गते एक सूचना जारी गर्दै २०२५ नोभेम्बर १ सम्म आवेदन दिएका सेवाग्राहीहरूको राहदानी तयार भई सम्बन्धित स्थानतर्फ पठाउने क्रममा रहेको जानकारी गराएको हो । विशेष गरी वैदेशिक रोजगारी र अध्ययनका लागि प्रमुख […]

पोर्चुगल — पोर्चुगलको युवा टोलीले ऐतिहासिक प्रदर्शन गर्दै सन् २०२५ को फिफा यू–१७ विश्वकपको उपाधि जितेको छ । कतारको दोहास्थित खलिफा अन्तर्राष्ट्रिय रङ्गशालामा सम्पन्न रोमाञ्चक फाइनल खेलमा अस्ट्रियालाई १-० गोल अन्तरले पराजित गर्दै पोर्चुगलले यो प्रतिष्ठित उपाधि उचालेको हो । यो जितसँगै पोर्चुगलले यू–१७ उमेर समूहको विश्वकप फुटबलको इतिहासमा आफ्नो नाम स्वर्णिम अक्षरले लेख्न सफल […]

साओ टियोटोनियो, पोर्चुगल —  “एकताको लागि फुटबल, फुटबलद्वारा एकताबद्ध” भन्ने मूल नारालाई आत्मसाथ गर्दै आयोजना भएको ‘दोस्रो साओ टियोटोनियो गोल्ड कप–२०२५’ को उपाधि ‘नेप फ्याम एफसी’ ले हात पारेको छ । आइतबार (२३ नोभेम्बर २०२५) सम्पन्न खुल्ला सेभेन ए साइड नेपाली फुटबल प्रतियोगिताको निकै रोमाञ्चक फाइनल खेलमा बुद्ध एफसीलाई पेनाल्टी सुटआउटमा हराउँदै नेप फ्याम एफसी […]

लिस्बन  — वैदेशिक रोजगारीको सिलसिलामा युरोपेली मुलुक पोर्चुगलमा रहँदै आउनुभएका एक नेपाली युवा विगत केही महिनादेखि सम्पर्कविहीन हुनुभएको छ । कास्की जिल्ला, पोखरा महानगरपालिका-३३, बागमारा घर भई हाल पोर्चुगलमा कार्यरत सरोज आचार्य गत सेप्टेम्बर महिनादेखि परिवार र आफन्तको सम्पर्कबाट टाढा हुनुभएको हो । करिब एक वर्ष अघि सुनौलो भविष्यको खोजीमा पोर्चुगललाई आफ्नो कर्मथलो बनाउन पुग्नुभएका […]

पोर्चुगल — पोर्चुगलका विमानस्थलहरूमा, विशेष गरी राहदानी जाँचमा यात्रुहरूले भोग्नुपरेको लामो लाइन र ढिलाइको समस्या समाधान गर्न सरकारले महत्त्वपूर्ण कदम चालेको छ । पोर्चुगलको सार्वजनिक सुरक्षा प्रहरी (PSP) ले युरोपेली सीमा तथा तटरक्षक एजेन्सी सँग मिलेर काम गर्ने सम्झौता गरेको छ । यस अन्तर्गत सन् २०२६ को सुरुदेखि पोर्चुगलका मुख्य विमानस्थलहरूमा लगभग ५० जना फ्रन्टेक्सका […]

पोर्चुगल — पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोमाथि लागेको प्रतिबन्धको विषयमा फिफाले अन्तिम निर्णय गरेको छ । यो निर्णयसँगै रोनाल्डो अब २०२६ विश्वकपको मुख्य चरणको आफ्नो पहिलो खेल खेल्न पाउने भएका छन् । फिफाको अनुशासन समितिले ४० वर्षीय रोनाल्डोलाई सुरुमा ३ खेलको प्रतिबन्ध सुनाएको थियो । तर, यसमा महत्त्वपूर्ण सर्त राखिएको छ । ३ खेलमध्ये २ खेलको […]

पोर्चुगल — पोर्चुगलको यू-१७ राष्ट्रिय फुटबल टोलीले फिफा यू-१७ विश्वकप २०२५ को फाइनलमा स्थान बनाएर इतिहास रचेको छ । पोर्चुगलले आफ्नो पहिलो विश्वकप फाइनल यात्रामा बलियो प्रतिद्वन्द्वी ब्राजिल लाई सेमिफाइनलमा पेनाल्टी सुटआउटमा पराजित गरेको हो । कतारको दोहामा भएको निकै प्रतिस्पर्धात्मक सेमिफाइनल खेलमा पोर्चुगलले ब्राजिललाई स्तब्ध पार्दै फाइनलमा प्रवेश गर्‍यो । पोर्चुगल र ब्राजिलबीचको खेल […]

पोर्चुगल (लिस्बन) — नेपालमा प्रदर्शन आरम्भ भएदेखि नै बक्स अफिसमा उच्च सफलता हासिल गरेको र २०८२ सालको सर्वाधिक कमाउने चलचित्र बन्न सफल ‘परान’ अब युरोपेली मुलुक पोर्चुगलमा पनि प्रदर्शन हुने भएको छ । नेपाली मौलिक कथा र पारिवारिक संवेदना बोकेको यो चलचित्रलाई पोर्चुगलमा रहेका नेपाली दर्शकहरूले डिसेम्बरको पहिलो साता हेर्न पाउने भएका छन् । चलचित्रको […]

पोर्चुगल — युरोपेली मुलुक पोर्चुगललगायत सिङ्गो युरोप महादेश अहिले महान् चाड क्रिसमसको रङमा रङ्गिन थालेको छ । नोभेम्बर महिनाको अन्त्यसँगै चिसो स्याँठ बढे पनि सहरका चोक, गल्ली र घरहरूमा बलेका रङ्गीचङ्गी बत्तीले न्यानो र उत्साहजनक वातावरण सिर्जना गरेका छन् । अङ्ग्रेजी पात्रो अनुसार डिसेम्बर २५ मा मनाइने येशू ख्रीष्टको जन्मदिनको लागि युरोपमा एक महिना अगाडिदेखि […]