Customize Consent Preferences

We use cookies to help you navigate efficiently and perform certain functions. You will find detailed information about all cookies under each consent category below.

The cookies that are categorized as "Necessary" are stored on your browser as they are essential for enabling the basic functionalities of the site. ... 

Always Active

Necessary cookies are required to enable the basic features of this site, such as providing secure log-in or adjusting your consent preferences. These cookies do not store any personally identifiable data.

No cookies to display.

Functional cookies help perform certain functionalities like sharing the content of the website on social media platforms, collecting feedback, and other third-party features.

No cookies to display.

Analytical cookies are used to understand how visitors interact with the website. These cookies help provide information on metrics such as the number of visitors, bounce rate, traffic source, etc.

No cookies to display.

Performance cookies are used to understand and analyze the key performance indexes of the website which helps in delivering a better user experience for the visitors.

No cookies to display.

Advertisement cookies are used to provide visitors with customized advertisements based on the pages you visited previously and to analyze the effectiveness of the ad campaigns.

No cookies to display.

पोर्चुगल

पोर्चुगलमा बसोबास गर्ने आप्रवासीहरूलाई कहिलेदेखि हुन्छ सहज र छरितो

पोर्चुगल — युरोपेली मुलुक पोर्चुगलमा तेस्रो मुलुकको आप्रवासीहरू आउन कम भएपनि पोर्चुगल भित्र रहेका आप्रवासीहरूको समस्या अझै समाधान हुन सकेको छैन।

२०२४ जुन ४ देखि पोर्चुगलमा धारा ८८ र धारा ८९ लाई बन्द गरेपछि अहिले पोर्चुगलमा तेस्रो मुलुकबाट आउने आप्रवासीहरू कम भएको छ।

हुन त क्रोएसिया, फ्रान्स, स्पेन आएका आप्रवासीहरू पोर्चुगल सहजैसँग आउने भएकाले धारा ८८ र धारा ८९ लाई बन्द गरेपनि अरु धाराहरु बाँकी रहेकालाई अध्ययन र व्यवसायी मार्फत पोर्चुगलको रेसिडेन्सी कार्ड लिइरहेका छन्।

त्यस्तै २०२२ देखि पोर्चुगलमा आएर बसोबास गर्दै गरेका आपवासीहरूले अहिलेसम्म पोर्चुगलको रेसिडेन्सी कार्ड प्राप्त गरेका छैनन् । २०२२, २०२३ र २०२४ मा पोर्चुगल आएका आप्रवासीहरू बायोमेट्रिक गरेर बसिरहेका छन्,’भने कतिको कागजपत्र नमिलेर आइमाले इमेल पठाइरहेको छ।

२०२३ मा हेर्ने हो भने पोर्चुगलमा १०.४४ मिलियन विदेशी नागरिकहरूले बसोबास गरेका थिए। जसमा पुरुषहरूको संख्या ५५३,९६५ थियो भने महिलाहरूको संख्या ४९०,६४१ थियो। पोर्चुगिज विदेशी जनसंख्यामा सबैभन्दा बढी राष्ट्रियता ब्राजिलियनहरूको छ जसमा हाल ३६८,४४९ बासिन्दाहरू देशमा बसोबास गर्दै आइरहेका छन्।

अहिले पोर्चुगिज भाषा बोल्ने देशहरूको समुदाय (CPLP) का नागरिकहरूका लागि नयाँ भिसा नियमलाई राष्ट्रपतिले गत फेब्रुअरी १२ मा अनुमोदन गरेका थिए।

हाल पोर्चुगलमा ७ लाखभन्दा बढी आप्रवासीहरू आप्रवासन तथा शरण एकीकरण एजेन्सी (AIMA) बाट जारी गरिने आवास अनुमति पर्खिरहेका छन्। यो देशको कुल जनसंख्याको करिब ७ प्रतिशत हो।

त्यसो त यता पोर्चुगलको राहदानी आवेदन दिएर बस्नेहरू पनि धेरै संख्यामा छन्। राहदानी आवेदन दिएर बस्नेहरू पनि धेरै संख्यामा भएकाले उनीहरूको पनि काम ढिलाई भएको राहदानी आवेदन दिएका एक व्यक्ति बताउँछन्।

त्यस्तै यता पहिलो रेसिडेन्सी कार्डको मिति सकिएर रिन्यु गर्नेहरू पनि धेरै संख्यामा छन् र उनीहरू पनि कार्ड रिन्यु गर्ने मिति कुरिरहेका छन्। त्यस्तै अर्कोतर्फ हेर्ने हो भने परिवार ल्याउनको लागि पनि अहिले निकै असहज भइरहेको छ। पहिले छिटो काम हुने अहिले सबै कामहरू ढिलाई भइरहेको र पोर्चुगल भित्रै रहेका आप्रवासीहरु पनि चिन्तित देखिएको छ।

त्यसो त यो कुरा नेपालीहरूमा मात्र सीमित नभई भारत बंगलादेश, पाकिस्तान जस्ता अरु CPLP भित्र नपरेका देशहरूमा लागू भइरहेको छ। उता पोर्चुगिस भाषा बोल्ने देशहरूका नागरिकहरूलाई भने केही मात्रामा सहज भएको छ।

प्रधानमन्त्री लुइस मोंतेनेग्रोले २०२४ को जुलाई ३ मा आप्रवासन योजना घोषणा गर्दै सबै आप्रवासीको कागजात व्यवस्थित गर्न २०२५ को जुन ३० सम्मको समय सीमा तोकेका थिए। तर, AIMA को पहिलो मिसन केन्द्र लिस्बनमा सेप्टेम्बर ९ मा मात्र खुलेपछि काम ढिलो सुरु भएको हो।

सरकारले ४ लाख ४० हजार आवास निवेदनको प्रक्रियालाई तीव्र बनाउन २० वटा मिसन केन्द्र स्थापना गरेको छ। तथापि, हालसम्म १० हजारभन्दा कम व्यक्तिले मात्र आफ्नो आवास अनुमति पाएका छन्। कानुन व्यवसायीहरूका अनुसार केन्द्रहरूले ६ महिना पूरा गर्न लागे पनि धेरैले अझै पनि कागजी प्रक्रियाको ठोस जवाफ पाएका छैनन्। उनीहरू सरकारले तोकेको वाचा पूरा हुनेमा शंका व्यक्त गर्छन्।

पोर्चुगलको आवास अनुमति प्रक्रियामा सुधार नगरेसम्म लाखौं आप्रवासीले अझै लामो समयसम्म प्रतीक्षा गर्नुपर्ने देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *