युरोप । खाडी मुलुक दुबई,कतार,मलेसिया,बराइन जस्ता देशहरूमा उत्तिकै मात्रामा नेपाली भएपनि अहिले युरोप तिर पनि नेपालीहरू पलायन हुन थालेका छन्। अहिले अधिकांश नेपालीको मनमा पैसा नभएतापनि भविष्य राम्रो हुने हिसाबले युरोपतिर भाँसिनेको संख्या धेरै मात्रामा भएको छ।
युरोपेली मुलुक साइप्रस,रोमानिया,क्रोएसिया,माल्टा पोल्याण्ड,पोर्चुगलमा श्रम स्वीकृति लिएर जाने नेपालीको संख्या एकदमै बढेको पाइन्छ।
२०२० देखि यता हेर्ने हो भने नेपालीहरूको संख्या धेरै मात्रामा अमेरिका,अस्ट्रेलिया भन्दा पनि युरोपतिर आएको देखिन्छ ।
अहिले युरोपेली मुलुक माल्टामा नेपालीहरूको सङ्ख्या ११,१६८ जना पुगिसकेका छन्।त्यस्तै साइप्रसमा काम गर्ने नेपालीहरुको सङ्ख्या १६,४४८ जना पुगेको छ ।
त्यस्तै रोमानियामा ३६ हजार सात साय २१ जना,क्रोएसियामा २८ हजार एक सय ४९ जना,पोल्याण्डमा ८ हजार जना र पोर्चुगलमा ४० हजार नेपाली काम गर्ने गर्दछन् ।
त्यसो त पछिल्लो समय हेर्ने हो भने अरु युरोपेली देशमा आएर पोर्चुगल आउनेहरूको संख्या पनि एकदमै बढेको छ।
पोर्चुगलले केही महिना अघि मात्रै आप्रवासीहरूलाई आउन कम गरे पनि अहिले युरोपेली मुलुक स्पेनमा पनि उत्तिकै मात्रामा नेपाली बढेको हामीले देख्न पाइन्छ। अहिले स्पेनमा काम,रुम पाउँन धेरै गाह्रो भएको स्पेनमा बस्ने नेपालीहरु बताउँछन् ।