Home Login

सिन्ट्रा — सिन्ट्रा पहाडी क्षेत्रमा सुरक्षा जोखिम बढेपछि स्थानीय प्रशासन र नागरिक सुरक्षा अधिकारीहरूले यस क्षेत्रका चर्चित ऐतिहासिक स्मारकहरू सर्वसाधारणका लागि बन्द गर्ने निर्णय गरेका छन् । विशेष गरी ‘मार्ता’ आँधी र खराब मौसमका कारण सिन्ट्रा हिल्समा पहुँच प्रतिबन्ध लगाइएको हुनाले पेनाको राष्ट्रिय दरबार र मुर्सको महल यस शनिबार, फेब्रुअरी ७ मा पूर्ण रूपमा बन्द […]

पोर्चुगल (लिस्बन) — लिस्बन र यसको वरपरको क्षेत्रमा बढ्दो खराब मौसम र भारी वर्षाको पूर्वानुमानलाई मध्यनजर गर्दै लिस्बन मेट्रोले उच्च सतर्कता अपनाएको छ । सम्भावित बाढी र सञ्चार अवरोधलाई कम गर्न मेट्रो प्रशासनले यस शनिबारदेखि विभिन्न निवारक उपायहरू लागू गर्ने घोषणा गरेको हो । विशेषगरी वर्षाको पानी वा नदीको सतह बढेर स्टेशनभित्र पस्न सक्ने जोखिमलाई […]

लिस्बन (पोर्चुगल)  — नेपाली राजदूतावास लिस्बनले विद्युतीय राहदानी (ई-पासपोर्ट) को अनलाइन आवेदन फाराम आज (शुक्रबार) साँझ ५ बजेदेखि खुलेको छ । दूतावासले एक सूचना जारी गर्दै सन् २०२६ को फेब्रुअरी महिनाको तेस्रो र चौथो हप्ताका लागि अपोइन्टमेन्ट खुल्ला गरेको जानकारी दिएको हो । विशेष गरी राहदानीको म्याद सकिन एक वर्ष वा सोभन्दा कम समय बाँकी […]

पोर्चुगल — पोर्चुगलको नागरिक सुरक्षा विभाग (PROCIV) ले टेजो नदीको तटीय क्षेत्र र आसपासका बस्तीहरूमा बाढीको उच्च जोखिम रहेको भन्दै सर्वसाधारणका लागि विशेष चेतावनी जारी गरेको छ । लिस्बन महानगरीय क्षेत्र र टेजो नदीको बेसिनमा बसोबास गर्ने नागरिकहरूलाई मोबाइलमा ‘अलर्ट’ सन्देश पठाउँदै विभागले उच्च सतर्कता अपनाउन र सुरक्षाका उपायहरू अवलम्बन गर्न आग्रह गरेको हो । […]

पोर्चुगल — सन् २०२६ को सुरुवातसँगै नेपालको पर्यटन क्षेत्रमा युरोपेली मुलुकहरूको योगदान उत्साहजनक देखिएको छ । नेपाल पर्यटन बोर्ड तथा अध्यागमन विभागको तथ्याङ्क अनुसार अङ्ग्रेजी वर्षको पहिलो महिना जनवरीमा युरोपेली मुलुक पोर्चुगलबाट नेपाल भ्रमण गर्ने पर्यटकहरूको सङ्ख्यामा गत वर्षको तुलनामा वृद्धि भएको पाइएको छ । सन् २०२६ को जनवरी महिनामा मात्रै पोर्चुगलबाट ५२७ जना पर्यटकले […]

स्पेन — नेपाली राजदूतावासले भोलि सोमबारदेखि राहदानी (पासपोर्ट) सम्बन्धी सेवालाई विशेष प्राथमिकताका साथ अघि बढाउने घोषणा गरेको छ । सेवाग्राहीको बढ्दो चाप र आवश्यकतालाई मध्यनजर गर्दै, दूतावासले आफ्नो कार्यसम्पादनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले नयाँ व्यवस्था लागू गर्न लागेको हो । दूतावासले सार्वजनिक गरेको जानकारी अनुसार, यो नयाँ व्यवस्था अन्तर्गत चालु हप्तामा ३ सय  […]

सर्बिया — युरोपेली मुलुक सर्बियामा बसोबास तथा रोजगारी गरिरहेका नेपाली नागरिकहरूका लागि राहदानी नवीकरणको लामो समयदेखिको समस्या अब समाधान हुने भएको छ । वैदेशिक रोजगारी तथा अन्य सिलसिलामा सर्बियामा रहेका नेपालीहरूको सहजतालाई प्राथमिकतामा राख्दै, जर्मनीस्थित नेपाली राजदूतावासले पहिलो पटक राहदानीसम्बन्धी ‘घुम्ती शिविर’ सञ्चालन गर्ने निर्णय गरेको हो । राहदानी विभाग काठमाडौँको प्रत्यक्ष समन्वय र बर्लिन […]

पोर्चुगल —  युरोपेली मुलुक पोर्चुगलमा सन् २०२६ को सुरुवात निकै दुखद र चुनौतीपूर्ण बनेको छ । जनवरीको अन्तिम साता आन्द्र महासागरबाट उठेको शक्तिशाली आँधी ‘क्रिस्टिन’ ले पोर्चुगलको मध्य तथा तटीय क्षेत्रमा भारी वर्षा र विनाशकारी हावाहुरीसहित बितण्डा मच्चाएको छ । यस प्राकृतिक विपत्तिका कारण जनजीवन नराम्ररी प्रभावित भएको छ भने भौतिक संरचनाहरूमा ठूलो क्षति पुगेको […]

पोर्चुगल — भारी वर्षा, बाढी वा आँधीबेहरी जस्ता प्राकृतिक प्रकोपहरूका कारण सवारी साधनमा क्षति पुग्दा मर्मतको खर्च कसले बेहोर्छ भन्ने विषय धेरै सवारी धनीहरूका लागि अन्योलको विषय बन्ने गरेको छ । पोर्चुगलको अटोमोबाइल क्लब (एसीपी) र विज्ञहरूका अनुसार, यस्तो अवस्थामा क्षतिपूर्ति पाउने वा नपाउने भन्ने कुरा सवारी धनीले गरेको बीमा पोलिसीको प्रकारमा पूर्ण रूपमा निर्भर […]

लिस्बन (पोर्चुगल)  — प्रवासमा रहेर पनि आफ्नो मौलिक परम्परा र संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यका साथ तामाङ समाज पोर्चुगलले मञ्जुश्री संवत् २८६२ को अवसरमा ‘सोनाम ल्होछार’ भव्यताका साथ सम्पन्न गरेको छ । आइतबार, २५ जनवरी २०२६ मा लिस्बनमा आयोजित उक्त कार्यक्रममा शुभकामना आदानप्रदानका साथै बृहत् सांस्कृतिक प्रस्तुतिहरू मार्फत नेपाली कला र पहिचानको प्रदर्शन गरियो । तामाङ […]