न्यूनतम ज्याला एक हजार युरो वृद्धि हुने

पोर्चुगल । सरकारले (República Portuguesa – XXIII Governo) ले २०२८ मा राष्ट्रिय न्यूनतम ज्याला १,००० यूरो र २०३० मा औसत तलब १,७५० यूरोमा वृद्धि गर्ने प्रक्षेपण गरेको छ।

पोर्चुगलमा औसत तलबको मूल्य न्यूनतम ज्यालाको मूल्यको धेरै नजिक छ र उत्पादकताका लागि केही प्रोत्साहनहरू छन्। २०२८ मा राष्ट्रिय न्यूनतम पारिश्रमिकलाई १,००० यूरोमा बढाउनु पोर्चुगल सरकारको उद्देश्य रहेको हो ।

लुइस मोन्टेनेग्रोको टोलीले “उत्पादन वृद्धि र सामाजिक संवादको आधारमा २०३० मा औसत तलब १,७५० यूरोमा कायम राख्न सर्तहरूलाई प्रवर्द्धन गर्ने” वाचा गरे को हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *