इटाली — इंग्लिस प्रिमियर लिगको उपाधि लिभरपुलले जितेको छ । आइतबार घरेलु मैदानमा टोटनहमलाई ५-१ ले पराजित गर्दै लिभरपुलले लिग च्याम्पियनको ट्रफी पक्का गरेको हो ।
वर्ष २०२४ / २०२५ को लिगमा चार खेल अगावै लिभरपुलले उपाधि जितेको हो । यससंगै लिभरपुलले म्यानचेष्टर युनाइटेड समान २० पटक इंग्लिस प्रिमियर लिग जित्ने कीर्तिमान बराबरी गरेको छ ।
प्रशिक्षक आर्ने स्लटको पहिलो सिजनमै लिभरपुलले प्रिमियर लिग उपाधि जितेको हो । आइतबार एनफिल्डमा भएको खेलमा सुरुमै गोल खाएको लिभरपुलले पुनरागमन गर्दै सानदार जित हात पार्यो ।
लिभरपुलका लागि लुइस डियाज, एलेक्सिस म्याक एलिस्टर, कोडी गाक्पो र मोहम्मद सालाहले एक-एक गोल गरे । टोटनहमले एक आत्मघाती गोल उपहार दिएको थियो । टोटनहमका लागि डोमिनिक सोलान्केले गोल गरे ।