

पोर्चुगल — मार्च ९ तारिखदेखि पोर्चुगलको राजधानी लिस्बनमा प्रदर्शन भएको नेपाली चलचित्र ‘लाज शरणम्’ मंगलबार अन्तिम सो प्रदर्शन गरी सम्पन्न भएको छ।
नेपालमा फेब्रुअरी २६ मा रिलिज भएको चलचित्र त्यसको एक दिनपछि मध्यपूर्वका चार देशमा प्रदर्शनमा आएको थियो ।
विगत लामो समयदेखि नेपाली चलचित्र क्षेत्रलाई माया गर्दै आइरहेको नेल्स इन्टरटेन्मेन्टले चलचित्र ‘लाज शरणम्’ प्रदर्शनमा ल्याएको हो।
पोर्चुगलको राजधानी लिस्बनमा मार्च ९ आइतबार, १० सोमबार र ११ मंगलबार गरी तीन शोमा प्रदर्शन भएको थियो।
चलचित्र राजधानी लिस्बनस्थित सिनेमा आइडलमा बिहान ११ बजेर १५ मिनेटको समयमा प्रदर्शन भएको हो।
नेपालीभाषा,नेपाली सँस्कृती र नेपालीचलचित्रलाई माया रप्रबर्द्धन गरौ’ भन्ने उदेश्यका साथ स्थापना भएको नेप्स इन्टरटेन्मेन्टले पोर्चुगलमा विभिन्न नेपाली चलचित्र प्रदर्शन र सांगीतिक कार्यक्रम गर्दै आएको छ ।
चलचित्र अल्गार्वे क्षेत्रको फारोमा मार्च १६ र १७ तविरा र लुलेमा मार्च १६ तारिख प्रदर्शन गर्न लागेको नेप्स इन्टरटेन्मेन्टका सञ्चालक समिर गुरुङले बताए।
चलचित्रमा सिताराम कट्टेल, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, महेश त्रिपाठी, अर्पण थापा लगायत कलाकार मुख्य भूमिकामा छन् ।
‘लाज शरणम्’लाई कुमार कट्टेलले निर्देशन गरेका छन् । जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको चलचित्रमा नवीन श्रेष्ठ निर्माता छन् । राम नरेश शाह र सिर्जना खड्का सह-निर्माता छन् ।