पोर्चुगल — स्थापना कालदेखि नै सक्रिय रहेको समाज सुदूर पश्चिमेली नेपाली समाज पोर्चुगलले फाल्गुन २९, २०८१ तदानुसार १३ मार्च २०२५ बिहिबार पोर्चुगलको राजधानी लिस्बनको बेलाबिस्ता पार्कमा होली विशेष कार्यक्रम आयोजना गरिएको र मौसमका कारण कार्यक्रम स्थगित गरिएको संस्थाले एक सूचना सार्वजनिक गर्दै बताएको छ।
विगतका वर्षहरूमा जस्तै, यस वर्ष पनि समाजले होलि विशेष कार्यक्रम आयोजना गरिएको, भारी वर्षाका कारण कार्यक्रम गर्न असहज हुने भएको हुँदा कार्यक्रम स्थगित भएको संस्थाका अध्यक्ष दिपेश बिक्रम बिष्टले बताए।
समाजले एक सूचना सार्वजनिक गर्दै, पोर्चुगलमा रहेका संघसंस्थाका प्रतिनिधि लगायत अध्ययन र रोजगारीको सिलसिलामा पोर्चुगल पुगेका नेपालीहरूलाई उक्त कार्यक्रममा स्थगित भएको जानकारी दिएका हुन्।



 
                                

