Home Login

लन्डन — बेलायत सरकारको हालै सार्वजनिक इमिग्रेसन ह्वाइट पेपरमा प्रस्तावित पिआरसम्बन्धि नयाँ नियम यसअघि नै बेलायत आइसकेकाहरुको लागि पनि लागू हुने भएको छ । प्रस्तावित योजनामा यस अघि स्थायी बसोबास (पिआर) सुविधाका लागि बेलायतमा बस्नुपर्ने ५ वर्षको अवधिको मापदण्डलाई बढाएर १० वर्ष पुर्‍याइएको छ । गत सोमबार घोषणा हुंदा पिआर सम्बन्धि परिवर्तित १० वर्षे नियम […]

युरोपाटी सम्वाददाता ।  क्यानडा — नेपालमा वैशाख २६ देखि प्रदर्शन भएको नेपाली चलचित्र ‘ऊनको स्वीटर’ क्यानडामा प्रदर्शन हुने भएको छ । चलचित्र क्यानडाको मिसिसाउगा मे १७ तारिख र स्कारब्रोको स्विटरमा मे १८ तारिख प्रदर्शन हुने आँगन इभेन्टका सञ्चालक जिआर भण्डारीले बताए । एमजिपी इन्टरटेनमेन्ट, आँगन इभेन्ट र आई र यू इन्टरटेनमेन्टले क्यानडामा चलचित्र प्रदर्शन गर्न […]

बार्सिलोना — बार्सिलोनाले स्पेनिस लिग ला लिगाको उपाधी जितेको छ । गएराति इस्प्यानोललाई २-१ गोलले हराउँद बार्सिलोनाले दुई खेल बाँकी छँदै उपाधी जितेको हो । शीर्ष स्थानमा बार्सिलोनाको ८५ अंक छ । दोस्रो स्थानको रियल म्याड्रिडको ७८ अंक छ । रियलले पनि दुई खेल खेल्न बाँकी छ । उसले दुवै खेल जितेको अवस्थामा पनि ८४ […]

पोर्चुगल — नेपालमा वैशाख २६ देखि प्रदर्शन भएको नेपाली चलचित्र ‘ऊनको स्वीटर’ युरोपको विभिन्न देशहरूमा प्रदर्शन हुने भएको छ । मामा ईभेन्ट्स र गुरुङ केएनएस ईन्टरटेन्मेन्टले संयुक्त रूपमा यूरोपमा प्रदर्शन गर्न लागेको चलचित्र ‘ऊनको स्वीटर’ युरोपको पोर्चुगल, बेल्जियम, माल्टा, साइप्रस र डेनमार्क लगायतका देशहरुमा प्रदर्शन हुने भएको हो । चलचित्र ‘ऊनको स्वीटर’ युरोपको पोर्चुगलमा मे […]

लक्जमबर्ग — पोर्टेल डेस स्ट्याटिस्टिक्स डु लक्जमबर्गको हालैको तथ्याङ्क अनुसार, २०२४ मा लक्जमबर्गमा पोर्चुगिज बसाइँसराइमा ४.६% ले कमी आएको छ । प्रतिवेदनको अनुसार, २०२४ मा ३ हजार ४ सय ६९ पोर्चुगिज मानिसहरू देशमा प्रवेश गरेका थिए, जुन संख्या यस वर्ष युरोपेली देशमा आएका २५ हजार ७२५ विदेशीहरूको प्रविष्टि मध्ये १३.५% हो । २०२३ मा स्पष्ट […]

युरोपाटी सम्वाददाता । साइप्रस — गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, साइप्रसले पन्जिकृत सदस्यता खुलाइएको छ । गैर आवासीय नेपाली संघ साइप्रसले २०२३–२०२५ कार्यकालका सम्पूर्ण पञ्जीकृत सदस्यहरूलाई आगामी कार्यकाल २०२५–२०२७ का लागि सदस्यता नवीकरण गर्न तथा इच्छुक नयाँ सदस्यहरूले सदस्यता लिनको लागि पन्जिकृत सदस्यता खुलाइएको हो । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनआरएनए साइप्रसका […]

युरोपाटी सम्वाददाता । लिस्बन — पोर्चुगलमा आप्रवासी हितका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको अग्रणी संस्था नियाल्प पोर्चुगलले स्वास्थ्य, शिक्षा, बसोवास अनुमतिपत्र, पारिवारिक पुनर्मिलन, नागरिकता आवेदन लगायत विभिन्न कानुनी प्रक्रियाको बारेमा नि:शुल्क सेवा दिने भएको छ । बुधबार नियाल्प पोर्चुगलले सामाजिक सञ्जाल फेसबुकमा एक सूचना प्रकाशित गरी उक्त जानकारी दिएको हो । ‘आजबाट पोर्चुगलमा कानुनी […]

(कागजातहरूको डेलिभरीमा ढिलाइ र समय तालिकामा कठिनाइहरू मुख्य गुनासोहरू रहेका छन् ।) पोर्चुगल — सन् २०२५ को पहिलो चार महिनामा, उजुरी पोर्टलले एकीकरण, माइग्रेसन र शरण एजेन्सी (एआईएमए) लाई सम्बोधन गरिएको कुल ५९३ उजुरीहरू प्राप्त गरेको थियो । जुन २०२४ को अन्तिम चार महिनाको तुलनामा लगभग ३७% ले वृद्धि भएको हो, जसमा जब ४ सय […]

लन्डन —  बेलायतको श्रम बजारले सन् २०२५ को प्रारम्भिक चरणमा मन्दीका थप सङ्केत देखाएको छ । हालै सार्वजनिक गरिएको सरकारी तथ्याङ्कअनुसार तलब वृद्धिको दर केही घटेको, बेरोजगारीमा सामान्य वृद्धि देखिएको र रोजगार अवसरहरू पनि घट्दै गएका छन् । राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस) का अनुसार सन् २०२५ को पहिलो त्रैमासिकमा रोजगारी दर ७५ प्रतिशत रहेको छ, […]

बुखारेष्ट, रोमानिया – भगवान गौतम बुद्धको २५६९ औं जन्मजयन्तीको पावन अवसरमा नेपाल तामाङ घेदुङ  रोमानियाद्वारा एक विशेष कार्यक्रमको आयोजना गरिने भएको छ । काग्यु बुद्धिस्ट एसोसिएसन रोमानियाको संयोजनमा तथा नेपाली समाज, शेर्पा किदुग रोमानिया , नेपाल मगर समाज, तमु समाज र नेपाल किराँत सेवा समाज रोमानियाको सह-आयोजनामा तेस्रो शान्तिपूर्ण -याली आयोजना गरिने भएको हो । […]