

पोर्चुगल — सुदूरपश्चिमेली नेपाली समाज पोर्चुगलले होलि बिशेष कार्यक्रम आयोजना गर्ने भएको छ। विगतका वर्षहरूमा जस्तै, यस वर्ष पनि समाजले होलि विशेष कार्यक्रम आयोजना गर्ने भएको हो।
स्थापना कालदेखि नै सक्रिय रहेको समाज सुदूर पश्चिमेली नेपाली समाज पोर्चुगलले फाल्गुन २९ गते बिहिबारका दिन,२०८१ तदानुसार १३ मार्च , २०२५ बिहिबार पोर्चुगलको राजधानी लिस्बनको बेलाबिस्ता पार्कमा कार्यक्रम आयोजना गर्ने भएको हो।
समाजले एक सूचना सार्वजनिक गर्दै, पोर्चुगलमा रहेका संघसंस्थाका प्रतिनिधि लगायत अध्ययन र रोजगारीको सिलसिलामा पोर्चुगल पुगेका नेपालीहरूलाई उक्त कार्यक्रममा उपस्थित हुनको लागि समेत समाजले आग्रह गरेको छ।
बिहिबार १३ मार्च बेलाबिस्ता पार्कमा हुने कार्यक्रम बिहान ११ बजे देखी ६ बजे सम्म हुने समाजका महासचिव सुरज बिष्टले बताए।
त्यस्तै समाजका अध्यक्ष दिपेश बिक्रम बिष्टका अनुसार, विगतका वर्षहरूमा जस्तै, यस वर्ष पनि समाजले गर्ने होलि बिशेष कार्यक्रम आगामी वर्षहरूमा पनि निरन्तरता दिने उनले भने,’ उनका अनुसार पोर्चुगलमा विभिन्न सामाजिक कामहरुमा समेत सक्रिय रहेको समाज पोर्चुगलमा रहेका समाजहरूसँग मिलेर अगाडि बढ्ने समेत बताए।