Home Login

लिस्बन (पोर्चुगल) —  पोर्चुगलको अर्थतन्त्रले चालु वर्ष २०२५ को पहिलो नौ महिनामा उत्साहजनक वित्तीय अनुशासन देखाएको छ । सार्वजनिक प्रशासन क्षेत्रले यस वर्षको जनवरीदेखि सेप्टेम्बरसम्मको अवधिमा कुल गार्हस्थ्य उत्पादन (GDP) को २.१ प्रतिशत बराबरको बजेट अधिशेष कायम गर्न सफल भएको छ । राष्ट्रिय तथ्याङ्क संस्थान (INE) द्वारा हालै सार्वजनिक गरिएको तथ्याङ्क अनुसार, २०२५ को पहिलो […]

लिस्बन (पोर्चुगल) — पोर्चुगलमा बसोबास गर्ने नेपाली समुदायलाई सहज र सुलभ सेवा प्रदान गर्ने उद्देश्यले नेपाली राजदूतावास, लिस्बनले पोर्चुगलको दोस्रो ठूलो सहर पोर्टोमा ‘घुम्ती पासपोर्ट शिविर’ सञ्चालन गर्ने भएको छ । राजधानी लिस्बनबाट टाढा रहेका नेपालीहरूको समय र खर्च बचत गराउँदै घरदैलोमै सेवा पुर्‍याउने अभिप्रायले दूतावासले यो विशेष शिविरको आयोजना गर्न लागेको हो । दूतावासले […]

लिस्बन (पोर्चुगल) — पोर्चुगलको लिस्बनस्थित नेपाली राजदूतावासले इसाई धर्मावलम्बीहरूको महान चाड क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसरमा सार्वजनिक बिदाको घोषणा गर्दै सम्पूर्ण नेपाली समुदायमा शुभकामना व्यक्त गरेको छ । दूतावासले मंगलबार एक सूचना जारी गर्दै बिदा र शुभकामना सन्देश प्रवाह गरेको हो । जारी गरिएको सूचनामा सन् २०२५ को क्रिसमस तथा अंग्रेजी नयाँ वर्ष २०२६ […]

लिस्बन (पोर्चुगल) — संयुक्त राष्ट्रसंघको घोषणालाई आत्मसाथ गर्दै पोर्चुगलस्थित नेपाली राजदूतावासले दोस्रो ‘विश्व ध्यान दिवस’ मनाएको छ । ‘विश्व शान्ति र सद्भावनाका लागि ध्यान’ भन्ने मूल नाराका साथ आज (डिसेम्बर २१) दूतावासको सभाहलमा विशेष ध्यान शिविरको आयोजना गरी यो दिवस मनाइएको हो । संयुक्त राष्ट्रसंघको महासभाले योग र ध्यानलाई मानव स्वास्थ्यका लागि एक पूरक र […]

लिस्बन (पोर्चुगल) — पोर्चुगलमा आवास र बसोबासको सङ्कट गहिरिँदै गएको छ । राष्ट्रिय स्तरमा गरिएको पछिल्लो सर्वेक्षण अनुसार, देशमा घरबारविहीन मानिसहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको पाइएको छ । सन् २०२४ को डिसेम्बर ३१ सम्मको तथ्याङ्क अनुसार, पोर्चुगलमा घरबारविहीनहरूको कुल सङ्ख्या १४,४७६ पुगेको छ । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा १,३४८ ले बढी हो, जसले सामाजिक […]

लिस्बन (पोर्चुगल)  — पोर्चुगलको लिस्बनस्थित नेपाली राजदूतावासले विद्युतीय राहदानी (ई-पासपोर्ट) नवीकरण तथा नयाँ आवेदनका लागि अनलाइन बुकिङ खुला गरेको छ । राजदूतावासले आज एक सूचना जारी गर्दै राहदानीको म्याद सकिन ६ महिना वा सोभन्दा कम समय बाँकी रहेका सेवाग्राहीहरूलाई लक्षित गरी आवेदन खुलाएको जानकारी दिएको हो । राजदूतावासका अनुसार आगामी डिसेम्बर २६, २०२५ देखि ३० […]

लिस्बन —  पोर्चुगल सरकारले कामदारहरूको न्यूनतम पारिश्रमिकमा थप वृद्धि गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सन् २०२६ का लागि राष्ट्रिय न्यूनतम तलबमा ५० युरोले वृद्धि गर्ने औपचारिक निर्णय गरेको हो। यो निर्णय कार्यान्वयनमा आएपछि सन् २०२६ मा न्यूनतम तलब ८७० युरोबाट बढेर ९२० युरो (ग्रस) पुग्नेछ । यो महत्वपूर्ण घोषणा राष्ट्रपतिको कार्यालयका […]

सिन्ट्रा — सिन्ट्रा नगरपालिकामा देखिएको प्रतिकूल मौसम, विशेष गरी सिन्ट्राका पर्वत श्रृंखलाहरूमा चलिरहेको तीव्र गतिको हावाहुरीलाई मध्यनजर गर्दै आज डिसेम्बर १६ का दिन यहाँका प्रमुख ऐतिहासिक तथा पर्यटकीय स्थलहरू पूर्ण रूपमा बन्द गरिएको छ । यस आकस्मिक निर्णय अन्तर्गत पर्यटकहरूको मुख्य आकर्षणका केन्द्र मानिने मूरिश महल, पेना राष्ट्रिय दरबार तथा पार्क, मोन्सेरेट दरबार र पार्क, […]

लिस्बन (पोर्चुगल) — पोर्चुगलको लिस्बनस्थित नेपाली राजदूतावासले राहदानी आवेदन दिएका नेपाली नागरिकहरूका लागि वितरणसम्बन्धी महत्त्वपूर्ण सूचना जारी गरेको छ । राजदूतावासले हालसालै आवेदन दिएका सेवाग्राहीहरूमध्ये ‘लट ६’ (Lot 6) अन्तर्गतका राहदानीहरू बनेर आएको भन्दै सम्बन्धित आवेदकहरूलाई आफ्नो राहदानी बुझिलिन आग्रह गरेको हो । राजदूतावासद्वारा जारी सूचना अनुसार, वेबसाइटमा प्रकाशित नामावलीको लिङ्कमा नाम समावेश भएका आवेदकहरूले […]

लिस्बन – पोर्चुगलको संवैधानिक अदालत (TC) ले सोमबार एक ऐतिहासिक फैसला सुनाउँदै सरकारले प्रस्ताव गरेको राष्ट्रियता कानून र दण्ड संहितामा गर्न खोजेका कडा संशोधनहरूलाई ‘असंवैधानिक’ ठहर गरेको छ । प्रमुख प्रतिपक्षी दल सोसलिस्ट पार्टी (PS) द्वारा दायर गरिएको निवारक समीक्षाको अनुरोधमा सुनुवाइ गर्दै, अदालतले आप्रवासीहरूको मौलिक अधिकार कुण्ठित गर्ने चार प्रमुख प्रावधानहरूलाई खारेज गरिदिएको छ […]