गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्को आज १७ अक्टोबरमा सुरु हुने निर्वाचनका लागि अध्यक्षमा ४ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा बद्री केसी, महेश श्रेष्ठ, रविना थापा र राजेन्द्रकुमार शर्माको उम्मेदवारी परेको हो । असोज २५ देखि सुरु भएको मनोनयन दर्ताको म्याद हिजो दिउँसो १ बजेसम्मका लागि तोकिएको थियो । एनआरएनएमा अध्यक्ष, एक महिला र […]
एनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी दर्ता
काठमाण्डौ । आज देखि काठमाण्डौमा शुरु हुने गैर आवासीय नेपाली संघ NRNA ICC को महाधिवेशनका लागि अध्यक्ष पदमा रविना थापाले उम्मेदवारी दर्ता गरेकी छिन् । अध्यक्षका अर्का दावेदार वर्तमान कार्यसमितिका उपमहासचिव विनय अधिकारीले उनलाई समर्थन गरि प्रस्तावक नै वसेर सहयोग गर्नुभएको छ। अर्का प्रस्तावक विष्णु वानिया (जापान) तथा समर्थक गगन गुरुङ र सुरेश कोइरालाले पनि […]
युरोप संयोजकमा चिरञ्जीविको उम्मेदवारी
गैर आवासीय नेपाली संघ (एनआरएनए)को ११ औं महाधिवेशनमा विभिन्न योजना र नारासहित पेसाले वैज्ञानिक रहेका डा. चिरञ्जीवी खड्काले युरोप संयोजकमा उम्मेदवारी घोषणा गरेका छन् । केही वर्षयता युरोपको चेक रिपब्लिकमा बसोबास गर्ने डा खड्काले पोर्चुगल, डेनमार्क, फ्रान्स, जर्मनी लगायतका देशबाट एनआरएनए प्रतिनिधि (डेलिगेट्स) भएर मतदान गर्न आइपुगेका मतदाताहरू सँगको छलफल पश्चात उम्मेदवारी दिएका हुन् । […]
एनआरएनए उपाध्यक्षमा गणेश केसीद्वारा उम्मेदवारी दर्ता
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल २०२३–२५ का लागि उपाध्यक्ष पदमा गणेश केसीले उम्मेदवारी दर्ता गराएका छन । उम्मेदवारी दर्ता पछि सञ्चारकर्मीसँग कुरा गर्दै केसीले एनआरएनएको संरचनालाई अझ बलियो बनाउन र विदेशमा सिकेको ज्ञान, सिप र अनुभवलाई समेटेर नेपालमा प्राविधिक शिक्षामा जोड दिदैं सातै प्रदेशमा प्राविधिक शिक्षालय स्थापना गर्ने प्रतिबद्धता जनाए । […]
आर के त्रिपाठीले गरे महासचिब पदको उमेदवारी फिर्ता
युरोप । घोषणा गरेको तर दर्ता नगरेको NRNA ICC महासचिब पदको उमेदवारी आर के त्रिपाठीले फिर्ता लिएको छन् । यस्तो लेख्छन् आर के त्रिपाठी : विगतमा NRNA UK को सदस्य,प्रवक्ता,दुई कार्यकाल महासचिब र NRNA ICC को लागी दुई कार्यकाल Honory Council Member र NRNA ICC को दुई कार्यकाल Task Force Member भई काम गरेको नाताले […]
पोर्चुगलमा ज्यान गुमाउने नेपालीहरुका लागि विशेष समिति गठन : एनआरएनए पोर्चुगल
कलश खरेल / लिस्बन । पोर्चुगलमा ज्यान गुमाउने नेपालीहरुका लागि भन्दै शव ब्यबस्थापन सम्बन्धि मुल समिती गठन गरिएको छ। आइतबार गैर आवासिय नेपाली संघ पोर्चुगलको आयोजनामा सर्वपक्षीय भेलाले पोर्चुगल स्थित महावाणिज्यदुत कार्यालयको संयोकत्वमा सो समिती गठन गर्ने निर्णय गरिएको हो। समितिको उपसंयोजकमा एनआरएनए पोर्चुगल रहने जनाइएको छ भने उपसंयोजकनै सदस्य सचिव रहने गरि निर्णय भएको […]
विश्वभर छरिएर रहेका नेपालीहरुलाई समस्या परेमा त्यसको समाधान गर्न प्रतिबद्धभएर लाग्छु : केसी
काठमाडौं। नेपालवाट हरेक दिनजसो रोजगारीको नाममा विदेशिने हजारौ नेपाली युवाहरु छन्। ती युवाहरु देशमा उचित वातावरण तथा रोजगारी नपाएको कारण विदेशिन वाँध्य छन्। त्यसरी रोजगारीको लागि विदेशिने युवाहरु काममा धेरैजसो अदक्ष हुने गरेका छन्। जसको कारण विदेशको रोजगारीमा नेपाली युवाहरुले राम्रो काम पाउन सकेका छैनन्। अदक्षताको कारण विदेशमा धेरै कठिनाइ भोग्नुपर्ने वाध्यता रहेको छ। यो […]
पोर्तुगलका भीम केसी कमलले सचिव पदमा उम्मेद्वारी
पोर्चुगल । गैरआवासीय नेपाली संघको अगामी अक्टोवर १७–२० तारिखमा हुने ११ औं महाधिवेशनमा केन्द्रीय सचिव पदमा एनआरएनए पोर्चुगलका पूर्व अध्यक्ष भीम केसी ‘कमल’ ले उम्मेदवारी घोषणा गरेका छन् । उनी पोर्चुगल र माल्टामा सफल व्यवसायीका रुपमा परिचित छन् । कमल अन्तराष्ट्रीय बागलुङ समाजका उपाध्यक्ष समेत हुन् । आफ्ना योजना सुनाउन र मत माग्नको लागि विभिन्न […]
धादिङका रविन अधिकारीले युवा संयोजक पदमा उम्मेदवारी घोषणा
पोर्चुगल । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए)को ११औं महाधिवेशन युवा संयोजक पदमा धादिङका रविन अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् । धादिङ जिल्ला स्थायी घर भइ हाल पोर्चुगलमा बस्दै आएका अधिकारीले आइसीसी युवा संयोजकमा उम्मेदवारी घोषणा गरेका हुन् । अधिकारीले संयोजकमा उम्मेदवारी घोषणा गरेपछि एनआरएनएका प्रतिनिधिहरूभित्र खैलाबैला भएको छ । अधिकारीले ‘सबल एनआरएनए आजको […]
एनआरएनए उपमहासचिव पदमा सोम सापकोटाले उम्मेदवारी दिने
पेशा, ब्यावसाय र अवसरको खोजिमा नेपालबाट विश्वका बिभन्न देशमा रहेका नेपालीहरुकोबीचमा नेपालीहरुको हक हितको संरक्षणगर्दै भाइचाराको सम्बन्ध स्थापित गर्दै आफूले सिकेको सीप र पूँजीलाई पुन : नेपालमा भित्राउने उद्येश्यले स्थापित गैरआवासीय नेपालीसङ्घको एघारौँ विश्व सम्मेलन तथा निर्वाचन अक्टोवर १७ देखि २० (असोज ३० गतदेखि कार्तिक ३ ) गतेसम्म काठमाडौँमा हुँदैछ ।अधिबेसनमा ४३ सय प्रतिनिधि सहभागी रहने छन् । २००३ सालमा स्थापति संस्थामा ८७ भन्दा बढी देशमा राष्ट्रिय समन्वय परिषद रहेको संघको राष्ट्रिय समन्य परिसद्का राष्ट्रियअधिबेसन सम्पन्न भै सकेका छन्। विस्वका विभिन्न देसबाट आगामी कार्यकाल २०२३/२०२५ का लागि एन आर एनहरुले उमेदवारी प्रस्सुत गरिरहेका छन्। यसै क्रममा सङ्घको २०२३, अक्टोवर १७ देखि २० सम्म काठमाडौमा हुने महाधिबेशनमा उपमहासचिव पदमा सोम सापकोटाले पनि उम्मेदवारी दिने भएका छन् । बर्तमान कार्यसमितिका प्रवक्ता सोम सापकोटाले पनि आगामी कार्यकालका लागि उपमहासचिव पदमा उमेद्वारी दिने जनाएका हुन् । २०५१/५२ सालदेखि नेपालमा रहेर ब्यावसाय सञ्चालन गदै आएका सापकोटा अवसरको खोजिका लागि बिदेसिएका थिए । सङ्घको स्थापनाकाल देखिनै सक्रिय सापकोटाले विभिन्न पदीय जिम्मेवारीको काम गर्दै नेपाल र नेपालीहरूको हक हितका सस्थागत रूपमा क्रियाशील छन्। नेपालमा गैरआवासीय नेपाली सङ्घ मध्यमबाट ईलाइबेरी स्थापना, पर्यटन प्रवर्द्धन, बैदेशिक रोजगार साथै लगानी मार्फत रोजगारी लगायतमा सापकोटाले भूमिका खेलेका सापकोटाको बिद्धुतिय पुस्तकालय अभियान अहिले पनि छ । उनको अगुवाइमा धेरै स्थानमा पुस्तकालय बनेका छन भने केही बन्ने प्रक्रियामा छन् । सन २००६ देखि बिभिन्न सामाजिक सेवाको काममा सक्रिय हुँदै आएका सापकोटा २००६ मा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्य परिसद् पोर्तुगलको सदस्य हुँदै २००८ मा गैरआवासीय नेपाली संघ डेनमार्कको अध्यक्ष भएपछि भने उनको जिम्मेवारी बढेको थियो । विश्वभरि छरिएर रहेका प्रवासी नेपालीहरूलाई एउटै छानामुनी केन्द्रित गर्दै संस्थालाई साझा संगठन बनाउन उम्मेद्धारी दिएको बताउने सापकोटा पारदर्शितालाई जोड दिन्छन् । संस्थाले सोचे अनुरुप काम गर्न नसकेको ठहर गर्ने सापकोटा नेपाली संस्कृति र नेपाली रैथाने खानेकुरालाई प्राथमिकतामा राख्नु पर्नेबताउँ छन् । नेपालमा आउने पर्यटकको बसाइ बढाएर दैनिक गर्ने खर्च पनि बढाउने किसिमको योजना छ सापकोटाको । सापकोटाको योजनामा नेपाली सेलरोटी लगायत रैथाने खानालाई बिदेशी सामू परिचय गराउने पनि रहेको छ । नेपाली अचार अहिले बिदेशमा पाउन थालिए पनि पर्याप्त भने छैन, त्यसलाई विश्व बजारमा प्रतिस्पर्धि बनाउन भूमिका रहने सापकोटाको गर्नु पर्ने सूचीमा छ । यसका अलावा नेपालको बारेमा छरिएका भ्रमलाई चिर्न संस्था र सरकारले सहकार्य गर्नु पर्ने एजेण्डा उनको छ । नेपाली मूलका नागरिक भएका देशका बिद्यार्थीका लागि भिषा प्रक्रियामा सहजता भएमा उनीहरुको नेपाल प्रतिको मोह बढाउन सकिन्छ। प्रवास बस्ने नेपालीहरूको साझा सङ्गठन निर्माणमा क्रियाशील हुने र गैरआवासीय नेपाली सङ्घको केन्द्रीय कार्यालयबाट जेजति डेलिभरी हुनु पर्ने हो त्यो दिन सकेको अवस्था छैन, सापकोटाले भने अब बन्ने नयाँ समितिले भए गरेका कमजोरी सच्चाएर सबै प्रवासीका बीचमा भाइचाराको सम्बन्ध कायम गरिने । संघमा सापकोटाको सहभागिता सन् २००६ मा गैर आवासीय नेपाली सङ्घ पोर्चुगलको राष्ट्रिय समन्वय परिषदको निर्वाचित सदस्य हुँदै संघमा जोडिएका सापकोटाले सन् २००८ मा डेनमार्कको संस्थापक अध्यक्ष जिम्मेवारी निवार्ह गरे। सापकोटा सन् २०११–२०१३ सम्म गैरआबासीय नेपाली सङ्घको केन्द्रीय सदस्य सन् २०१५–२०१७ यूरोपको उपसंयोजक र सन् २०१७–२०१९ मा गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्य परिषदको सहकोषाध्यक्षमा निर्वाचित भए । यसैगरी सन् २०१९–२०२१ मा केन्द्रीय सल्लाहकार भएका सापकोटा हाल सङ्घको प्रवक्ताको जिम्मेवारीमा रहेका छन् ।