Home Login
चलचित्र

चलचित्र ‘ऊनको स्वीटर’ पोर्चुगलमा मे १८ देखि प्रदर्शन हुदै

पोर्चुगल — नेपालमा शुक्रबार (वैशाख २६) देखि प्रदर्शनमा आउन लागेका नेपाली चलचित्र ‘ऊनको स्वीटर’ युरोपको पोर्चुगलमा मे १८ देखि प्रदर्शन हुने भएको छ ।

राजधानी लिस्बनस्थित ‘सिनेमा आइडलमा’ मा प्रदर्शनमा आउने लागेको चलचित्र पोर्चुगलस्थित नेल्स इन्टरटेन्मेन्ट, गुरुङ केएनएस ईन्टरटेन्मेन्ट र केन्द्र मोशन पिक्चर्सले संयुक्त रूपमा प्रदर्शनमा ल्याउन लागेको गुरुङ केएनएस ईन्टरटेन्मेन्टका सञ्चालक किरण गुरुङले जानकारी दिए ।

उक्त चलचित्र पोर्चुगलको राजधानी लिस्बनमा मे १८ आइतबार, मे १९ सोमबार, मे २० मंगलबार र मे २१ बुधवार गरी चार शोमा चलचित्र प्रदर्शन हुन लागेको हो । रातिको ९ : १५ बजेबाट प्रदर्शन हुने चलचित्रको टिकेट १२.५० युरो रहेको छ ।

‘नेपालीभाषा, नेपाली सँस्कृती र नेपाली चलचित्रलाई माया रप्रबर्द्धन गरौ’ भन्ने उदेश्यका साथ स्थापना भएको नेप्स इन्टरटेन्मेन्टले पोर्चुगलमा विभिन्न नेपाली चलचित्र प्रदर्शन र सांगीतिक कार्यक्रम गर्दै आएको छ ।

टिकटको लागिको लिङ्कमा क्लिक गरेर लिन सकिने वा दिएको सम्पर्क नम्बरमा +३५१- ९२०२८३३१९, +३५१- ९३२६७१७११, +३५१- ९२४४०८५३६ सम्पर्क गरी टिकट टिकट लिने व्यवस्था रहेको नेप्स इन्टरटेन्मेन्टका सञ्चालक समिर गुरुङले बताए ।

मामा ईभेन्ट्स र गुरुङ केएनएस ईन्टरटेन्मेन्टले चलचित्र ‘ऊनको स्वीटर’ को आधिकारिक यूरोप वितरक रहेका हुन् भने केन्द्र मोशन पिक्चर्स प्रमुख प्रायोजक रहेका छन् ।

विपिन कार्की र मिरुना मगरको मुख्य भूमिकामा रहेको चलचित्र ‘उनको स्वीटरमा नविन चौहानको निर्देशन रहेको छ । चलचित्रमा निर्देशक चौहानको लेखन, सुरज कटुवालको सह-लेखन, मुख्य सहायक निर्देशक फिरोज खड्का, गायक सुजन चापागाईं र कोविद बज्रको संगीत, हर्क साउदको शब्द रचना रहनेछ ।

चलचित्रमा विपीन र मिरुनासँगै माओत्से गुरुङ, सुरज तमू, एलेक्स पारस, परीक्षा लिम्बू, मिलन खत्री, अरुण पुन मगर, भावना खपाङ्गी मगर, कवि राई, रुपेश लामा, प्रकाश बस्नेत, लक्ष्मी योङहाङ, प्रेम सुब्बा, इन्द्रनारायण आङदेम्बे र नरेश लावती लगायतका कलाकारको अभिनय रहनेछ ।

उता चलचित्र युरोप लगायत क्यानाडा, अमेरिका र जापानमा पनि प्रदर्शन हुने भएको निर्माण पक्षले जनाएको छ ।

Leave a Reply