Home Login

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले युरोपेली सङ्घमा लैङ्गिक समानता कायम गर्न सदस्य राष्ट्रहरूबाट शीर्ष पदका लागि महिला उम्मेदवार प्राप्त गर्न कठिन भएको बताउनु भएको छ । भोन डेर लेयनले जुनमा भएको चुनावपछि आफ्नो नयाँ प्रशासनमा आयुक्तको पदका लागि पुरुष र महिला दुबैलाई मनोनित गर्न युरोपेली सङ्घका देशहरूलाई आग्रह गर्नुभएको हो । तर अधिकांश […]

संसदीय सुनुवाइका क्रममा पोर्चुगलका लागि प्रस्तावित राजदूत प्रकाशमणि पौडेलले नेपालको व्यापार घाटा कम गर्न भूमिका खेल्ने बताए। पोर्चुगलको भिसा सेन्टर नेपालमा नै स्थापना गर्नका लागि आफूले भूमिका खेल्ने पनि उनको भनाइ थियो ।  संसदीय सुनुवाइ समितिको सोमबारको बैठकमा प्रस्तावित राजदूत पौडेलले आफ्नो कार्ययोजना प्रस्तुत गर्ने क्रममा पोर्चुगल जान चाहने नेपालीले भारतको नयाँ दिल्ली जानुपर्ने बाध्यता […]

पाफोस । साइप्रसको पाफोसबाट मध्यरातमा ४.९ रिक्टरको भुकम्पको तिव्र धक्का महसुस गरिएको छ । पाफोस लगायत विभिन्न ठाउँहरूमा पनि धक्का महसुस भएको EMSC ले बताएको छ।भूकम्प साइप्रसको समयअनुसार करिब १२:३० मा गएको थियो। भूकम्पबाट अहिलेसम्म कुनै पनि क्षति नभएको जानकारी प्राप्त भएको छ।

(हरितालिका तीज नजिकिँदै गर्दा युरोपेली मुलुक पोर्चुगलमा पनि तीज विशेष कार्यक्रमहरू दमादम भैरहेको छ। चालीस,पचास हजारको हराहारीमा नेपालीहरू बसोबास गर्ने युरोपेली मुलुक पोर्चुगलमा नेपाली चाडबाडहरूमा थुप्रै कार्यक्रमहरू भइरहेको पाइन्छ)  युरोपेली मुलुक पोर्चुगलमा लगभग तीजको माहोल सकिसकेको छ भन्दा पनि फरक नपर्ला,किनभने अब सघ-संस्थाहरूले मनाउने तीज सकिसकेको छ।हुन त अझै तीज आउन चार पाँच दिन मात्रै […]

युरोप ।अगस्ट २०२४ मा, नेपालमा विदेशी पर्यटक आगमनमा उल्लेखनीय बृद्धि भएको अनुभव गरेको छ।जसमा संयुक्त राज्य अमेरिकाको महत्वपूर्ण योगदान रहेको बताएको छ। नेपाल पर्यटन बोर्डका अनुसार अमेरिकाबाट ५,६१४ पर्यटकले नेपाल भ्रमण गरेका थियो,जसले अगस्ट २०२३ को तुलनामा पर्यटक संख्यामा समग्रमा ८.३ प्रतिशतले वृद्धि भएको हो । अगस्ट २०२४ मा कुल ७२,७१९ पर्यटकले नेपाल भ्रमण गरेका […]

पोर्चुगल । पोर्चुगलमा आज फेरी INEM को हेलीकप्टर मोन्डिम डे बास्टोमा दुर्घटना भएको छ। जहाजमा दुई पाइलट, एक डाक्टर र एक नर्स थिए।चोटपटक लागेको व्यक्तिहरूलाई भिला रियल अस्पतालमा लगिएको एक जिएनआरले बताए । INEM ले दुर्घटना १२:५५ मा भएको जानकारी दिएको छ।विमान – मोडेल AW139 – पीडितलाई उद्धार गर्न अवतरण गर्ने तयारी गरिरहेको थियो। तिन […]

पोर्चुगल । चितवनको भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्ष २०२४ मनाइरहेको बेला भ्रमण वर्ष सफल बनाउन अन्तर्राष्ट्रिय समन्वय उपसमिति समेत बनाएको छ । नगर प्रमुख रेनु दाहालले उपसमितिको सदस्यमा युरोपाटिका सम्पादक पुस्तक रेग्मीलाई मनोनयन गरेका छन् । रेग्मी नेपाल पत्रकार महासंघ युरोप शाखा र नेपाल प्रेस युनियन युरोप शाखाको कार्यसमिति सदस्य समेत रहेका छन् । युरोपाटिसहित […]

जसमान दर्नाल जिवन । पछिल्लो समय सालैजो गीत गाएर प्रख्याती कमाएका प्रख्यात गायक प्रकाश दुतराज क्रोसियाको जाग्रीबमा सांगीतिक कोसेली लिएर आउने भएका छन। क्रोसियाको जेठो नेपाली समुदायको संगठित सामाजिक सस्था “नेपाली संघ राष्ट्रिय कार्यकारी समिति क्रोसिया (मोना)को वार्षिक उत्सवको कार्यक्रमको साइत पारेर गायक दुतराज क्रोसिया आउने भएका हुन। मोना क्रोसियाका संरक्षक राम कृष्ण शर्माले बताए […]

पोर्चुगल। अन्तर्राष्ट्रिय नेपाली समाज,पोर्चुगल राष्ट्रिय समितिले विशेष अधिवेशन सम्पन्न गरेको छ । कार्य्रकममा समाजका अध्यक्ष कमल खड्काको अध्यक्षता र केन्द्रिय अध्यक्ष अर्जुन घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्ने क्रममा गैर आवसिय नेपाली संध पोर्चुगलका अध्यक्ष उमेश खड्काले एनआरएन पोर्चुगलले गरेको कामको फेहरिस्ता बताउदै भविष्यमा आफुले अन्तर्राष्ट्रिय नेपाली समाज रोज्ने बताए । समाजका केन्द्रिय […]

पोर्चुगल। डोउरोमा शुक्रबार हेलिकप्टर दुर्घटनामा परी बेपत्ता भएका जीएनआर सैनिकको शव शनिबार दिउँसो फेला परेको छ । हेलिकप्टर दुर्घटनामा भेटिने उनी मात्र सिपाही थिए। उक्त विमानमा ६ जना सवार थिए । यन्त्रको भग्नावशेषको छेउमा पानीमुनि खोजी गर्दा साँझ  ४:१० बजे शव फेला परेको थियो। शुक्रबार चार शव फेला परेपछि उनी मात्र बेपत्ता थिए। एक जिएनआर […]