Home Login

पोर्चुगल — बाग्लुङ समाज पोर्चुगलको आयोजनामा हुन गइरहेको सांगीतिक प्रस्तुतिका लागि चर्चित गायिका समीक्षा अधिकारी आज पोर्चुगल आइपुगेकी छिन्। डिसेम्बर ३० अर्थात् भोलि सोमबारको दिन हुन गइरहेको उक्त कार्यक्रमका लागि गायिका समीक्षा अधिकारी पोर्चुगल आएकी हुन्। उनीले सामाजिक सञ्जाल फेसबुकमा फोटो राख्दै आफू पोर्चुगल आइपुगेकी बताएकी हुन्। लिस्बन एयरपोर्टमा उनलाई स्वागत गर्नको लागि संस्थाबाट अध्यक्ष,कार्यवाहक […]

युरोप — रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले चेचन्याको ग्रोज्नीमा बुधबार अजरबैजान एयरलाइन्सको विमान रुसको हवाई क्षेत्रमा प्रवेश गरेपछि दुर्घटना भएकोमा माफी मागेका छन् तर तर त्यस दुर्घटनामा रुसको कुनै पनि हात नरहेको बताएका छन्। क्रेमलिनका अनुसार विमानले ग्रोज्नीमा अवतरण गर्न खोज्दा रुसको वायु रक्षा प्रणाली सक्रिय रहेको पुटिनले शनिबार बताए । विमानस्थलमा पुग्न नसकेपछि विमान पूर्व […]

पोर्चुगल — नेपाल राष्ट्रिय तामाङ घेदुङ संघ पोर्चुगलद्वारा मञ्जुश्री संम्वत २८६१ सोनाम ल्होछार तथा बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ। कार्यक्रम पोर्चुगलको राजधानी लिस्वानमा आउँदो फेब्रुअरी २ आइतबारको दिन हुने भएको हो। उक्त कार्यक्रमको लागि आयोजकले केही हप्तादेखि नै प्रचारप्रसार सुरु गरिसकेको छ। पोर्चुगलको राजधानी लिस्बनमा बहुचर्चित अन्तर्राष्ट्रिय स्तरका सेलो साथै मेंदो माया कलाकारहरूको उपस्थितिमा […]

लिस्बन — सोल्टी इभेन्ट र लुम्बिनी एफसीले आयोजना गरेको बब्बाल क्रिसमस नाइट -२०२४ सम्पन्न भएको छ। बब्बाल क्रिसमस नाइट -२०२४ नाम दिएको उक्त कार्यक्रम राजधानी लिस्बनको बराइरो लाटिनोमा रातिको साढे १० बजे देखि बिहानसम्म सञ्चालन भएको थियो। तस्वीर : डिजिटल लिस्बन उक्त कार्यक्रममा आकाश बम्जन र दिजय पर्जवालले डिजेमा डीजेमा साथ दिएर दर्शकलाई मनोरञ्जन दिएका […]

चीन– नेपाल क्रसबोर्डर रेलवे परियोजनाले नेपाल र चीन मात्र नभई समग्र चीन र दक्षिण एसियालाई जोड्ने हिमालयन क्षेत्रमा खेल परिवर्तन गर्ने चीनका लागि पूर्व नेपाली राजदूत लीलामणि पौड्यालले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणपछि नेपाल–चीन सम्बन्ध थप सुमधुर बन्दै गएकाले यस्तो टिप्पणी आएको हो । भ्रमणको क्रममा, जिलोङ,केरुङ-काठमाडौं क्रस-बोर्डर रेलवेको सम्भाव्यता अध्ययनलाई निरन्तर […]

लाक्पा तेन्जी शेर्पा । रोमानिया — तमु (गुरुङ) समाज रोमानियाले आफ्नो स्थापनाको चौथो वर्ष प्रवेशको अवसरमा ३२२७७ औं तमु ल्होसारको भव्य कार्यक्रम सम्पन्न गरेको छ। मुप्र्ही ल्होसारलाई विदाई गर्दै सप्र्ही ल्होसारलाई स्वागत गर्ने उद्देश्यले आयोजित यस कार्यक्रमले रोमानियामा रहेका नेपाली समुदायलाई एकताबद्ध बनाएको छ। तमु समाज रोमानियाका अध्यक्ष तिल ब गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न […]

पुस्तक रेग्मी । पोर्चुगल — नेपालको मेला महोत्सवमा व्यस्त रहेकी चर्चित गायिका समीक्षा अधिकारी आफ्नो सांगीतिक प्रस्तुतिका लागि युरोपेली मुलुक पोर्चुगल आउने भएकी छिन्। मामा ईभेन्ट्स र गुरुङ् के.एन.एस ईन्टरटेन्मेन्टको संयुक्त आयोजनामा चर्चित गायिका समीक्षा अधिकारी कार्यक्रमको लागि युरोप आएका हुन्। चर्चित गायिका समीक्षा अधिकारी अहिले युरोपको कार्यक्रममा व्यस्त रहेकी छिन्।युरोप टुर अन्तर्गत पोल्याण्डबाट सुरु […]

(क्रोएसियामा सुदूरपश्चिमेली नेपाली समाजको आयोजना भलिबल प्रतियोगिता सम्पन्न) युरोपेली मुलुक क्रोएसियामा सुदूरपश्चिमेली नेपाली समाजले आयोजना गरेको भलिबल प्रतियोगिता हिजो डिसेम्बर २६ तारिख सम्पन्न भएको छ ।  क्रोएसियाको प्रिजवल्ज २ जरेवमा भएको प्रतियोगिता यस वर्ष हालसम्मकै ठुलो धनराशि पुरस्कार सहितको भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।  उक्त प्रतियोगिताको प्रथम स्थान सुदूरपश्चिमको ‘ए’ टिमले हासिल गरेको छ। […]

पोर्चुगल — बायोमेट्रिक अथवा फिङ्गर भएकाहरूको छुटपुट कागजात (फाल्ता) छ भने यही आउँदो डिसेम्बर ३० तारिख विशेषगरी फाल्ता कागजातको लागि प्रक्रिया अगाडि बढाइने भएको छ। लिस्बनको महात्मा गान्धीबाट बायोमेट्रिक भएकाहरूको कागजात छुटपुट भएको खण्डमा आउँदो डिसेम्बर ३० तारिख सोमबार आइमाले फेरि पुन प्रक्रियाको लागि अगाडि बढाउने भएको हो। कसरी फाल्ता कागजात छ भनेर थाहा पाउने […]

नर्वे — युरोपियन मुलुक नर्वेमा एक सक्रिय संस्था तमु समाज नर्वेद्वारा तमु ल्होसार २०२४ मनाउने भएको छ। कार्यक्रम आउँदो डिसेम्बर ३० तारिख सोमबारको दिन हुने भएको छ। कार्यक्रम नर्वेको Kalbakken Fritidssenter, Gärdsveien 6, 0952 Oslo मा हुने भएको हो। नर्वेमा रहेका विभिन्न संघसंस्था लगायत नर्वेवासीहरुलाई उक्त कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल बनाइदिनुहुनको लागि समेत आयोजक […]