Home Login
खेलकुद

नकआउट फुटबल : आयोजक सेतो, सालिक तालाबात, न्यु स्टार र सिएफसी ब्लु विजयी

कतार — नाइनस्टार फुटबल क्लब दोहाको आयोजनामा भएको नकआउट फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो दिनको खेलमा आयोजक सेतो, सालिक तलाबात, न्यु स्टार र सिएफसी ब्लु क्लब विजयी भएका छन् ।

शुक्रबार भएको पहिलो खेलमा आयोजक नाइन स्टार एफसी सेतोले सुनसरी एफसीलाई २/० गोलले हराएको छ । आयोजकको जितका लागि पारस तामाङ र विशाल गुरुङले एक एक गोल गरेका थिए । खेलमा नाइन स्टारका समीर थारु म्यान अफ दि म्याच भएका थिए ।

दोस्रो खेलमा युनाइटेड युथ एफसीलाई सालिक तालाबातले ट्राइब्रेकरमा ४/२ ले पराजित गरेको थियो । विजेता टिमका गोलरक्षक अशोक मौरती खेलको उत्कृष्ट बने ।

त्यस्तै तेस्रो खेलमा न्यु स्टार एफसीले बिर्कत अल अवामेर एफसीलाई ३/० ले हराउन सफल भयो । न्यु स्टारको जितका लागि सुरज मेचे, सन्देश लिम्बु र खगेन लिम्बुले एकएक गुरुङले गोल गरे । बिर्कतका सुरेन्द्र चौधरीले सान्त्वना गोल फर्काएका थिए । खेलमा सन्देश लिम्बु म्यान अफ दि म्याच घोषित भए ।

शुक्रबारको अन्तिम खेलमा सिएफसी ब्लुले हिमालयन एफसीलाई हराएको थियो । निर्धारित समयमा दुबै टिमबाट गोल नभएपछि ट्राइब्रेकरमा पुगेको खेलमा सिएफसीले हिमालयनलाई ५/४ गोलले हराएको हो । खेलमा सिएफसीका केशव बिक उत्कृष्ट ठहरिए ।

Leave a Reply