पोर्चुगल — पेरिस सेन्ट-जर्मेन (PSG) र पोर्चुगलको राष्ट्रिय टोलीका प्रभावशाली खेलाडी भिटिन्हाले ग्लोब सकर अवार्ड २०२५ मा ‘वर्ल्ड्स बेस्ट मिडफिल्डर’ अर्थात् विश्वकै उत्कृष्ट मिडफिल्डरको उपाधि जितेका छन् ।
भिटिन्हाले सन् २०२५ मा आफ्नो क्लब पिएसजी र राष्ट्रिय टोली पोर्चुगल दुवैका लागि मध्यभाग (मिडफिल्ड) मा एकछत्र राज गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए। खेललाई नियन्त्रणमा राख्ने र टोलीलाई जिताउन महत्त्वपूर्ण भूमिका खेल्ने उनको क्षमताको उच्च मूल्याङ्कन गर्दै ग्लोब सकरले उनलाई यो वर्षको सर्वोत्कृष्ट मिडफिल्डरको रूपमा सम्मान गरेको हो ।





