पेरिस सेन्ट (जर्मेन (पीएसजी) युईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमीफाइनलको दोस्रो लेगमा पीएसजीले आर्सनललाई २-१ ले पराजित गरेको हो। पहिलो लेगमा १-० को जित निकालेको पीएसजीले समग्रमा ३-१ को जित दर्ता गर्दै फाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।
पीएसजीको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीले उत्कृष्ट प्रदर्शन गर्यो। खेलको २७ औं मिनेटमा फाबियान रुइजले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।
त्यसपछि ७२ औं मिनेटमा अच्राफ हाकिमीले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे। आर्सनलका लागि बुकायो साकाले ७६ औं मिनेटमा एक गोल फर्काए पनि त्यो पर्याप्त भएन ।
पीएसजीले अब च्याम्पियन्स लिगको फाइनलमा इन्टर मिलानको सामना गर्नुपर्नेछ । इन्टरले बार्सिलोनालाई हराउँदै फाइनल यात्रा तय गरिसकेको छ ।