Home Login

ओस्लो (नर्वे) — ४ भाइ इभेन्ट नर्वे द्वारा आयोजित ‘क्रिसमस तथा अंग्रेजी नयाँ वर्ष २०२५’ विशेष सांस्कृतिक कार्यक्रम नर्वेको राजधानी ओस्लोमा डिसेम्बर २२, २०२५ का दिन भव्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ । नेपालबाट युरोप सांगीतिक यात्रामा आएका लोकप्रिय लोकगायक तथा सर्जक खेम सेन्चुरी ले कार्यक्रममा आफ्ना चर्चित गीतहरू पानको पात, ढले ढले, अरेली […]

लिस्बन (पोर्चुगल) — पोर्चुगलको लिस्बनस्थित नेपाली राजदूतावासले इसाई धर्मावलम्बीहरूको महान चाड क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसरमा सार्वजनिक बिदाको घोषणा गर्दै सम्पूर्ण नेपाली समुदायमा शुभकामना व्यक्त गरेको छ । दूतावासले मंगलबार एक सूचना जारी गर्दै बिदा र शुभकामना सन्देश प्रवाह गरेको हो । जारी गरिएको सूचनामा सन् २०२५ को क्रिसमस तथा अंग्रेजी नयाँ वर्ष २०२६ […]

लिस्बन (पोर्चुगल) —  क्रिसमस तथा अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा लिस्बनको अल्कान्तारामा रहेको परराष्ट्र मन्त्रालय अन्तर्गतको सार्वजनिक सेवा कार्यालय केही दिनका लागि बन्द रहने भएको छ । कार्यालयले एक सूचना जारी गर्दै बिदा र सेवा पुनः सञ्चालन हुने मितिबारे जानकारी गराएको हो । जारी सूचना अनुसार, डिसेम्बर २४ तारिखदेखि कार्यालयका सम्पूर्ण सेवाहरू बन्द रहनेछन् […]

लिस्बन (पोर्चुगल) — विगतमा एकपछि अर्को सफल कार्यक्रमहरू सम्पन्न गर्दै समुदायमा आफ्नो छुट्टै पहिचान बनाउन सफल संस्था ‘लिमिटलेस’ ले पोर्चुगलमा अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसर पारेर भव्य कार्यक्रम ‘ठमेल नाइट’ आयोजना गर्ने भएको छ । परदेशमा रहेर पनि नेपाली उत्सवको झझल्को दिने र आपसमा खुसी साटासाट गर्ने उद्देश्यले आउँदो डिसेम्बर ३१ तारिखका दिन यो […]

काठमाडौं — वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई युरोपेली मुलुक पोर्चुगल र रोमानिया पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा दुईजना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका–१० मा बसोबास गर्दै आएका तनहुँका ३२ वर्षीय रोविन जीआर र काठमाडौं महानगरपालिका–७ मा बसोबास गर्ने ओखलढुंगाकी ४८ वर्षीया गीतामाया मगर रहेका छन् । उनीहरूलाई […]

जसमान दर्नाल जिवन (जाग्रेब, क्रोएसिया) — म्याग्दी प्रवासी नेपाली संघ (मोना), राष्ट्रिय कार्यकारी समिति क्रोएसियाको मुख्य आयोजनामा सञ्चालित ‘तेस्रो मोना भलिबल कप’ सोमबार एक भव्य समारोहका बीच सम्पन्न भएको छ । प्रवासमा रहेर पनि आफ्नो खेल कौशल प्रदर्शन गर्न र नेपालीहरुबीचको एकतालाई मजबुत बनाउन आयोजना गरिएको यो प्रतियोगिता ऐतिहासिक रूपमा सफल भएको आयोजकले जनाएको छ […]

काठमाडौँ — मेटा कम्पनीले नेपालका लागि फेसबुक कन्टेन्ट मोनेटाइजेसन सुरु गरे सङ्गै सामाजिक सञ्जाल प्रयोगकर्ताबिच आम्दानीका लागि योग्यता पुर्‍याउन एक आपसमा सहकार्य गर्ने अभियान नै चलेको छ । यो अभियान विशेष गरी फेसबुकमा बनाइएका विभिन्न ग्रुपमार्फत सञ्चालनमा छन् ।  ती मध्य अहिले ‘फेसबुक मोनिटाइजेसन सहकार्य’ नामक एउटा फेसबुक ग्रुप निकै सक्रिय छ ।  यस प्रकारका […]

साइप्रस — सन् २०२६ को पहिलो छ महिनाका लागि युरोपेली संघ (ईयु) परिषद्को अध्यक्षता सम्हाल्नुभन्दा ठीक दस दिन अघि, साइप्रस सरकारले आफ्नो आगामी कार्यकालको विस्तृत कार्ययोजना र आधिकारिक लोगो सार्वजनिक गरेको छ । साइप्रसको ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको पानो लेफकारास्थित सम्मेलन केन्द्रमा, गणतन्त्रका राष्ट्रपति निकोस क्रिस्टोडौलाइड्सको विशेष उपस्थितिमा साइप्रस ईयू प्रेसिडेन्सी सचिवालयले एक भव्य […]

पोर्चुगल — पछिल्लो समयका सर्वाधिक लोकप्रिय तथा युवा पुस्ताका ढुकढुकी गायक सुजन चापागाईं आफ्नो ब्याण्ड ‘सुजन चापागाईं एण्ड द ब्याण्ड’ सहित युरोपको सांगीतिक यात्रामा निस्कने भएका छन् । सन् २०२६ मा आयोजना हुने ‘युरोपको उत्कृष्ट सांगीतिक कार्यक्रम २०२६’ नाम दिइएको विशेष सांगीतिक टुरका लागि उनी युरोप आउने भएको हो । प्रवासमा रहेका नेपालीहरूलाई संगीतको माध्यमबाट […]

निकोसिया — विश्वव्यापी गतिशीलता र कर स्वतन्त्रताको मापन गर्ने प्रतिष्ठित ‘नोम्याड पासपोर्ट इन्डेक्स २०२६’ मा साइप्रसको राहदानीले ठूलो फड्को मारेको छ । बुटीक कर तथा आप्रवासन परामर्शदाता संस्था ‘नोम्याड क्यापिटलिस्ट’ द्वारा प्रकाशित दशौं वार्षिक संस्करणको प्रतिवेदन अनुसार, साइप्रस विश्वव्यापी रूपमा पाँचौं स्थानमा पर्न सफल भएको छ । यो नतिजाले साइप्रसलाई लगानीकर्ता र विश्वव्यापी रूपमा सक्रिय […]