Home Login

(पोर्चुगलको नेपाली खेलकुदलाई नयाँ उचाइमा पुर्‍याउन ऐतिहासिक सहकार्यको सुरुवात) पोर्चुगल —  पोर्चुगलको सक्रिय र प्रतिष्ठित सामुदायिक संस्था नेपाली क्लब साओ टियोटोनियोले आफ्नो बहुप्रतीक्षित फुटबल प्रतियोगिता “दोस्रो साओ टियोटोनियो गोल्ड कप २०२५” को लागि आधिकारिक मिडिया पार्टनरको रूपमा युरोपाटीलाई चयन गरेको छ । क्लबले एक “गौरवशाली घोषणा” जारी गर्दै यस महत्त्वपूर्ण साझेदारीको औपचारिक जानकारी दिएको हो […]

पोर्चुगल — पोर्चुगलमा रहेका नेपाली समुदायलाई फुटबलको माध्यमबाट एकताबद्ध गर्ने लक्ष्यका साथ आयोजना हुन लागेको प्रतिष्ठित ‘दोस्रो साओ टियोटोनियो गोल्ड कप २०२५’ को मिति परिवर्तन भएको छ । आयोजक नेपाली क्लब साओ टियोटोनियोले एक सूचना जारी गर्दै, यसअघि नोभेम्बर १६ मा हुने भनिएको प्रतियोगिता केही प्राविधिक कारणवश एक साता पछि, अर्थात् नोभेम्बर २३ मा आयोजना […]

पोर्चुगल — युरोपेली मुलुक पोर्चुगलमा नेपाली समुदायको खेलकुदप्रतिको उत्साहलाई निरन्तरता दिँदै ‘दोस्रो साओ टियोटोनियो गोल्ड कप २०२५’ खुला ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । नेपाली क्लब साओ टियोटोनियोको आयोजनामा हुन लागेको यो प्रतियोगिताले पोर्चुगलमा रहेका नेपालीहरूलाई फुटबलको माध्यमबाट एकताबद्ध गर्ने लक्ष्य राखेको छ । “एकताको लागि फुटबल, फुटबलद्वारा एकताबद्ध” भन्ने मूल […]

काठमाडौँ — एशियाबाट फिफा विश्वकप फुटबलमा छनौट हुने ८ देशको टुंगो लागेको छ । गएराती सम्पन्न खेलमा कतार र साउदी अरेबिया छनौट भएसँगै एशियाबाट छनौट हुने ८ देशको टुंगो लागेको हो । एशियाबाट यस पटक दुई देशले पहिलो पटक विश्वकप खेल्ने भएका छन् । जसमा जोर्डन र उज्बेकिस्तान रहेका छन् । त्यस्तै अस्ट्रेलिया, इरान, जापान, […]

काठमाडौँ — अफ्रिकी क्षेत्रबाट फिफा विश्वकप फुटबलमा छनौट हुने ९ देशको टुंगो लागेको छ । गएराती सम्पन्न खेलमा सेनेगल, दक्षिण अफ्रीका र आइभरी कोष्ट विश्वकपमा छनौट भएसँगै अफ्रिकी क्षेत्रको छनौट पुरा भएको हो । जसमा यी तीन देश बाहेक मोरक्को, ट्युनिसिया, इजिप्ट, अल्जेरिया, घाना र केप भर्डे रहेका छन् । केप भर्डे पहिलो पटक विश्वकपमा […]

पोर्चुगल — अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ताको सूचीमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो आफ्नो कीर्तिमानी यात्रामा कायमै छन् । हालै हंगेरीविरुद्धको विश्वकप छनोट खेलमा दुई गोल गर्दै उनले आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या १४३ पुर्याएका छन् । यससँगै, फुटबल जगतका दुई महान् खेलाडी, रोनाल्डो र अर्जेन्टिनाका लियोनेल मेस्सीबीचको प्रतिस्पर्धा थप रोचक बनेको छ । मेस्सी ११४ गोलसहित दोस्रो […]

पोर्चुगल — क्रिस्टियानो रोनाल्डोले अर्को नयाँ किर्तिमान बनाएका छन् । रोनाल्डो विश्वकप छनौटका खेलमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् । रोनाल्डोले गएराती सम्पन्न हंगेरीविरुद्धको खेलमा दुई गोल गरेसँगै यस्तो किर्तिमान बनाएका हुन् । रोनाल्डोले अहिलेसम्म विश्वकप छनौटमा कुल ४१ गोल गरेका छन् । रोनाल्डो ५१ खेलमा ४१ गोल गर्दै यो नयाँ किर्तिमान कायम […]

पोर्चुगल : पोर्चुगलले युरोपको विश्वकप छनौट अन्तर्गतको खेलमा आयरल्याण्डलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पोर्चुगलले आयरल्याण्डलाई १-० गोल अन्तरले पराजित गरेको हो । पोर्चुगलको जितमा रुबेन नेभेजले ९० मिनेटपछिको इन्जुरी समयमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यस खेलमा पोर्चुगलले पाएको पेनाल्टी क्रिस्टियानो रोनाल्डोले मिस गरेका थिए । खेलको ७५औ […]

पोर्चुगल — पोर्चुगलका सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले खेल जगतमा एक नयाँ ऐतिहासिक कीर्तिमान कायम गरेका छन् । उनी फुटबलको दुनियाँमा १ अर्ब अमेरिकी डलरभन्दा बढीको कुल सम्पत्ति कमाउने पहिलो व्यावसायिक खेलाडी बनेका छन् । विश्वप्रसिद्ध वित्तीय सूचना एजेन्सी ‘ब्लूमबर्ग बिलियनेर्स इन्डेक्स’ले गरेको पछिल्लो विश्लेषणअनुसार रोनाल्डोको कुल सम्पत्ति १.४ अर्ब अमेरिकी डलर पुगेको छ, जसले उनलाई […]

काठमाडौं — अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी फिफा अन्तर्राष्ट्रिय विन्डोका लागि राष्ट्रिय महिला फुटबल टोलीको खेल तालिका आधिकारिक रुपमा सार्वजनिक गरेको छ । तालिका अनुसार, नेपाली टोलीले दुई बलिया एसियाली राष्ट्रहरू इरान र भारतसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको हो । एन्फाका अनुसार, नेपालले पहिलो खेल अक्टोबर २४ (कार्तिक ८ गते) मा इरानको […]