इजरायल । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् इजरायलद्वारा आयोजित भोली डिसेम्बर १४ तारिख शनिबारका दिन अन्तर्राष्ट्रिय स्तरीय वक्तृत्वकला प्रतियोगिता हुने भएको छ ।
विश्वभर रहेका नेपालीहरूको कला एवं प्रतिभा उजागर गर्दै विश्वमा रहेका राष्ट्रिय समन्वय परिषद्हरूबीच सम्बन्ध र सहकार्यलाई वृद्धि गर्ने उद्देश्यले वक्तृत्वकला प्रतियोगिता गर्न लागेको हो ।
उक्त प्रतियोगितामा प्रथम हुनेलाई २ लाख, द्वितीयलाई १ लाख र तृतीयलाई ५० हजार नेपाली रुपैयाँ तथा सम्मानपत्र प्रदान गरिनेछ।
इजरायल लगायत विश्वका विभिन्न देशमा वैदेशिक रोजगारी, अध्ययन, व्यवसाय लगायत विभिन्न सिलसिलामा बसोवास गर्दै आएका नेपालीहरूले सहभागिता जनाउन पाउने यस कार्यक्रम आन्तिम चरणमा जुटेको छ।
अनलाइन (जुम) माध्यमबाट हुने यस प्रतियोगितामा ४५ जना भन्दा धेरैको सङ्ख्यामा प्रतिस्पर्धी भएको कारणले गर्दा डिजिटल अडिसनबाट केही प्रतिस्पर्धीहरूलाई छनोट गरी भोली ३० प्रतिस्पर्धीहरू मात्रै सहभागी हुने भएका छन्।
प्रतियोगितामा बेलायत, जापान, मलेसिया, इजरायल, अमेरिका, रसिया, थाइल्याण्ड, पोल्याण्ड, कोरिया, जर्मनी, स्वीडेन, क्यानाडा, माल्टा लगायतका देशबाट प्रतिस्पर्धीहरूको सहभागिता हुनेछ।
प्रतियोगिता समृद्ध नेपाल, गैरआवासीय नेपालीहरूको भूमिका, गैरआवासीय नेपालीहरूको साझा अभियान: वैदेशिक सिकाइ र लगानी हाम्रो स्वाभिमान लगायत विषयमा हुने जनाइएको छ । प्रतियोगितामा निर्णायक समिति तीनजना हुने भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् इजरायलका अध्यक्षले श्रीकृष्ण भण्डारीले बताए।
पछिल्लो समयको अहिले सम्मकै ठूलो धनराशिमा हुन लागेको उक्त प्रतियोगिताको निर्णायक समितिमा एनआरएनए पूर्व अध्यक्ष तथा साहित्यकार जीबा लामिछाने,चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता दिनेश डिसी,पूर्व मिस नेपाल तथा कुशल वक्ता सुगारिका केसी चयन भएका छन् ।
त्यस्तै कार्यक्रम सञ्चालिका भने एपी.वन टेलिभिजनका सहायक सम्पादक पत्रकार समा थापाले गर्ने भएकी छिन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न हुनेछ। कार्यक्रमका विशिष्ट अतिथिहरूमा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्षहरू जीवा लामिछाने, कुमार पन्त, वर्तमान अध्यक्ष डा. बद्री केसी, संस्थापकद्धय भीम उदास र रामप्रताप थापा रहेका छन्।
जसमा १२ वर्षकी ओजष्भी आचार्य र १३ वर्षकी प्रिन्स रेग्मीको समेत उपस्थिति रहनेछ ।
उक्त कार्यक्रम विभिन्न सामाजिक सञ्जालहरूबाट पनि लाइभ हुनेछ। कार्यक्रममा विभिन्न संघसंस्थाका व्यक्तिहरू, प्रतियोगीहरू, पत्रकार, अभिनेता, व्यावसायिक व्यक्तिहरू तथा गैरआवासीय नेपाली संघ (एनआरएनए)का व्यक्तिहरूको पनि उपस्थित रहनेछ।
प्रतियोगितामा भाग लिने प्रतिस्पर्धीहरूको नाम लिस्ट :