गैरआवासीय नेपाली संघ

माल्टामा घुम्ती सेवाबाट ६ सय बढीले लिए सेवा

माल्टा — माल्टामा सञ्चालित राहदानी तथा कागजात प्रमाणीकरण सम्बन्धी घुम्ती सेवाबाट छ सय अस्सी जना भन्दा बढी नेपालीले सेवा लिएका छन् । स्पेनस्थित नेपाली दूतावासको टोलीले माल्टामा सञ्चालन गरेको घुम्ती सेवाबाट ६ सय ८०  सेवाग्राहीले राहदानी तथा कागजात प्रमाणीकरण लगायतका कन्सुलर सेवा लिएका हुन् ।

घुम्ती सेवामा राहदानी विभागबाट बिदुर खतिवडा, स्पेनस्थित नेपाली दूतावास म्याड्रिडका कार्यवाहक राजदूत यज्ञराज पौडेल, विपिन चन्द र अनुप शिल्पकारको उपस्थिति रहेको थियो।

गैरआवासीय नेपाली संघ माल्टाको कार्यालयबाट कागजात प्रमाणीकरण लगायतका कन्सुलर सेवा प्रदान गरेको थियो । घुम्ती सेवालाई गैरआवासीय नेपाली संघ माल्टाले संयोजन र सहजीकरण गरेका थिए ।

डिसेम्बर १४, देखि सुरु भएको घुम्ती सेवा डिसेम्बर १८ तारिख सम्पन्न भएको हो। पाँच दिनसम्म माल्टामा सञ्चालन भएको घुम्ती शिविरमा अहोरात्र खटिनुहुने माल्टमा रहेका विभिन्न संघ संस्था तथा प्रतिनिधिहरुलाई गैरआवासीय नेपाली संघ माल्टाले धन्यवाद समेत व्यक्त गरेको छ।

रोजगारीको सिलसिलामा माल्टामा रहेका नेपालीहरु राहदानी नवीकरण लगायत अन्य कन्सुलर सेवा पाएपछि खुसी समेत भएका छन्। माल्टामा नेपाली राजदूतावास नभएको र स्पेनमा रहेको नेपाली राजदूतावासले नै माल्टालाई हेर्ने भएकाले एनआरएनए माल्टाले निरन्तर रुपमा माल्टामा घुम्ती कन्सुलर सेवा शिविर संचालन गर्दै आइरहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *