बडा दशैँ सुरु : पोर्चुगलमा टिकाको साहित कहिले ?

ad1 ad1

पोर्चुगल।
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने हिन्दु धर्मावलम्बीहरुको महान् पर्व बडा दशैं आज (बिहीबार) देखि सुरु भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धुमधामका साथ मनाइन्छ।

बडा दशैंको पहिलो दिन आज घर-घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ। गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैं घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई विधिपूर्वक जमरा राखिन्छ।

नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ। आजैदेखि दशैंघरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ।

जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसहित समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ।

दशैंलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ।

जमरामा जौबाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको अध्यक्ष गौतम बताउँछन्। यद्यपि, कुल, परम्परा र स्थान विशेषअनुसार जौसँगै अन्य अन्न पनि रोप्ने चलन छ।

घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र भनिन्छ। यस अवसरमा दुर्गादेवीको विशेष आराधना गरिन्छ। विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो। आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ।

दुर्गा देवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा हुन्छ। महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य एवं महासरस्वतीलाई विद्या तथा वुद्धिको प्रतीकको रुपमा लिइ पूजा गर्ने चलन रहिआएको छ। दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौ रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजा हुन्छ।

बडा दशैंको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ। महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरुले दशैंघर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्दछन्। नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम् स्तुतिको पाठ गरिन्छ। यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवम् दर्शनार्थीको भीड लाग्छ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित ३२ देशका लागि बडादसैँको टीकाको साइत सोमबार सार्वजनिक गरेको गरेको थियो ।

समितिले दिएको साइतअनुसार नेपालको काठमाडौँका लागि असोज २६ गते बिहान ११: ३६ बजेको साइत शुभ रहेको छ ।

लिस्बन, पोर्चुगलका लागि १२ अक्टोबर बिहान १०:२४, लण्डन, बेलायतका लागि १२ अक्टोबर बिहान १०:२१, पेरिस, फ्रान्सका लागि १२ अक्टोबर बिहान १०:२३, ओस्लो, नर्वेका लागि १२ अक्टोबर बिहान १०:१९ बजे उत्तम साहित रहेको छ।

त्यस्तैगरी बैंकक, थाइल्याण्डका लागि १२ अक्टोबर बिहान ११:२१, सियोल, दक्षिण कोरियाका लागि १३ अक्टोबर बिहान ०९:१५, तेल अभिभ इजरायलका लागि १२ अक्टोबर बिहान ०९:१६, सिङ्गापुरका लागि १२ अक्टोबर बिहान ११:४५, हङ्कङ्का लागि १३ अक्टोबर बिहान ११:४३, साउदी अरेबियाका लागि १२ अक्टोबर बिहान ११:२३, याङ्गुन, म्यानमारका लागि १२ अक्टोबर बिहान ११:२१, जेनेभा, स्वीट्जरल्याण्ड १२ अक्टोबर बिहान ११:५५ र माल्टामा १२ अक्टोबर बिहान १०:४५ बजे विजयादशमीको टीका लगाउन उत्तम रहेको समितिका सभापति भट्टराईले बताए । 

Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *