Home Login

पोर्चुगल— पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डे सुसाले पोर्चुगिज भाषा बोल्ने देशहरूको समुदाय (CPLP) का नागरिकहरूका लागि नयाँ भिसा नियम अनुमोदन गरेका छन्। जसले गर्दा उनीहरू पोर्चुगलमा सहजैसँग प्रवेश गर्न सक्छन्। CPLP देशका नागरिकहरूले भिसा बिना वा पर्यटक भिसामा पोर्चुगल प्रवेश गर्न सक्नेछन्, र त्यसपछि देशमा रहँदा बसोबास अनुमतिको लागि आवेदन दिन सक्नेछन्। यो विशेष गरी […]

पोर्चुगल — अन्तर्राष्ट्रिय दुईवटा रियालिटी शोहरु मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको दोस्रो संस्करणको युरोप अन्तर्गत पोर्चुगलको राजधानी लिस्बानमा हुने अडिसनको तयारी पूरा भएको छ। आगामी फेब्रुअरी १५ र १६ मा पोर्चुगलको राजधानी लिस्बनस्थित लव लिस्बन रेस्टुरेन्टमा आयोजना हुने अडिसनको तयारी अन्तिम चरणमा रहेको हो । इन्टरनेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाद्वारा आयोजित […]

पोर्चुगल — जनयुद्धको वार्षिक उत्सवको अवसरमा पोर्चुगलको राजधानी लिस्बानमा पोर्चुगलमा रहेको माओवादीहरूले शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ। फेब्रुरी १६ तारिख राजधानी लिस्बानमा रहेको रेस्टुरेन्ट एभरेस्ट नेपालमा उक्त कार्यक्रम हुने भएको हो। पोर्चुगलमा रहेका विभिन्न संघसंस्थाहरूलाई समेत उक्त कार्यक्रममा उपस्थिति हुनको लागि आयोजकहरुले आग्रह गरेको छ। नेपालमा १९९६ फेब्रुअरी १३ (२०५२ फागुन १) बाट तत्कालीन […]

पोर्चुगल — युरोपेली मुलुक पोर्चुगलमा रहेको पोखरा फुटबल क्लब पोर्चुगलले नेपालको पर्यटकीय राजधानी पोखरा स्थित सितापाइला १७ मा रहेको वृद्धा आश्रमलाई विभिन्न सामग्रीहरू सहयोग गरेको छ। क्लबका टोलीले गत सोमबार पर्यटकीय राजधानी पोखरा स्थित सितापाइला १७ मा रहेको वृद्धा आश्रमलाई खाना पकाउने भाँडा तथा खाद्यान्न सामग्रीहरु  उक्त क्लबका कार्यसमितिमा रहेका प्रजेश गुरुङ र प्रदिप मल्ल […]

काठमाडौं — वैदेशिक रोजगारीको लागि युरोपेली मुलुक पोर्चुगल पठाइदिने बहानामा ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा डोटी बडिकेदार गाउँपालिका-३ घर भई हाल काठमाडौं १४ बस्ने २९ वर्षीय पूर्णबहादुर जेठारा रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जेठारालाई आइतबार पक्राउ गरेको हो। जेठाराले पोर्चुगल पठाइदिन्छु भनी तीन जना व्यक्तिबाट ९ लाख […]

लिस्बन — पोर्चुगलको राजधानि लिस्बनमा पहिलो पटक खुल्ला बास्केटबल टुर्नामेन्ट हुने भएको छ ।  केबिए नेपालको आयोजनामा हुन लागेको यो टुर्नामेन्ट यहि मार्च २ तारिख राजधानी लिस्बनमा हुने भएको हो । आयोजक टोलिले यस टुर्नामेन्टलाई नेपालीद्वारा आयोजित पहिलो खुला बास्केटबल टुर्नामेन्ट भएको समेत दावि गरेको छ ।  आयोजक केबिए नेपालले उक्त टुर्नामेन्टका लागि हालै टिम […]

पोर्चुगल — नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलको आयोजनामा पोर्चुगलमा रहेका नेपालीहरुले तामाङ समुदायको साँस्कृतिक पर्व सोनाम ल्होछार –२८६१ भव्यताका साथ मनाएको छ । आइतबार सम्पन्न कार्यक्रममा ल्होछारको अवसरमा शुभकामना आदानप्रदान तथा बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा म्हेन्दोमाया र सेलो गीत विशेष प्रस्तुति, नृत्य तथा अन्य सांगीतिक कार्यक्रमहरू समेत प्रस्तुत गरिएको थियो। मनोरञ्जन दिनका […]

पोर्चुगल — तामाङ समाज पोर्चुगलद्वारा आयोजित सोनाम ल्होछार २८६१ डुल (स पुख्री) (सर्प बर्ग) ल्हो शुभकामना अदान प्रदान तथा बृहत् साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । गत आइतवार पोर्चुगलको राजधानी लिस्बनस्थित टाइम आउट मार्केट क्यास दो सोड्रेमा आयोजित ल्होछार कार्यक्रमले तामाङ समुदायको संस्कृति, परम्परा र एकता प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याएको समाजका अध्यक्ष गोपाल योन्जनले बताए। कार्यक्रममा पोर्चुगलका विभिन्न […]

पोर्चुगल — तामाङ समाज पेगोइसले २८६१औं डुल ल्हो सर्प वर्ग सोनाम ल्होछार पेगोइस स्थित सभाहलमा भब्य रुपमा सम्पन्न गरेको छ।  ‘संसार भरिका तामाङ एक हौं, आफ्नो भाषा ,धर्म र सस्कृतीलाई जोगाऔं’ भन्ने मूल नाराका साथ आयोजित ल्होछार कार्यक्रम काजि तामाङको अध्यक्षतामा भएको हो। तामाङ बुद्धिजीवी रेशमलाल तामाङको प्रमुख तथा युवा ब्यवसायी तथा समाजसेवी प्रकाश जिसीको […]

सुमन अधिकारी । मदेईरा — युरोपेली मुलुक पोर्चुगल स्थित मदेईरा टापुमा रहेका तामाङ परीवारद्वारा तामाङ समुदायहरूको मौलिक पर्व सोनाम ल्होछारको अवसरमा बृहत् साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। मंगलबार सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथिमा राप्रपा नेपालको संस्थापक राष्ट्रिय अध्यक्ष आईतराम तामाङ रहेका थिए भने विशेष अतिथि लामा गुरु निमा लामा रहेका थिए । आयोजक तथा व्यबस्थापक […]