पोर्चुगलमा तामाङहरुको राष्ट्रिय भेलाको तयारी

ad1 ad1

अशिम लोप्चन तामाङ । नेपाल राष्ट्रिय तामाङ घेदुङको पोर्चुगलमा राष्ट्रिय भेला हुन लागेको छ । भेलाले पोर्चुगलको कार्यसमिति गठन गर्नेछ ।

राष्ट्रिय तामाङ घेदुङका केन्द्रीय सदस्य तथा पोर्चुगलका लागि केन्द्रीय प्रतिनिधि सुजन लामा, केन्द्रीय सदस्य सागर योञ्जन तामाङको अगुवाइमा भेला हुन लागेको हो । पोर्चुगल धेरै नेपाली रहेको युरोपियन देश हो ।

आवासीय अनुमति लिन सहज हुने भएकाले पछिल्ला वर्षमा पोर्चुगलमा नेपालीको चाप धेरै छ। पोर्चुगलमा ५ हजार बढी तामाङ समुदायका नेपालीहरु रहेको अनुमान छ । भेला यहि अक्टुबर ५ तारिख भोली शनिबार हुदैछ ।

भेला संयोजक तथा केन्द्रीय सदस्य सागर योञ्जन तामाङले तामाङहरुबीचको एकता मजबुत बनाउन संगठन विस्तार गर्न लागिएको बताए ।तामाङ समुदायका दु:ख, सुखमा साथ दिदै तामाङ कला, संस्कृतिलाई युरोपमा फैलाउन एकीकृत हुन लागेका हौँ`, उनले भने,’पोर्चुगलमा अब सांगठनिक रुपमा तामाङ समुदायको हकहितका सवालमा आवाज उठाउन सहजता हुनेछ ।`प्रदेशमा रहेपनि पोर्चुगलका तामाङहरुले आफ्नो भाषा, धर्म-साँस्कृतिक संरक्षणका लागि विभिन्न कार्यक्रम गर्दै आइरहेका छन् ।

नेपालमा तामाङ समुदायको सांस्कृतिक भवन निर्माण अभियान, नेपाल कलाकार संघका पूर्व अध्यक्ष सञ्जिव वाइवा बचाउ अभियानमा समेत पोर्चुगलमा रहेका तामाङहरुले आर्थिक सहयोग गरेका थिए ।ललितपुरको ग्रामिण विद्यालयका बालबालिकालाइ शैक्षिक सामग्री हस्तान्तरण, नेपालमा आइपर्ने विपदमा समेत विपन्न समुदायलाई सहयोग गर्दै आएका थिए ।

संस्थागत रुपमै पोर्चुगलमा गतिविधि सञ्चालन गर्न कार्यसमिति बनाउन लागिएको जनाइएको छ। शैक्षिक, आर्थिक सहयोग, भाषा- संस्कृति जोगाउन तथा प्रवर्द्धन गर्न संगठनको आवश्यकता देखिएको उनले बताए ।

भेला दिउँसो साढे २ बजे सुरु हुनेछ । केन्द्रीय प्रतिनिधि सुजन लामा तामाङले भेलामा सहभागी बन्न आव्हान समेत गरेका छन् ।

Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *