म्यानचेस्टर — बेलायतकै पुरानो नेपाली सस्था नेपलिज ऎशोसियसन युके (हिमालयन यति) ले हिजो म्यान्चेस्टरमा विभिन्न क्षेत्रका युवाहरुसंग छलफल कार्यक्रम सम्पन गरेको छ ।
नमस्ते नेपाल रेस्टुरामा सम्पन्न छलफल कार्यक्रममा यति हिमालयनका अध्यक्ष पुष्प श्रेष्ठले बेलायतमा बस्ने नेपाली युवाहरुलाई आफुहरुले समेटेर आगाडी बढ्नको लागि युवामैत्री कार्यक्रमहरु गर्न तयार रहेको बताउनु भयो ।
कार्यक्रममा यति हिमालयनका अध्यक्ष पुष्प श्रेठ लगायतका अन्य प्रतिनिधिहरु, व्यवसायी चन्द्र केसी, मिलन बस्नेत, स्वीकृति खरेल, ८८४८ भाईभ्सका प्रबन्ध निर्देशक मनोज बजगाईं र अजय राउत , भाइभ्सकै मार्केटिंग लिडहरु संगीता ढकाल र योजना दाहाल ८८४८ फुटबल क्लबका केशव बजगाईं, इश्वर बजगाईं लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्थितहरुले हिमालयन यति सस्थासंग मिलेर युवाहरुलक्षित कार्यक्रम संचालन गर्न आ-आफ्नो भिजन प्रस्तुत गरेका थिए ।
द भिजन फर फ्युचर नाम दीइएको कार्यक्रममा आफ्नो विचार राख्दै सस्थाका अध्यक्ष पुष्प श्रेष्ठले आफुहरु युवालाई प्रोत्साहन हुने कुनैपनि कार्यक्रम गर्न पछि नपर्ने बताउनु भयो ।
संस्थाले भविष्यमा प्राकृतिक संरक्षण सम्बन्धित कार्य निम्ती बेलायत स्थित नेपाल प्राकृति संरक्षण संस्थासंग सहकार्य सम्बन्धि प्रारंभिक बार्तालाप भएको अध्यक्ष श्रेष्ठले थप जानकारी गराउनु भयो । यसका अतिरिक्त उहाँले नेपाल ब्यापार प्रबर्द्धन कार्यक्रम निम्ती नेपाली राजदूताबास र मानचेष्टर च्याम्बर एण्ड कमर्स संस्थासंग पनि बार्ता भई रहेको बताउनु भयो । यसरी उक्त संस्थाले नेपाल प्रवर्द्धनका लागि विगतमा जस्तै बर्तमान र भबिष्यमा पनि यस्ता कार्यक्रमहरु संचालन गरिने लक्ष्य राखिएको जानकारी गराउनु भयो ।
सस्थाका अध्यक्षले युवामैत्री कार्यक्रम गर्न विभिन्न उप-समितिहरु बनाउने निर्णय गरि कार्यक्रम समापन गर्नुभएको थियो ।