जसमान दर्नाल जिवन, जाग्रेब । क्रोएसिया, म्याग्दी जिल्ला बासीको सामाजिक सस्था मोना क्रोएसियाले यहीँ आइतबार अगस्ट २४ तारिकमा सस्थाको दोस्रो अधिवेशन तथा रमाइलो तीज साँस्कृतिक कार्यक्रम भब्यताका साथ गर्ने भएको छ । युरोपेली देस क्रोयेसियाको राजधानी जाग्रेब शहर स्थित Centar za kulturu Trešnjevka (Trešnjevka Cultural Center) को सभा हलमा कार्यक्रम मोनाले जनाएको छ ।
मोना क्रोयेसियाका अध्यक्ष सपना जुग्जालीका अनुसार अधिवेशनसँगै सांगीतिक तथा सांस्कृतिक प्रस्तुति सहितको तीज विशेष कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रमका बारेमा युरो पाटी लाई जानकारी दिदै सस्स्थाकी अध्यक्ष जुग्जालीले भनिन्– “क्रोएसियामा रहेका नेपाली समुदायबीच आपसी एकता र सांस्कृतिक पहिचानलाई मजबुत बनाउन यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्नेछ । हाम्रो धर्म, संस्कृति र परम्परा जगेर्ना गर्नु नै यस आयोजनाको मुख्य उद्देश्य हो ।”
मोना क्रोयेदियाका वरिष्ठ सदआशिष् परियारले कार्यक्रममा नाच, गीत, मनोरञ्जनात्मक प्रस्तुति लगायतका सांस्कृतिक गतिविधि समावेश गरिएको जानकारी दिए । त्यस्तै, महासचिव तेजेन्द्र फगामिले अधिवेशनले संस्थाको आगामी कार्ययोजना र संरचना तय गर्ने बताए ।
कार्यक्रममा स्थानिय कलाकारहरु शान्ति वली, निरु परियार, अस्मिता कामी, टीका विक, विक्रम विक, देविन गर्बुजा, अञ्जु फगामी र शिला चापागाईं लगायतले मनोरन्जात्मक प्रस्तुति दिनेछन् ।
सन् २०२३, मा तेजेन्द्र सुन्दासको अध्यक्षतामा गठित मोना क्रोएसियाले यसअघि भलिबल कप, सांस्कृतिक कार्यक्रम, भाग्याशाली चिठ्ठा कार्यक्रम, लगायत गरिसकेका छन् । मोना क्रोएसियाले विभिन्न क्षेत्रका पीडितहरुलाई आर्थिक सहयोगसमेत गर्दै आएको सस्थाका प्रमुख सल्लाहकार राम कृष्ण शर्माले बताएका छन् । स्मरण रहोस गत साल समेत चर्चित गायक प्रकाश दुतराज लगायतको कलाकार नेपाल देखि बोलाएर मोना क्रोयेसियाले आफ्नो प्रथम वार्षिकोत्सब तथा तिज कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको थियो ।