लन्डन — पछिल्लो समय नेपाली क्रिकेट खेलमा अन्तर्राष्ट्रिय स्तर सम्म उल्लेखनीय प्रगति भइरहेको छ । विदेशमा रहेका नेपाली खेलाडीहरुले विभिन्न प्रतियोगिताहरूमा सहभागिता जनाइ उत्साहजनक प्रदर्शन गरिरहेको छ, जसले नेपाली क्रिकेटको विकासलाई थप बलियो बनाएको छ ।
बेलायतस्थित ब्रिटिश गोर्खाली क्रिकेट लिगले लन्डनस्थित काउन्टी क्रिकेट ग्राउन्डमा मनकामना कप क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।
लिगका अध्यक्ष गाम गुरुङका अनुसार, उक्त प्रतियोगिता काउन्टी क्रिकेट ग्राउन्डमा हुने बेलायतको पहिलो क्रिकेट प्रतियोगिता हो । उक्त प्रतियोगितामा ब्रिगेड वा गोर्खाहरू सहित बेलायतभरका टोलीहरूलाई आमन्त्रित गरिएको छ ।
इङ्गल्याण्ड र वेल्स क्रिकेट बोर्ड, राष्ट्रिय एसियाली क्रिकेट परिषद्, क्रिकेट विदाउट बाउन्ड्रीज र एमसीसी फाउन्डेसनसँगको साझेदारीमा सञ्चालन भइरहेको प्रतियोगिता अगस्ट २५ मा हुने भएको हो ।
ब्रिटिश गोर्खाली क्रिकेट लिग (BGCL) —
बेलायतमा नेपाली समुदायद्वारा सञ्चालित एक प्रतिष्ठित क्रिकेट लिग हो, जसले नेपाली मूलका खेलाडीहरूलाई क्रिकेटमा संलग्न गराउने उद्देश्य राख्दछ । यो लिग Hampshire Cricket Board, National Asian Cricket Council, र Club Cricket Conference जस्ता संस्थाहरूमा आवद्ध छ, जसले गर्द यसको विश्वसनीयता र पहुँचलाई अझ विस्तार गरेको छ।
BGCL को मुख्य उद्देश्य बेलायतमा रहेका नेपाली मूलका खेलाडीहरूलाई क्रिकेट खेलमा संलग्न गराउनु हो। यसले युवा खेलाडीहरूलाई प्रशिक्षण, प्रतिस्पर्धा, र सामाजिक संजाल विस्तार गर्ने अवसर प्रदान गर्दछ । साथै, BGCL ले नेपालमा क्रिकेट विकासका लागि विभिन्न च्यारिटी संस्थाहरूसँग सहकार्य समेत गर्दै आएको छ ।