Home Login
गैरआवासीय नेपाली संघ

एनआरएनए युवा सँग प्रधानमन्त्रीले संवाद गर्ने

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वभरका युवाहरूसँग संवाद गर्ने भएका छन्।

गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीका अनुसार, ओलीले १५–१६ मार्चमा थाइल्याण्डमा आयोजना गर्ने दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलनलाई सम्बोधन गर्ने भएका छन्। ओलीसँग बिहीबार साँझ बालुवाटारमा गैरआवासीय नेपाली संघको समसामयिक विषयमा गम्भीर छलफल भएको अध्यक्ष केसीले जानकारी दिए।

भेटमा प्रधानमन्त्री ओलीले गैरआवासीय नेपालीहरूले संविधान प्रदत्त आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोगको लागि यही हिउँदे अधिवेशनबाटै गैरआवासीय नेपाली ऐन संशोधन हुने प्रतिबद्धता जनाए।

ओलीले भूपू गोर्खाजको समान पेन्शन तथा अन्य सुविधाको लागि ब्रिटिश सरकारसँग उच्चस्तरीय वार्ता मात्र नभई नयाँ सन्धि पनि गर्न नेपाल सरकार तत्पर रहेको बताए।

(प्रधानमन्त्री केपी शर्मा ओली र गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसी)

‘एक पटकको नेपाली सधैको नेपाली’ भन्ने अभिलाषासहित गैरआवासीय नेपालीहरूको वंशजको नागरिकता कायम राख्न नेपाल सरकार सकारात्मक रहेको ओलीले बताए।

ओलीले भेटमा संघको वैधानिक निर्वाचित समितिनै आधिकारिक हुने बताए। उनले सरकारले वैधानिक निर्वाचित समितिसँग मात्रै सहकार्य गर्नेमा सरकारको प्रतिबद्धता जनाएका थिए।

संघको आगामी १८–१९ मार्चमा कंबोडियामा हुने एशिया प्यासिफिक सम्मेलन तथा २८–३० मार्चमा माल्टामा हुने युरोपियन सम्मेलनमा नेपाल सरकारको प्रतिनिधित्व रहने प्रधानमन्त्री ओलीले जानकारी दिए।

Leave a Reply