Home Login

पोर्चुगल — तामाङ समाज पोर्चुगलको सोनाम ल्होछार विशेष सांस्कृतिक कार्यक्रमका लागि चर्चित गायक मिलन लामा आज शनिवार पोर्चुगल आइपुगेका छन्। गायक लामा तामाङ समाज पोर्चुगलले `मञ्जुश्री संवत २८६१, डुल सा पुख्री ल्हो´को विशेष अवसर पारेर गर्न लागिएको ल्होछार विशेष कार्यक्रममा लागि गायक लामा  पोर्चुगल आइपुगेका हुन्। राजधानी लिस्बनको अन्तर्राष्ट्रिय विमानस्थलमा चर्चित गायक मिलन लामालाई स्वागत गर्नको […]

पोर्चुगल — नेपाल राष्ट्रिय तामाङ घेदुङ संघ पोर्चुगलका अध्यक्ष इमान सिंह तामाङ लगायत कार्यसमितिमा रहेका सबैले बिहीबार मञ्जुश्री सम्वत् २८६१ सोनाम ल्होछारको अवसरमा शुभकामना दिएका छन्। नेपाल राष्ट्रिय तामाङ घेदुङ संघ पोर्चुगलका अध्यक्ष लगायत कार्यसमितिमा रहेका सबैले युरोपाटीलाई बताए अनुसार, मञ्जुश्री सम्वत् २८६१ सोनाम ल्होछारको पोर्चुगल लगायत विश्वभरि छरेर बसेका तामाङ तथा गैर तामाङहरूलाई शुभकामना […]

पोर्चुगल— मन्जुश्री सम्वत् २८६१  सोनाम ल्होछार डुल ल्होको अवसरमा तामाङ समाज पोर्चुगलले अल्कसर पोर्चुगलस्थित थुप्तेन गेफेल लिङ गुम्बा र स्तुपा टासी गोमाङ्मा घुथोर ग्यापसे पुजा,दर्ज्यु लुङ्दर टाङी सम्पूर्ण प्राणी जगतको कल्याण एवं दिर्घायूको कामना सहित खेम्पो लामा गुरुहरुले डुक ल्हो लाई बिदाई र डुल ल्हो आरम्भको पूजा सम्पन्न गरेको छ । तामाङ समाज पोर्चुगलका अध्यक्ष […]

पोर्चुगल— गत मंगलबार २१ तारिख इंट्रा फाउंडेशनले आयोजना गरेको मिट एंड ग्रिट कार्यक्रम पोर्चुगलको राजधानी लिस्बनस्थित लव लिस्बन रेस्टुरेन्टमा सम्पन्न भएको छ। युरोप संयोजक देवी गरबुजा मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा, कार्यक्रम सञ्चालन ब्यबस्थापन समितिका संयोजक दिपेश बिस्टले गरेका थिए। कार्यक्रममा नेपाल राष्ट्रिय लोक दोहरी प्रतिष्ठानका युरोप शाखा अध्यक्ष पूर्ण अर्याल, सल्लाहकार अर्जुन सुनामको पनि […]

पोर्चुगल —  जनवरी १२ देखि १५ तारिख सम्म पोर्चुगलको राजधानी लिस्बनमा  प्रदर्शन भएको चलचित्र कार्साङ अब फारो र ताभिरामा पनि प्रदर्शन हुने तयारी रहेको छ। नेपाली चलचित्र क्षेत्रमा एकपछि अर्को सफलता मिलिरहेको अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको यस चलचित्रमा निर्देशक यम शेर्पाले गरेका छन्। यस चलचित्रमा अभिनेता दयाहाङ राई लगायत जितु नेपाल, सिर्जना निङलेखु, […]

पोर्चुगल— नेपाल मगर सघ पोर्चुगलद्वारा माघे सक्रान्तीको अबसरमा सम्मुनत मानब सभ्यताको लागि कला सस्कृति, सास्कृतिक उन्नयनको लागि माघे सक्रान्ति भन्ने मुल नाराको साथ जनवरी १९ तारिख आइतबार कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा संस्थाका अध्यक्ष कमल पुन मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिहरूमा सस्थाका संरक्षक, नेपाल आदिबासी जनजाति महासंघ पोर्चुगलका अध्यक्ष चोप कुमार मगर , […]

लिस्बन — पोर्चुगलमा हुन गईरहेको अन्तराष्ट्रिय नेपाली डान्स रियालिटी सो अन्तर्गत मेरो डान्स युनिभर्स सिजन-२ र मेरो भोइस युनिभर्स सिजन-२ को अडिसन फ़ेबरूरी १५ र १६ मा हुने हुदा उक्त कार्यक्रमको तयारीका लागी उक्त टिमले मंगलबार २१ तारिख मिट एंड ग्रिट कार्यक्रमको आयोजना गरेको छ। युरोप संयोजक देवि गरबुजा मगर,जेबी ओली र पोर्चुगलका लागि संयोजक […]

पोर्चुगल — तामाङ समाज पोर्चुगलद्वारा आयोजित मंञ्जुश्री संवत २८६१ डुलसा पुख्री ल्होलाई मध्यनजर गर्दै सोनाम ल्होछारको शुभकामना अदान प्रदान तथा बृहत् साँस्कृतिक कार्यक्रम हुने भएको छ। उक्त कार्यक्रम आउँदो फेब्रुअरी २ तारिख आइतबारको दिन राजधानी लिस्बनमा हुने भएको हो। तामाङ जातिको परिवर्तन शैक्षिक तथा आर्थिक शुद्धिकरण भन्ने मूल नाराका साथ सन् २०११ मा स्थापना भएको […]

लिस्बन — लिस्बन मेट्रोले आइतबारदेखि सान्ता अपोलोनिया, ओरिएन्टे र रोसियो स्टेशनहरू रातिको समयमा खुल्ने भएको छ। पोर्चुगलमा बढ्दो चिसोको कारण चिसोका कारण घरबहारविहिन मानिसहरूलाई मध्यनजर गर्दै तिनैवटा स्टेसनहरू खुल्ने भएको हो। सान्ता अपोलोनियामा, उत्तरी क्षेत्रको प्रवेशद्वार स्टेशन भवनको छेउमा रहेको फुटपाथमा खोलिनेछ। पूर्वमा, प्रवेशद्वार ट्यागस/शपिङ सेन्टर साइडको गेटबाट र रोसियोमा प्राका दा फिगुइराको गेटबाट खुल्ला […]

पोर्चुगल — पोर्चुगिज फुटबल महासंघ (FPF) ले २३ मार्चमा अल्भालाडेमा हुने नेसन्स लिग पोर्चुगल र डेनमार्क बिच हुने खेलको लागि टिकट बिक्रीमा रहेको घोषणा गरेको छ। टिकटहरू विशेष गरि पोर्चुगिज फुटबल महासंघको कार्यालयबाट बिक्री गरिने बताएको छ। टिकटको मूल्य पहिलो श्रेणीको टिकट ३५ युरो क्रमशः दोस्रो श्रेणीको २५ युरो र तेस्रो श्रेणीको १५ युरो रहेको […]