Home Login

पोर्टो — पोर्चुगाली फुटबल लिग ‘प्रिमेरा लिगा’ अन्तर्गत २२ फेब्रुअरी २०२६ मा भएको प्रतिस्पर्धात्मक खेलमा एफसी पोर्टोले रियो एभ (Rio Ave) लाई १-० गोल अन्तरले पराजित गरेको छ । पोर्टोस्थित आफ्नै घरेलु मैदान ‘एस्टाडियो डो ड्रागाओ’ मा भएको यस खेलमा जित निकाल्दै पोर्टोले लिग तालिकाको शीर्ष स्थानमा आफ्नो पकड थप बलियो बनाएको छ । खेलको […]

पोर्चुगल — म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति पोर्चुगलको आयोजनामा राजधानी लिस्बनमा भव्य खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । ‘खेल स्वास्थ्यको लागि, खेलाडी राष्ट्रको लागि’ भन्ने मूल नाराका साथ युरोपमा रहेका नेपाली समुदायलाई एकताको सूत्रमा बाँध्ने र आपसी भाइचारा बढाउने उद्देश्यले ‘प्रथम मोना सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता २०२६’ आयोजना गर्न […]

एजेन्सी – एस्टाडियो दा लुजमा सम्पन्न च्याम्पियन्स लिग प्ले अफको पहिलो लेगमा रियल म्याड्रिडले बेन्फिकामाथि १-० को कठिन जित निकालेको छ । यो जितको मुख्य नायक भिनिसियस जुनियर बने, जसको एकमात्र गोल नै खेलको निर्णायक सावित भयो। तर, यो खेल गोलभन्दा पनि मैदानमा उत्पन्न विवाद र तनावका कारण बढी चर्चामा रह्यो । खेलको ५०औं मिनेटमा […]

पोर्चुगल — पोर्चुगलको मोन्तिजोमा बसोबास गर्ने नेपालीहरूको साझा संस्था ‘मोन्तिजो नेपाली समाज’ ले यस वर्ष पनि फुटबलको महाकुम्भ आयोजना गर्ने भएको छ । समाजले आगामी मार्च महिनामा ‘दोस्रो मोन्तिजो गोल्ड कप ७ ए साइड फुटबल प्रतियोगिता’ आयोजना गर्ने औपचारिक निर्णय गरेको हो । खेलकुदका माध्यमबाट प्रवासमा रहेका नेपाली युवाहरूलाई एकताबद्ध गराउने उद्देश्यले आयोजना गर्न लागिएको […]

पोर्चुगल — विश्व फुटबलका सदाबहार नक्षत्र क्रिस्टियानो रोनाल्डोले फेरि एकपटक प्रमाणित गरेका छन् कि उमेर केवल एउटा अङ्क मात्र हो । हिजो (बुधबार) राति साउदी प्रो लिगअन्तर्गत भएको खेलमा आफ्नो क्लब अल-नासरलाई महत्वपूर्ण जित दिलाउँदै रोनाल्डोले आफ्नो करियरको गोल सङ्ख्या ९ सय ६० पुर्‍याएका छन् । अब उनी फुटबल इतिहासमै विरलै परिकल्पना गरिएको १ हजार […]

लिस्बन (पोर्चुगल) — म्याग्दी प्रवासी नेपाली संघ (मोना) पोर्चुगलको मुख्य आयोजनामा ‘जिल्ला स्तरीय म्याग्दी भलिबल कप २०२६’ अत्यन्त भव्यता र उत्साहका साथ सम्पन्न भएको छ । प्रवासमा रहेर पनि आफ्नो माटो र खेलकुदप्रतिको प्रेमलाई जीवन्त राख्दै, पोर्चुगलमा बसोबास गर्ने नेपाली समुदायबीच आपसी भाइचारा, सद्भाव र एकतालाई अझ प्रगाढ बनाउने मुख्य उद्देश्यका साथ यो प्रतियोगिता आयोजना […]

पोखरा —  प्रवासमा रहेर पनि आफ्नो माटो र समाजप्रति उत्तरदायी बन्ने भावनालाई आत्मसाथ गर्दै ‘पोखरा फुटबल क्लब पोर्चुगल’ ले पोखरास्थित ‘पोखरा वृद्धाश्रम’ लाई महत्त्वपूर्ण सहयोग हस्तान्तरण गरेको छ । पोर्चुगलमा आयोजित प्रतिष्ठित ‘दोस्रो पोखरा गोल्डकप–२०२५’ बाट संकलित मुनाफाको केही हिस्सा सामाजिक कार्यमा लगाउने उद्देश्यअनुरूप क्लबले शनिबार पोखराको पर्यटकीय क्षेत्रमा अवस्थित ‘पोखरा वृद्धाश्रम’ पुगेर राहत सामग्री […]

म्यानचेस्टर — इंग्लिस प्रिमियर लिगको दिग्गज क्लब म्यानचेस्टर युनाइटेडले आफ्ना मुख्य प्रशिक्षक रुबेन अमोरिमलाई पदबाट बर्खास्त गरेको छ । यो निर्णयसँगै ओल्ड ट्राफोर्डमा अमोरिमको १ वर्ष २ महिना लामो प्रशिक्षण यात्रामा पूर्णविराम लागेको छ । क्लबले जारी सिजनको बाँकी खेलहरूमा सुधारिएको प्रदर्शनको अपेक्षासहित नेतृत्व परिवर्तनको कठोर निर्णय लिएको हो । सन् २०२४ को नोभेम्बरमा ठूलो […]

लिस्बन (पोर्चुगल) — क्रिसमस तथा अंग्रेजी नयाँ वर्ष २०२६ को उल्लासमय अवसर पारेर पोर्चुगलको लिस्बनमा आयोजित प्रतिष्ठित ‘प्रथम भिजन गोल्डकप २०२५’ फुटबल प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ । पोर्चुगलमा सक्रिय फुटबल क्लब ‘भिजन एफसी’ को आयोजना र ‘हिर बास्मती’को मुख्य प्रायोजनमा सञ्चालित यो ७-ए-साइड फुटबल महाकुम्भ गत आइतबार, डिसेम्बर २८ का दिन लिस्बनस्थित ‘क्याम्पो […]

पोर्चुगल — पेरिस सेन्ट-जर्मेन (PSG) र पोर्चुगलको राष्ट्रिय टोलीका प्रभावशाली खेलाडी भिटिन्हाले ग्लोब सकर अवार्ड २०२५ मा ‘वर्ल्ड्स बेस्ट मिडफिल्डर’ अर्थात् विश्वकै उत्कृष्ट मिडफिल्डरको उपाधि जितेका छन् । भिटिन्हाले सन् २०२५ मा आफ्नो क्लब पिएसजी र राष्ट्रिय टोली पोर्चुगल दुवैका लागि मध्यभाग (मिडफिल्ड) मा एकछत्र राज गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए। खेललाई नियन्त्रणमा राख्ने र […]