Home Login

(नेपाली व्यवसायी संघ बेल्जियम र महामहिम राजदूत सेवा लम्सालबीच भेटघाट तथा अन्तरक्रिया सम्पन्न) इन्दिरा चाम्लिंग, काजाब्लांका क्यासेल्लो । नेपाली व्यवसायी संघ बेल्जियमको सम्पूर्ण कार्यसमितिले बेल्जियम, नेदरल्याण्ड्स, र लक्जमबर्गका लागि नेपालका राजदूत तथा युरोपेली संघका लागि मिसन प्रमुख, नवनियुक्त महामहिम राजदूत सेवा लम्सालज्यूसँग संस्थागत भेटघाट तथा अन्तरक्रिया सम्पन्न गरेको छ। कार्यक्रमको सञ्चालन संघका सचिव बाबुराम शर्माले […]

पोर्चुगल (लिस्बन) — अध्ययन तथा रोजगारीको सिलसिलामा युरोपेली मुलुक पोर्चुगल पुगेका शेर्पा समुदायहरूको छाता संस्था शेर्पा किदुग पोर्चुगलले नेपालको राष्ट्रिय पर्व ग्याल्पो ल्होसार (नयाँ वर्ष २१५२, सिङ्गमो डुलल्हो–सर्प वर्ग) को अवसरमा विशेष साँस्कृतिक कार्यक्रमको आयोजना गर्नुभएको छ। आगामी मार्च ३० तारिख लिस्बनस्थित न्यू सिटि ओक मुन्डोमा उक्त कार्यक्रम हुने भएको हो। पोर्चुगलमा रहेका शेर्पा समुदाय […]

बेलायत (रासस) — नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरिएकोप्रति नेकपा माओवादी केन्द्र निकट प्रवास समिति नेपाली जनप्रगतिशील मञ्च, बेलायतले आपत्ति जनाएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै मञ्चले सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आपत्ति जनाएको हो । ‘नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक श्री कुलमान घिसिङको बर्खास्तप्रति नेपाली जनप्रगतिशील मञ्च बेलायत गम्भीर चिन्ता […]

(रोमानियाका नागरिकहरूका लागि अमेरिका प्रवेश भिसा छूट कार्यक्रम केही समयका लागि रोकियो) रोमानिया — संयुक्त राज्य अमेरिकाले, अमेरिकी भिसा छूट कार्यक्रममा रोमानियाको सामेल हुने प्रक्रिया अनिश्चितकालका लागि रोकेको छ। यो यात्रा सल्लाह र आप्रवासन उपायहरूको सम्बन्धमा अमेरिकाले गरेको हालैको विकासक्रम पछिको हो। रोमानियाका प्रधानमन्त्री मार्सेल सियोलाकुका अनुसार,  ‘यो निर्णय एक प्राविधिक उपाय हो भन्ने विश्वास […]

लिस्बन । गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिका संयोजक एवं संघका पूर्व अध्यक्ष डा. शेष घलेले संघको महाधिवेशन तोकिएकै मितिमा हुने बताउनुभएको छ । मंगलबार पोर्चुगलको राजधानी लिस्बनमा आयोजित बृहत् अन्तरक्रिया कार्यक्रममा संयोजक घलेले तीन महिना अगावै महाधिवेशनको मिति घोषणा गरिएको उल्लेख गर्दै तोकिएकै मितिमा संघको महाधिवेशन हुने बताउनुभएको हो । “तोकिएको मितिमा महाधिवेशन हुन्छ, […]

पोर्चुगल — गैरआवासीय नेपाली संघको १६ औं यूरोप क्षेत्रीय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १६ औं यूरोप क्षेत्रीय सम्मेलन आगामी मार्च २८ देखि ३० सम्म माल्टाको एक्स ओडिवाइसी होटलमा आयोजना हुन गइरहेको छ। गैरआवासीय नेपाली संघका माल्टाको अध्यक्ष रेम्स खनालका अनुसार सम्मेलनमा भाग लिन आउने प्रतिनिधिहरु माल्टा उत्रिन […]

काजाब्लांका क्यासेल्लो ,बेल्जियम — गैर आवासीय नेपाली संघका अग्रजलअभियन्ता राजेन्द्र कुमार (आरके) शर्माले एकता महाधिवेशनको कुनै पनि विकल्प नभएको बताएका छन् । एनआरएनए बेल्जियमद्वारा उच्चस्तरीय समितिका संयोजक डा.शेष घले तथा समितिका सदस्यहरूसँग हिजो आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै शर्माले एकता महाधिवेशनलाई सफल पार्न सक्दो सहयोग गर्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूलाई आग्रह पनि गरे। केही समय […]

युएई – नेपाल सेफ सोसाइटी युएईको अध्यक्षमा विश्वप्रतिष्ठित नेपाली पेस्ट्री एवम् बेकरी सेफ ह्युमन प्रसाद लिम्बु चयन भएका छन् । सोमबार दुबईमा अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीका केन्द्रीय अध्यक्ष अरुण अधिकारीको विशेष उपस्थितिमा सम्पन्न भेलाले निवर्तमान अध्यक्ष उद्धव श्रेष्ठको बिदाई सम्मान तथा नवनियुक्त अध्यक्ष लिम्बु लगाएत नयाँ कार्यसमिति सदस्यहरुलाई भव्य स्वागत गरिएको थियो । कार्यक्रममा केन्द्रीय अध्यक्ष […]

माल्टा — नेपाली महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाले फुटबल खेलाडी बन्न गरेको संघर्षको कथामा आधारित रहेको चलचित्र ‘अञ्जिला’ युरोपियन मुलुक माल्टामा समेत प्रदर्शन हुने भएको छ। मुन लभ इन्टरटेनमेन्ट प्रा. लि.ले प्रदर्शनमा ल्याएको चलचित्रलाई माल्टामा मगवर्ट प्रोडक्सनले प्रदर्शन गर्न लागेको हो। माल्टास्थित इडेन सिनेमासमा प्रदर्शन हुन लागेको चलचित्र शनिबार र आइतबार गरी दुई […]

दुबई — ‘नेपाली कला, संस्कृति, खेलकुद, व्यापार, पर्यटन तथा नेपाली पहिचानको उत्सव’ भन्ने नाराका साथ आउँदो २० अप्रिल २०२५ का दिन क्रिक पार्क दुबईमा नेपाल फेस्टिवलको हुने भएको छ । नेपाली राजदूतावास आबुधावीको संरक्षकत्व तथा नेपाल एसोसिएसन–एनआरएनए एनसीसी यूएईका र नेपाली समाज यूएई, नेपाल आदीवासी जनजाती महासंघ यूएई, नेपाल पत्रकार महासंघ, यूएई शाखा, क्रियासिल बिभिन्न […]