Home Login
नेपाली राजदूतावास लिस्बन

नेपाल-पोर्चुगल कुटनीतिक संवाद : परराष्ट्र सचिव राई लिस्बनमा

लिस्बन (पोर्चुगल) —  नेपाल र पोर्चुगलबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ र संस्थागत बनाउने उद्देश्यका साथ परराष्ट्र सचिव श्री अमृतबहादुर राई आज पोर्चुगलको राजधानी लिस्बन आइपुग्नुभएको छ । आगामी २० फेब्रुअरी २०२६ मा पोर्चुगलको परराष्ट्र मन्त्रालयमा आयोजना हुन लागेको ‘नेपाल-पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्र’को पहिलो ऐतिहासिक बैठकमा सहभागी हुन उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यहाँ आइपुग्नुभएको हो ।

लिस्बनस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनुभएका सचिव राईलाई पोर्चुगलका लागि नेपाली राजदूत महामहिम प्रकाशमणि पौडेलले हार्दिक स्वागत गर्नुभएको थियो । सो अवसरमा दूतावासका अन्य पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो। यो भ्रमण र हुन लागेको उच्चस्तरीय बैठकले दुई देशबीचको कूटनीतिक सम्बन्धमा नयाँ इँटा थप्ने विश्वास गरिएको छ ।

शुक्रबार हुने उक्त बैठकमा सचिव राईले नेपाली प्रतिनिधिमण्डलको तर्फबाट सह-अध्यक्षता गर्नुहुनेछ । बैठकमा नेपाल र पोर्चुगलबीचको व्यापार, पर्यटन, वैदेशिक रोजगारी, र आपसी हितका बहुआयामिक विषयहरूमा पोर्चुगलमा नेपालीहरुले भोगिरहेको कागजपत्रको विषय लगायत विभिन्न विषयहरुमा छलफल हुने कार्यतालिका रहेको छ । पछिल्लो समय पोर्चुगलमा नेपालीहरूको बढ्दो उपस्थिति र द्विपक्षीय सहयोगका क्षेत्रहरू विस्तार भइरहेको सन्दर्भमा यो परामर्श संयन्त्रको पहिलो बैठकलाई निकै महत्त्वका साथ हेरिएको छ ।

Leave a Reply