Home Login

नर्वे — नर्वेको राजधानी ओस्लोमा ढाका टोपी दिवस–२०२६ भव्य रूपमा सम्पन्न भएको छ । माङ्ग्फ़ोल्ड नेपाल–नोर्गे, नेपाली पोर्चुगिज समाज नर्वे तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान—नेपाल युरोप शाखाको संयुक्त आयोजनामा उक्त कार्यक्रम जनवरी १, २०२६ का दिन ओस्लोस्थित नेपाली रेस्टुरेन्ट रोयल तन्दुरी, नर्वेमा आयोजना गरिएको हो । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान—नेपाल […]

रसुवा, उत्तरगया —  जाडोको बढ्दो प्रभावसँगै विद्यार्थीहरूलाई राहत दिने र पठनपाठनमा प्रोत्साहन गर्ने उद्देश्यले नेपाली जनप्रगतिशील मञ्च प्रवासी टिमले रसुवाको एक सामुदायिक विद्यालयमा न्यानो कपडा तथा खेलकुद सामग्री वितरण गरेको छ । उत्तरगया गाउँपालिका–२ स्थित श्री गणेश आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि उक्त सहयोग सामग्री हस्तान्तरण गरिएको हो । विशेषगरी ग्रामीण भेगका बालबालिकाहरूलाई जाडो मौसममा […]

अध्यागमन विभागले नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकहरूको ‘डिजिटल ट्रयाकिङ’ का लागि नयाँ प्रणाली सुरु गरेको छ । बिहीबार आयोजित एक समारोहमा गृहमन्त्री ओमप्रकाश अर्यालले ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ को विधिवत शुभारम्भ गरे । यस प्रणालीले नेपाल आउने विदेशी नागरिकहरूको सुरक्षा, सूचनामा सहजीकरण र सम्भावित अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । विभागले […]

काठमाडौँ —  सन् २०२५ मा नेपालमा साढे ११ लाख पर्यटकहरू नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार २०२५ को जनवरीदेखि डिसेम्बरसम्मको अवधिमा कुल ११ लाख ५८ हजार ४५९ जना अन्तर्राष्ट्रिय पर्यटकले नेपाल भ्रमण गरेका छन् ।  यो आगमन सङ्ख्या अघिल्लो वर्ष सन् २०२४ को तुलनामा केही मात्रै हो । २०२४ मा ११ लाख ४७ हजार […]

ब्रसेल्स — विश्वभरका पत्रकारहरूको छाता सङ्गठन इन्टरनेसनल फेडेरेसन अफ जर्नलिस्ट्स (IFJ) ले सन् २०२५ मा मारिएका पत्रकार तथा मिडिया पेशेवरहरूको अन्तिम सूची सार्वजनिक गरेको छ, जसको नतिजा अत्यन्तै दुःखद र भयानक देखिएको छ । सार्वजनिक तथ्याङ्क अनुसार, बीतेको वर्ष विश्वभर कुल १ सय २८ जना पत्रकार तथा सञ्चारकर्मीले आफ्नो ज्यान गुमाएका छन् । यो तथ्याङ्कले […]

कतार —  कतारी अमिरले जेलमा रहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएका छन् । कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसर पारेर उनीहरूलाई आममाफी दिइएको हो । नेपाल सरकारले कतारको यस मानवीय कदमप्रति कृतज्ञता व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यस आममाफीलाई नेपाल र कतारबीचको गहिरिँदै गएको मित्रता र सौहार्दपूर्ण […]

लिस्बन (पोर्चुगल) — पोर्चुगलको राजधानी लिस्बन, जहाँ युरोपका विभिन्न संस्कृतिहरूको संगम हुन्छ, त्यहीँको ऐतिहासिक रोसियो क्षेत्रमा गए राति अभूतपूर्व उत्साहका साथ नयाँ वर्ष २०२६ को स्वागत गरिएको छ । सन् २०२५ को अन्तिम साँझ अर्थात् डिसेम्बर ३१ तारिखको घडीमा बेलुकी ९ बजे नबज्दै रोसियो स्क्वायर मानिसहरूको बाक्लो उपस्थितिले भरिभराउ भइसकेको थियो । लिस्बन महानगरपालिकाले विशेष […]

इन्दिरा चाम्लिङ  एन्त्रोपेन (बेल्जियम) — तमु समाज बेल्जियमको आयोजनामा गुरुङ समुदायको महान् चाड २६१०औँ तमु ल्होछार (सर्प बर्गको बिदाई र घोडा बर्गलाई स्वागत) विशेष कार्यक्रमका साथ एन्त्रोपेनमा सम्पन्न भएको छ । कार्यक्रमको समुद्घाटन प्रमुख आतिथ्यता बेनेलक्स र युरोपियन युनियनका लागि नेपाली राजदूत महामहिम सेवा लम्सालले गर्नुभएको थियो । प्रमुख अतिथिको आसनबाट बोल्दै राजदूत लम्सालले प्रवासमा […]

जसमान दर्नाल जिवन (क्रोएसिया) — वैदेशिक रोजगारीको शिलशिलामा विगत पाँच वर्षदेखि युरोपेली मुलुक क्रोएसियामा संघर्षरत युवा गायक मनि काफ्लेले अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसर पारेर आफ्नो नयाँ सांगीतिक सिर्जना दर्शक तथा श्रोतामाझ ल्याएका छन् । परदेशको व्यस्त दैनिकी र संघर्षका बीच पनि नेपाली संगीतप्रतिको अगाध प्रेमलाई जीवित राख्दै उनले ‘शुन्यता’ बोलको नयाँ म्युजिक भिडियो […]

लिस्बन (पोर्चुगल) — क्रिसमस तथा अंग्रेजी नयाँ वर्ष २०२६ को उल्लासमय अवसर पारेर पोर्चुगलको लिस्बनमा आयोजित प्रतिष्ठित ‘प्रथम भिजन गोल्डकप २०२५’ फुटबल प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ । पोर्चुगलमा सक्रिय फुटबल क्लब ‘भिजन एफसी’ को आयोजना र ‘हिर बास्मती’को मुख्य प्रायोजनमा सञ्चालित यो ७-ए-साइड फुटबल महाकुम्भ गत आइतबार, डिसेम्बर २८ का दिन लिस्बनस्थित ‘क्याम्पो […]