Customize Consent Preferences

We use cookies to help you navigate efficiently and perform certain functions. You will find detailed information about all cookies under each consent category below.

The cookies that are categorized as "Necessary" are stored on your browser as they are essential for enabling the basic functionalities of the site. ... 

Always Active

Necessary cookies are required to enable the basic features of this site, such as providing secure log-in or adjusting your consent preferences. These cookies do not store any personally identifiable data.

No cookies to display.

Functional cookies help perform certain functionalities like sharing the content of the website on social media platforms, collecting feedback, and other third-party features.

No cookies to display.

Analytical cookies are used to understand how visitors interact with the website. These cookies help provide information on metrics such as the number of visitors, bounce rate, traffic source, etc.

No cookies to display.

Performance cookies are used to understand and analyze the key performance indexes of the website which helps in delivering a better user experience for the visitors.

No cookies to display.

Advertisement cookies are used to provide visitors with customized advertisements based on the pages you visited previously and to analyze the effectiveness of the ad campaigns.

No cookies to display.

एनआरएनए युरोपेली सम्मेलनमा दुई दर्जन देशका २ सय ५० प्रतिनिधि सहभागी हुने

युरोप — गैरआवासीय नेपाली संघ (एनआरएनए) को १६ औं युरोपियन क्षेत्रीय सम्मेलन मार्च २८ देखि ३० सम्म माल्टामा हुने भएको छ। गैरआवासीय नेपाली संघले आइतवार भर्चुअल पत्रकार सम्मेलन गर्दै १६ औं युरोपियन क्षेत्रीय सम्मेलन, युरोप क्षेत्रीय महिला तथा युवा सम्मेलन, २८ देखि ३० मार्च २०२५ मा यूरोपकै सुन्दर शहर माल्टामा आयोजना हुने जानकारी दिएको हो।

“नेपालमा लगानी र समृद्धिका लागि एकता” भन्ने मूल नाराका साथ माल्टास्थित एएक्स अडिसी होटलमा आयोजना गरिने सम्मेलनमा पूँजी र क्षमतालाई नेपालको समृद्धिसँग जोड्न सम्मेलनले घनीभूत छलफल हुने संघका अध्यक्ष डा. बद्री केसीले जानकारी दिएका छन्।

सम्मेलनले लगानीका अवसरहरू, क्षमता निर्माण, दोहोरो नागरिकताको अधिकार र दिगो आर्थिक वृद्धिका जस्ता महत्वपूर्ण क्षेत्रहरूमा छलफल हुने आयोजकले जनाएको छ। डा. केसीले सो सम्मेलनले एनआरएनलाई नेपालको समृद्धि र विकासमा सक्रिय रूपमा योगदान पुर्याउन उत्प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्।

सम्मेलन, “एक पटकको नेपाली सधैंको नेपाली” भन्ने मूल मन्त्रलाई मनन गर्दै, विश्वभरका नेपाली समुदायको ऊर्जा र स्रोतहरूलाई नेपालको समृद्धि र रूपान्तरण गर्ने दिशामा केन्द्रित रहनेछ।

युरोपेली क्षेत्रीय परिषद, एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय समिति र गैरआवासीय नेपाली संघ (एनसीसी) मल्टाले संयुक्त रूपमा सम्मेलन आयोजना गर्दैछन्।

पत्रकार सम्मेलनमा गैरआवासीय नेपाली संघ माल्टाका अध्यक्ष रेमलाल खनाल (रेम्श) ले सम्मेलनका तयारीको बारेमा जानकारी दिएका थिए। उनले सम्मेलनमा आउने अतिथिहरूको स्वागतको लागि एनसीसी आतुर रहेको बताए।

सम्मेलनले विश्वभरिका गैरआवासीय नेपालीहरूलाई एकत्रित गरी नेपालमा सहकार्य, लगानी र दिगो विकासका अवसरहरूको पहिचान गर्ने लक्ष्य राखेको संघका यूरोप संयोजक चिरन्जीबी खड्काले बताए।

पत्रकार सम्मेलन पछि जारी विज्ञप्तिमा संघले युरोपमा रहेका नेपाली प्रवासीहरूलाई लामो समयदेखि रेमिटेन्स, प्राविधिक विशेषज्ञता र सांस्कृतिक प्रवर्धनको महत्वपूर्ण स्रोतका रूपमा देखाएको छ। तथापि, उनीहरूको ज्ञान, सीप, पूँजी र क्षमतालाई नेपालको समृद्धिसँग जोड्न सम्मेलनले घनीभूत छलफल गर्नेछ। सम्मेलनले लगानीका अवसरहरू, क्षमता निर्माण, दोहोरो नागरिकताको अधिकार र दिगो आर्थिक वृद्धिका जस्ता महत्वपूर्ण क्षेत्रहरूमा छलफल गर्नेछ, जसबाट एनआरएनलाई नेपालको समृद्धि र विकासमा सक्रिय रूपमा योगदान पुर्याउन उत्प्रेरित गर्ने विश्वास लिइएको छ।

सम्मेलनले एनआरएनको राष्ट्रिय समन्वय परिषद र अन्तर्राष्ट्रिय समन्वय परिषदबीचको संवाद र सहकार्यलाई मजबुत बनाउनको लागि आपसी सहकार्य, सूचना र स्रोतहरूको आदानप्रदानलाई प्रवर्धन गर्नेछ।

आइसीसीका युरोप क्षेत्रीय संयोजक डा. चिरञ्जीवी खड्काको संयोजकत्वमा हुने सम्मेलनमा विभिन्न सत्रहरूमा छलफल हुनेछ।

सम्मेलनमा जलविद्युत, पर्यटन, कृषि, स्वास्थ्य र प्रविधि क्षेत्रका लगानीका अवसरहरूको पहिचान, १० अर्बको परियोजनामा एनआरएनको योगदान, नेपाल–युरोपेली उद्यमीहरूसँग संयुक्त सहकार्य प्रवर्द्धन, नेपाली सामान र सेवाहरूलाई विश्वभर प्रोत्साहित गर्नका लागि ई–कमर्स लगायतका विषयमा छलफल हुनेछ।

सम्मेलनमा दोहोरो नागरिकता अधिकार र गोर्खा समुदायका अधिकार, महिलाहरूको लागि सुरक्षित आप्रवासन, स्वास्थ्य र सुरक्षा उपायहरू र युवा सशक्तिकरण तथा प्रवर्दन जस्ता विषयमा घनीभूत छलफल गरिनेछ।

यसै अवसरमा आयोजित क्षेत्रीय महिला तथा युवा बैठकमा संघको महिला तथा युवा फोरमले हालै गरेका कार्यहरूको समीक्षाका साथै आगामी योजनाहरूका बारेमा छलफल गर्नेछ। पत्रकार सम्मेलनमा युरोप क्षेत्रमा रहेका नेपाली महिला तथा युवाहरूका समस्याका बारेमा पनि छलफल हुनेछ, युरोप महिला संयोजक परसुना कँडेलले जानकारी दिइन्।

२ सय ५० जना प्रतिनिधि सहभागि हुने — 

सम्मेलनमा अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. बद्री केसीसहितका पदाधिकारीहरू, युरोप क्षेत्रका उपसंयोजकहरू, क्षेत्रीय महिला संयोजक, क्षेत्रीय युवा संयोजक, युरोप क्षेत्रका आइसीसी सदस्यहरू, आयोजक राष्ट्रका अध्यक्ष, माल्टा नजिकका मुलुकका अध्यक्षहरू, संचारकर्मीहरू लगायत करीब २ सय ५० जना सहभागी हुने अनुमान गरिएको छ।

सम्मेलन सफल पार्न गैरआवासीय नेपाली संघ १६ औं युरोपियन क्षेत्रीय सम्मेलन र युरोप क्षेत्रीय महिला तथा युवा बैठकमा उपस्थित भई सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्न सरोकारवाला, सञ्चारकर्मी, सहयोगी, सौजन्यकर्ता एवं विश्वभरका गैरआवासीय नेपालीहरूबाट साथ र समर्थन अपेक्षित गरिएको छ।

पत्रकार सम्मेलनमा गैरआवासीय नेपाली संघ यूरोप क्षेत्रीय सचिव भुवन अर्यालले सञ्चालन गरेको पत्रकार सम्मेलनमा प्रवक्ता फणिन्द्र पन्त, आइसीसी सदस्य चिरन शर्मा लगायतले बोलेका थिए। युरोप संयोजक चिरन्जीबी खड्काको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा संघका महासचिव गौरीराज जोशी लगायतका पदाधिकारीहरूको उपस्थिति थियो।

Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *