सुवास चामलिंग ।
एन्त्रोपेन ,बेल्जियम — थकाली सेवा समिति बेल्जियमको भर्ऱ्खरै सम्पन्न अधिबेसनबाट २०२६ – २०२८ को लागि अजित तुलाचनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
नेपालको राष्ट्रिय पर्व थकाली समुदायको महान पर्व तोरन्लहो फागु पुर्णिमा ) का दिन बिधिवत रूपमा घोषणा गरिएको यस कार्य समितिमा ९ जना रहेको छ ।
अध्यक्ष अजित तुलाचन ,उपाध्यक्षद्वय अरबिन गौचन , बसन्त शेरचन ,महासचिब अबि़ेशेक गौचन, कोषाध्यक्ष धुर्ब गौचन सदस्यहरुमा चित्र गौचन ,सुनील गौचन, झपेंन भट्टचन र सूरज गौचन रहनु भएको छ ।
तोरन्लह चाडमा प्रमुख अतिथी बेनेलक्स र युरोपियन युनियनका लागि राजदुत सेवा लम्साल, बिशिष्ठ अतिथी नेपाल आदिबासी जनजाति महासंघ बेल्जियम अध्यक्ष प्रबिना गुरूंग ,बिशेष अतिथी मातृसॅस्था मगर संघ बेल्जियम अध्यक्ष कल्पना मगर, तमु समाज बेल्जियम उपाध्यक्ष अनिता घले, नेपाली मिलन केन्द्र निबर्तमान अध्यक्ष कान्ति अधिकारी, समितिका पुर्ब अध्यक्ष बिष्णु शेरचन लगायतले शुभकामना मन्तब्य दिनु भएको थियो ।





