Home Login
पोर्चुगल

पोर्चुगलको सोसलिस्ट पार्टी (PS) का महासचिव सान्तोससंग आइसीसी सदस्य थापाको भेट

लिस्बन, २७ अप्रिल  — एक बर्ष अघिसम्म  सत्तामा रहेर पोर्चुगलमा झण्डै १० बर्ष शासन गरेको र हाल प्रमुख प्रतिपक्षी दल सोसलिस्ट पार्टी( PS) का महासचिव तथा पार्टी प्रमुख पेद्रो नुनो सान्तोससंग एनआरएनए आइसीसी केन्द्रीय सदस्य राजकुमार थापाले भेटेका छन् ।

शुक्रबार २५ अप्रिल पोर्चुगलको नागरिक स्वतन्त्रता दिवस (Dia da Liberdade) को अवसरमा महासचिव सान्तोससंग लिस्बनको मार्केस पोम्बलमा छोटो भेट भएको आइसीसी सदस्य थापाले बताए ।

उक्त भेटमा पोर्चुगलमा रहेको नेपाली समुदायको बारेमा छोटो कुरा राखेको र नेता सान्तोसको नेपाली आप्रवासीप्रति सकारात्मक धारणा पाएको थापाले जानकारी दिए ।

पोर्चुगलमा आगामी मे १८ तारिख आम निर्वाचन हुँदैछ ।  निर्वाचनमा सोसलिस्ट पार्टी(PS) पुनः विजयी हुने सक्ने आंकलन गरिएको छ । PS ले सरकार गठन गर्ने अवसर पाए पार्टी प्रमुखको हैसियतले पेद्रो नुनो सान्तोस प्रधानमन्त्री हुने सम्भावना छ ।

(तस्बिरमा पोर्चुगलको सोसलिस्ट पार्टी (PS) का महासचिव पेद्रो नुनो सान्तोस र एनआरएनए आइसीसी केन्द्रीय सदस्य राजकुमार थापा)

 

Leave a Reply