Home Login

हाम्रो हालको फेसबुक रिल्स

रोमानिया — नेपाल तामाङ घेदुङ रोमानियाको दोस्रो ऎतिहासिक अधिवेशन जुलाई १३ तारिख आइतवार बुखारेष्ट स्थित आदिति किचेनको सभा हलमा सम्पन्न भएको छ । ‘प्रवासमा भाषा, धर्म, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनको लागि नेपाल तामाङ घेदुङ रोमानियाको अभियान’ भन्ने मूल नाराका साथ सन् २०२३ जनवरी १ तारिख स्थापना भएको हो । संस्थाका अध्यक्ष फुर्साङ लामाको […]

रोमानिया — नेपाल तामाङ घेदुङ रोमानियाको दोस्रो ऎतिहासिक अधिवेशन आगामी जुलाई १३ तारिख आइतवार  बुखारेष्ट स्थित आदिति किचेनको सभा हलमा हुन भएको छ । ‘प्रवासमा भाषा, धर्म, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनको लागि नेपाल तामाङ घेदुङ रोमानियाको अभियान’ भन्ने मूल नाराका साथ सुरुवातिमा रोमानियामा कर्मथलो बनाउँदै आईरहेका विभिन्न जिल्लाका सात जना तामाङ बुद्धिजीवी,समाजसेवी दाजुभाइ, […]

बुकारेस्ट — मे १८ — रोमानियाको २०२५ मे १८ मा सम्पन्न राष्ट्रपतिको निर्वाचनमा स्वतन्त्र उम्मेदवार तथा हालका बुकारेस्टका मेयर निकुशोर डान (Nicușor Dan) विजयी भएका छन्। उनले आफ्नो मुख्य प्रतिस्पर्धी, राष्ट्रवादी उम्मेदवार जर्ज सिमिओन (George Simion) लाई स्पष्ट मतान्तरले पराजित गर्दै कुल ५३.६ प्रतिशत मत प्राप्त गरेका हुन्। यस ऐतिहासिक जितसँगै निकुशोर डान अब रोमानियाको […]

लाक्पा तेन्जी शेर्पा । रोमानिया — गत मे १७ शनिबार रोमानियाको राजधानी बुकारेस्टमा २५६९ औं बुद्ध जयन्ती विशेष कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरिएको छ। नेपाल तामाङ घेदुङ रोमानिया र कग्यु बुद्धिस्ट एसोसिएसन रोमानियाको संयुक्त आयोजनामा सम्पन्न भएको यस कार्यक्रमले भगवान गौतम बुद्धको शान्तिको सन्देश फैलाउने उद्देश्य राखेको थियो। कार्यक्रमको सुरुवात बुकारेस्टस्थित संसद भवन अगाडि […]

लाक्पा तेन्जी शेर्पा । रोमानिया — येले सम्बत ५०८५: किराँती समुदायको मौलिक चाड उभौली सकेला यस वर्ष रोमानियाको राजधानी बुकारेस्टमा विशेष उत्साह र भव्यताका साथ सम्पन्न भएको छ। नेपाल किराँत समावेशी समाज रोमानियाको आयोजनामा सम्पन्न यो सांस्कृतिक कार्यक्रमले प्रवासमा रहेका नेपाली समुदायबीच पहिचान, एकता र सांस्कृतिक गौरवलाई झनै मजबुत बनाएको छ। कार्यक्रममा किराँती परम्परागत साकेला […]

बुखारेष्ट, रोमानिया – भगवान गौतम बुद्धको २५६९ औं जन्मजयन्तीको पावन अवसरमा नेपाल तामाङ घेदुङ  रोमानियाद्वारा एक विशेष कार्यक्रमको आयोजना गरिने भएको छ । काग्यु बुद्धिस्ट एसोसिएसन रोमानियाको संयोजनमा तथा नेपाली समाज, शेर्पा किदुग रोमानिया , नेपाल मगर समाज, तमु समाज र नेपाल किराँत सेवा समाज रोमानियाको सह-आयोजनामा तेस्रो शान्तिपूर्ण -याली आयोजना गरिने भएको हो । […]

बुकारेस्ट, रोमानिया — लामो समयदेखि रोमानियामा कार्यरत रहेका तेह्रथुम घर भएका ३८ वर्षीय जित बहादुर राईको निधन भएको छ। उहाँ रोमानियाको राजधानी बुकारेस्टको सेक्टर ६ स्थित इमाग वायरहाउस मा कार्यरत हुनुहुन्थ्यो । प्राप्त जानकारी अनुसार, राईको मृत्यु सुतेकै अवस्थामा भएको हो। काममा नियमित रुपमा उपस्थित हुने उहाँ जब ड्युटीमा देखिनुभएन र फोन सम्पर्कमा पनि नआएपछि […]

रोमानिया — युरोपेली मुलुक रोमानियामा रहेको जोसुवा फुटबल क्लबले आयोजना गरेको चौथो फुटसल प्रतियोगिता अप्रील १९ शनिबारदेखि सुरु हुने भएको छ । उक्त प्रतियोगिता अप्रिल २१ तारिख सम्म हुने भएको छ । रोमानियाको बुकारेस्टमा रहेको प्रोग्रेसुल एरिनामा फुटसल प्रतियोगिता आयोजना हुन लागेको जोसुवा फुटबल क्लबका सचिव विजय गुरुङले जानकारी दिए । २०२२ देखि निरन्तर वार्षिक […]

अशिम लोप्चन । राजदुतबास जर्मनी स्थित रहेका बर्लिन नेपाली राजदुतबासका उपप्रमुख सागरप्रसाद फुयालको नेतृत्वमामा र राहदानी बिभाग काठमन्डौंको संयोजनमा  रोमानियामा राहदानी नबिकरणका लागि घुम्ती सेवा शिबिर सम्पन्न भएको छ। बर्लिन राजदुतबासबाट प्रेम भण्डारी र राहदानी बिभाग काठमन्डौबाट सुबास थापा र राजकुमार सेवाको लागि खटिएका थिए । उक्त शिबिर द अदिति किचेन सेक्टर ४ मा २०२५ […]

(रोमानियाका नागरिकहरूका लागि अमेरिका प्रवेश भिसा छूट कार्यक्रम केही समयका लागि रोकियो) रोमानिया — संयुक्त राज्य अमेरिकाले, अमेरिकी भिसा छूट कार्यक्रममा रोमानियाको सामेल हुने प्रक्रिया अनिश्चितकालका लागि रोकेको छ। यो यात्रा सल्लाह र आप्रवासन उपायहरूको सम्बन्धमा अमेरिकाले गरेको हालैको विकासक्रम पछिको हो। रोमानियाका प्रधानमन्त्री मार्सेल सियोलाकुका अनुसार,  ‘यो निर्णय एक प्राविधिक उपाय हो भन्ने विश्वास […]