Home Login

लिस्बन — पोर्चुगलम आइतवार २.७ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको थियो। कोइम्ब्राबाट करिब छ किलोमिटर पूर्व-उत्तरपूर्वमा केन्द्रबिन्दु रहेको पोर्चुगल इन्स्टिच्युट अफ द सी एण्ड एटमोस्फियर (IPMA) ले जनाएको छ। आइतवार साँझ ५:२३ मा भूकम्पको धक्का महसुस भएको थियो भने पूर्ण जानकारी प्राप्त अनुसार, अहिलेसम्म कुनै पनि व्यक्तिगत वा भौतिक क्षति नभएको आईपीएमएले बताएको छ […]

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सांसद पद निलम्बन भएको छ ।  पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेलाई सभामुख देवराज घिमिरेले निलम्बन गरेका हुन् । लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराधसहित सम्पत्ति शुद्धीकरणमा पनि कास्की जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको जानकारीपत्र प्रहरीले सभामुख देवराज घिमिरेलाई आइतबार साँझनै पठाएको थियो । संघीय संसद सचिवालयका […]

राष्ट्रपति रामचन्द्र पौडेलले पाँच देशका लागि नियुक्त भएका राजदूतलाई पद तथा गोपनियताको शपथ गराउनुभएको छ । राष्ट्रपतिको सरकारी निवास शितल निवासमा भएको सपथ समारोहमा भारत, रुस, बेलायत, स्पेन र दक्षिण कोरियाका लागि नयाँ राजदूतले सपथ लिएका थिए । भारतका लागि शंकरप्रसाद शर्मा, दक्षिण कोरियाका लागि डा शिवमाया तुम्बाहाङ्फे, स्पेनका लागि शनिल नेपाल, बेलायतका लागि चन्द्रकुमार […]

युरोप — आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले डेनमार्कका लागि नेपालको आवासीय राजदूतमा सुम्निमा तुलाधरलाई नियुक्त गरेका छन् ।  राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तुलाधरलाई आइतबार राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । विज्ञप्ति

नर्वे— नर्वेमा विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा दिन डेनमार्कस्थित नेपाली दूतावासको टोली नर्वेको ओस्लो आउने भएको छ । विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा दिन दूतावासको टोली २०२५ जनवरी १२ र १३ मा नर्वेको ओस्लो आउन लागेको दूतावासले जनाएको छ । विद्युतीय राहदानी (ई–पासपोर्ट) को समस्यामा परेका नेपालीलाई ओस्लोबाटै कन्सुलर सेवा दिने गरी टोली पठाउन लागिएको हो भने […]

पोर्चुगल — सांगित बजार यतिबेला संगितमय बन्दै गएको छ। सांगितिक बजारमा नेपाली लोक तथा दोहोरी गीतले चर्चा परिचर्चा पाउदै आइरहेका छन्।कस्ता गीत लोकप्रिय हुन्छन र दर्शक श्रोताले मन पराउछन भन्न सकिदैन भने संगै कति गीतहरुले त करोड क्लव पार गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गीत दर्शक […]

जर्मनी — जर्मनीको म्याग्डेबर्गमा क्रिसमस बजारमा शुक्रबार कारले दुर्घटना निम्त्याएको थियो । उक्त दुर्घटना भएपछि चालकलाई प्रहरीले गिरफ्तार गरेको छ। उक्त घटनामा एक बालक सहित कम्तिमा दुई जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ। साउदी अरबका ५० वर्षीय एक पुरुषलाई उक्त घटना  निम्त्याएको कारणले घटनास्थलमै पक्राउ गरिएको थियो। प्रहरीहरूले […]

जर्मनी— जर्मनीको क्रिसमस बजारमा शुक्रबार एउटा कारले दुर्घटना निम्त्याएको छ । उक्त दुर्घटना भएपछि चालकलाई प्रहरीले गिरफ्तार गरेको छ। जर्मनीको डिपीए समाचार एजेन्सीले रिपोर्ट गरे अनुसार, उक्त हमलामा २० जनाभन्दा बढी घाइते भएको जनाएको छ। स्याक्सोनी-एनहोल्ट प्रान्तका प्रधानमन्त्री रेइनर ह्यासेलोफ घटनास्थलमा पुगेका थिए। विस्तृत विवरण आउन बाँकी रहेको छ ।

पोर्चुगल — सन् २०२८ सम्म प्रत्येक वर्ष न्यूनतम ज्याला ५० युरोको दरले वृद्धि हुने भएको छ। २०२५ मा न्यूनतम पारिश्रमिक ८७० युरो वृद्धि गर्ने आदेश बिहीबार पोर्चुगलको पत्रिकामा प्रकाशित भएको हो। व्यापार परिसंघ र युजीटि सँग हस्ताक्षर भएको २०२५ देखि २०२८ सम्मको लागि ज्याला वृद्धि र आर्थिक बृद्धि सम्बन्धी सम्झौता भएसँगै २०२८ सम्म प्रति वर्ष […]

आफ्नाले दिएका चोट म सामान्य हु झै लाग्थ्यो कसैको ब्यबहारले मलाई एक छेउ नि फरक पर्देन झै लाग्थ्यो, अह त्यो होइन रहेछ,जसरी पानी बिना माछा छटपाउछन त्येसरी नै म पनि आफुमा पीडा बचन आउदा त्येही दुख एक्लोपनको आभास गर्नेमा पर्दोरहेछु । म एक स्वतन्त्र प्राणि हो,भनेर सोच्ने मान्छे त झन बढि पिन्जडाँमा थुनिएको हुदो रहेछ,जहा […]