Home Login
गैरआवासीय नेपाली संघ

सुदूरपश्चिमेली नेपाली समाज पोर्चुगलद्वारा होली विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न

पोर्चुगल । सुदूरपश्चिमेली नेपाली समाज पोर्चुगलको आयोजनामा होली पर्वको अवसर पारेर शुभकामना आदान प्रदान तथा मनोरन्जनात्मक साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

मार्च २४ तारिख आइतबार लिस्बनको वेलाभिस्ता पार्कमा आयोजना गरिएको कार्यक्रममा नेपाली संघसंस्थाहरूका अगुवा प्रतिनिधीहरूको बाक्लो उपस्थिती रहेको थियो। गैर आवासिय नेपाली संघ लगायत संघसंस्थाका प्रतिनिधीहरूले शुभकामना ब्यक्त गरेका थिए। भने वक्ताहरूले होली संस्कृती र परम्पराको बारेमा प्रकाश पारेका थिए।

आइतबार विदाको दिन पारेर आयोजना गरिएको कार्यक्रममा युवा जमातको बाक्लो उपस्थिती देखिएको थियो। एक आपसमा रंग लगाउदै शुभकामना ब्यक्त गर्दै मनाइएको कार्यक्रममा शुदुर पश्चिमको देउडा नृत्यले उपस्थित सबैको मन जितेको थियो।

कार्यक्रममा स्थानिय कलाकारले पञ्चेबाजा प्रस्तुत गरेका थिए भने बाजाको तालमा युवाहरूले नाचेर भरपुर मनोरन्जन गरेका थिए ।

उक्त कार्यक्रममा विदेशी नागरिकहरू पनि रंग दलेर रमाएको देख्न सकिन्थ्यो भने पार्क घुम्न आएका स्थानिय नागरिकहरू ले पनि रंगहरूको पर्व होलीको बारेमा चासो पुर्वक सेधपुछ गरिरहेको र रमाइरहेको देखिएको थियो।

दुर्गा पंगेनी ।

Leave a Reply