Home Login

पोर्चुगल — नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक तथा ‘उज्यालो नेपाल’का नायक कुलमान घिसिङ युरोपका विभिन्न देशहरूको भ्रमणमा आउने भएका छन् । मध्यपूर्वका केही देशको भ्रमण सकेर हाल अमेरिकामा रहेका घिसिङ अगस्ट महिनाको दोस्रो साता युरोप आइपुग्ने कार्यक्रम रहेको छ । प्राप्त जानकारी अनुसार, घिसिङको युरोप भ्रमण बेलायतबाट सुरु हुनेछ । उनले बेलायतको लन्डन र स्कटल्याण्डमा […]

स्पेन — गैर आवासीय नेपाली संघ (एनआरएनए) स्पेनको ९औं महाधिवेशन आज सम्पन्न भएको छ । २०२५–२०२७ कार्यकालका लागि सन्तोष श्रेष्ठ निर्विरोध अध्यक्षमा निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार अध्यक्ष पदमा श्रेष्ठलाई समन्वय समितीको साझा प्रस्तावमा सर्वसम्मत रूपमा निर्विरोध अध्यक्ष घोषणा गरिएको हो । एमाले निकट प्रवासी नेपाली मंचका अध्यक्ष केदार ढुंगानाले अध्यक्ष पदका लागि […]

पोर्चुगल — पोर्चुगलमा बसोबास गर्दै आएका र जसको आवासीय अनुमतिपत्र (Residence Permit) को म्याद अगस्ट २०२५ मा सकिँदैछ, उनीहरुका लागि खुसीको खबर छ । पोर्चुगलको आप्रवासन तथा शरणसम्बन्धी एजेन्सी (AIMA) ले त्यस्ता अनुमतिपत्र नविकरणका लागि अनलाइन पोर्टल खुला गरेको छ । यो व्यवस्थासँगै अब अगस्ट २०२५ मा म्याद सकिने आवासीय अनुमतिपत्र भएका व्यक्तिहरूले अनलाइन प्रणालीमार्फत […]

पोर्चुगल — युरोपका विभिन्न देशमा बसोबास गर्ने याक्थुङ (लिम्बु) हरूको पहिलो पटक युरोप स्तरिय भेला पोर्चुगलको राजधानी लिस्बनमा गत २७ जुलाई २०२५ का दिन भव्यताका साथ सम्पन्न भएको छ । किरात याक्थुङ चुम्लुङ पोर्चुगलको आयोजनामा भएको उक्त भेलाले ३ बुँदे लिस्बन घोषणापत्र जारी गर्दै समुदायको हक, हित र पहिचानका लागि ऐक्यबद्धता जनाएको छ । भेलाले […]

पोर्चुगल — नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँनयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा केन्द्र मोशन पिक्चर्सको प्रस्तुतिमा ‘तीजमा लुखुरी माईत दुकुरी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।  उक्त सार्वजनिक भएको गीतमा चर्चित गायिका शान्ति श्री परियारले आवाज दिएकी छिन् । गीतमा शान थापाको उत्कृष्ट शब्द रहेको छ […]

पाफोस, साइप्रस — आउँदो अगस्ट २४ तारिख, आइतबारका दिन साइप्रसको पाफोसमा ‘लामा अपार्ट’को आयोजनामा भव्य हरितालिका तीज विशेष कार्यक्रम आयोजना हुने भएको छ । प्रवासमा रहेका नेपाली महिला तथा सम्पूर्ण नेपाली समुदायलाई लक्षित गरी आयोजना गरिएको यस कार्यक्रमले तीजको सांस्कृतिक महत्वलाई जीवन्त राख्ने र आपसी सद्भाव बढाउने लक्ष्य राखेको आयोजकले जनाएको छ । कार्यक्रममा स्थानीय […]

लिस्बन, पोर्चुगल — युरोपको सबैभन्दा ठूलो बजेट एयरलाइन, रायनएयरले लिस्बन विमानस्थलमा व्याप्त “अराजकता” अन्त्य गर्न पोर्चुगिज सरकारलाई तत्काल हस्तक्षेप गर्न आग्रह गरेको छ । सीमा नियन्त्रणमा कर्मचारीको अभावका कारण सयौं यात्रुहरूले उडान छुटाएको र घण्टौंसम्म लाममा बस्नुपरेको भन्दै एयरलाइनले सरकारको ध्यानाकर्षण गराएको हो । यस विषयमा गरिएको गम्भीर अनुसन्धानले विमानस्थलमा बहुआयामिक समस्याहरू रहेको देखाएको छ […]

पोर्चुगल — विश्वका सबैभन्दा शक्तिशाली पासपोर्टको सूचीमा पोर्चुगलले आफ्नो स्थानलाई अझ मजबुत बनाउँदै चौथो स्थानमा आफूलाई उभ्याएको छ । प्रतिष्ठित हेन्ले पासपोर्ट इन्डेक्सको पछिल्लो वरीयता अनुसार, पोर्चुगिज पासपोर्ट वाहकले विश्वका १८८ देशमा बिना भिसा वा आगमनमा भिसा (visa-on-arrival) को सुविधा सहित यात्रा गर्न सक्दछन् । यो वरीयताले पोर्चुगलको अन्तर्राष्ट्रिय स्तरमा बढ्दो पहुँच र बलियो कूटनीतिक […]

विश्वमा सबैभन्दा बढी शिक्षित देशहरूको सूचीमा युरोपेली राष्ट्र आयरल्याण्ड पहिलो स्थानमा उक्लिएको छ । हालै सार्वजनिक गरिएका विभिन्न अन्तर्राष्ट्रिय प्रतिवेदनहरूले आयरल्याण्डलाई विश्वकै सबैभन्दा शिक्षित मुलुकको रूपमा प्रस्तुत गरेका छन् । यी श्रेणी निर्धारणको मुख्य आधार काम गर्ने उमेर समूह (२५-६४ वर्ष) का कति प्रतिशत जनसंख्याले स्नातक वा सोभन्दा माथिल्लो तहको शिक्षा हासिल गरेका छन् भन्ने […]

पोर्चुगल — लोकप्रिय डिजिटल बैंकिङ एप रिभोलुटले पोर्चुगलमा आफ्नो आधिकारिक बैंक शाखा सञ्चालनमा ल्याएको छ । यो कदमसँगै अब रिभोलुटका पोर्चुगलमा रहेका ग्राहकहरूले पोर्चुगिज IBAN (PT50 बाट सुरु हुने) प्राप्त गर्नेछन् र स्थानीय भुक्तानी प्रणालीहरू जस्तै Multibanco र MB Way मा पूर्ण पहुँच पाउनेछन् । लामो समयदेखि लिथुआनियाको बैंकिङ इजाजतपत्र अन्तर्गत पोर्चुगलमा सेवा प्रदान गर्दै […]