खेलकुद

बार्सिलोनालाई हराउँदै इन्टर च्याम्पियन्स लिगको फाइनलमा

इटाली । इटालियन क्लब इन्टर मिलानले स्पेनिश जायन्ट बार्सिलोनालाई हराउँदै यूईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

आज बिहान सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा इन्टरले बार्सिलोनालाई ४-३ गोल अन्तरले पराजित गर्दै समग्रमा ७-६ को अग्रता कायम गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो लेग ३३गोलको बराबरीमा रोकिएको थियो ।

मिलानको सान सिरो रंगशालामा भएको खेलमा घरेलु टोली इन्टर मिलानले उत्कृष्ट प्रदर्शन गर्‍यो। खेलको २१औं मिनेटमा लाउटारो मार्टिनेजले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए। पहिलो हाफको अन्त्यतिर, ४५औं मिनेटमा हाकान चालहानोग्लुले पेनाल्टीमार्फत गोल गर्दै इन्टरको अग्रता दोब्बर पारे।

बार्सिलोनाले पनि दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्‍यो। खेलको ५४औं मिनेटमा एरिक गार्सियाले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउने संकेत दिए। त्यसको लगत्तै ६०औं मिनेटमा डानी ओल्मोले बार्सिलोनाका लागि बराबरी गोल गरेपछि खेल थप रोमाञ्चक बन्यो।

खेलको निर्धारित समय सकिनै लाग्दा ८७औं मिनेटमा राफिन्हाले गोल गर्दै खेललाई ३-२ को अवस्थामा ल्याए । तर, अतिरिक्त समयमा फ्रान्सेस्को एसेर्बीले गोल गर्दै इन्टर मिलानलाई फेरि बराबरीमा ल्याए ।

अतिरिक्त समयमा इन्टर मिलानले फेरि एकपटक गोल गर्न सफल भयो। खेलको ९९औं मिनेटमा डेभिड फ्राटेसीले निर्णायक गोल गर्दै इन्टर मिलानलाई ४-३ को जित दिलाए।

यो जितसँगै इन्टर मिलान च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ भने बार्सिलोना प्रतियोगिताबाट बाहिरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *